Pokharapatra National Daily

पोखरामा पहिलो चरणको उज्यालो अभियान

गण्डकी प्रदेशको राजधानी पोखरालाई उज्यालो पोखरा बनाउने अभियान अन्र्तगत पहिलो चरणमा हाई मास्ट लाइट सहित २ सय ३० वटा स्मार्ट सडक बत्ती जडान कार्य सम्पन्न भएको छ ।
पोखरामा २३ वटा हाई मास्ट लाइट र २ हजार ७ वटा स्मार्ट सडक बत्ती जडान कार्य सम्पन्न भएको पोखरा महानगरका मेयर धनराज आचार्यले बताउनुभयो । नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय सडकबत्ती प्रर्बद्धन आयोजना अन्तरगत रहेको उक्त अभियानमा पोखरा महानगरपालिकाको ५० प्रतिशत लगानीमा उक्त सडक बत्ती जडान कार्य सम्झौता भएको करिब ३ बर्ष पछि सम्पन्न भएसंगै आइतबार साँझ उक्त परियोजनाको उद्घाटन गरिएको उहाँले बताउनुभयो । नेपाल बिद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले देशका कुनै पालिकाले चाहेमा साझेदारीमा प्राधिकरणले दशै उज्यालो बनाउने अभियान अन्र्तगत लगानी गर्न तयार रहेको बताउनु भयो । देशै भरीका शहरहरु समेत उज्यालो बनाउने अभियान अन्र्तगत पोखराको पहिलो चरणको कार्यक्रम सम्पन्न भएसंगै पुनः दोश्रो चरणको कार्यक्रम अघि बढाउन प्राधिकरण तयार रहेको उहाँले बताउनु भयो । देशै उज्यालो बनाउने अभियानको साथमा शहर उज्यालो बनाउने उक्त अभियान अन्र्तगत साझेदारीमा ललितपुरबाट सुरू भएको उहाँले बताउनु भयो । ६० र ४० को उक्त परियोजना लागु गर्न पूर्व तत्कालिन पोखराका मेयर मानबहादुर जिसीले जग्गा उपलब्ध गराएकोले ५० प्रतिशतमा सम्झौता गरिएको घिसिङले उल्लेख गर्नुभयो ।
प्रमुख कार्यकारी अधिकृत घिसिङले ताप्लेजुङसम्म हाल उक्त अभियान पुगेको दाबी गर्नू भयो । उहाँले नेपालमा बिद्युतको पहुँच हाल गाउँ गाउँमा ९८ प्रतिशत पुगेको जनाउनुभयो ।
पोखरामा पटक पटक बिद्युत जाने समस्याको बारेमा सोधपुछ गरी त्यसको तत्कालीन र दिर्घकालिन अबस्था हेरी काम गर्न निर्देशन दिने उहाँको भनाई थियो । देशका मुख्य बजार क्षेत्रमा रहेका अधिकांश तारहरुको गुजुल्टाले शहर फोहोर मात्र नभई बिद्युत जादा एउटा पोलमा समस्या आउदा सबै तार काटेदै हेर्नुपर्ने समस्या रहेको प्रमुख कार्यकारी अधिकृत घिसिङले बताउनुभयो । पोखरा महानगरका मेयर धनराज आचार्यले उज्यालो पोखराको अभियान अन्य शहर भन्दा फरक ढंगले पोखराबाट सुरुवात भएको दाबी गर्नु भयो । दोश्रो चरणमा पुनः उज्यालो पोखरा बनाउने अभियानमा महानगर लाग्ने भएको उहाँको भनाई थियो । पोखरामा यस अघि जडान भएका २ हजार सोलार लाईटका प्यानल पुनः प्रयोग हुने गरी त्यसलाई प्राधिकरणसंगको सहकार्यमा प्रयोग गर्ने मेयर आचार्यले बताउनु भयो । पोलका तार व्याबस्थापनमा ध्यान दिने बताउदै उहाँले १ लाख भन्दा बढीको लागतमा प्रति हाई माक्ट लाइट जडान भएको दाबी गर्दै न्यूरोड डिभाइडर निर्माणमा १ करोड खर्च भएको जनाउनु भयो । हाल ६० किलोमिटर क्षेत्रमा उक्त सडक बत्ती जडान भएको उहाँले बताउनु भयो ।
कार्यक्रममा कस्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले आम जिल्लाबासीको सुरक्षामा यस्ता अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । पोखरा महानगरका प्रमुख प्रसासकिय अधिकृत श्याकृष्ण थापाले उक्त अभियानलाई दिगो बनाउन नगरबासीले चासो दीनु पर्ने बताउदै पोखराका ३३ वटै वडामै उज्यालो वडा बनाउने बताउनु भयो । निर्माण कम्पनी टपसन ईनर्जी प्रा.लि.का किरण गौतमले उक्त अभियान अन्र्तगत केही तार १ हजार ७ सय मिटर अण्डरग्राउण गरी नमुना काम भएको दाबी गर्नु भएको । उक्त सडक बत्ती ५ बर्ष वारेन्टी भएकोले आफ्नो टोली यही बस्ने उहाँले बताउनु भयो ।
आयोजना प्रमुख प्रमोद रिजालले उक्त परियोजनामा हाई मास्ट लाइट २३, २ हजार ७ वटा स्मार्ट सडक बत्ती जडान सहित १६ मिटरसम्मका अग्लो, ३२ स्थानमा कन्ट्रोलर, ६० किलोमिटर क्षेत्रमा, ४ सय ३९ नयाँ पोल जडानमा समेत जडान भएको बताउनु भयो । धेरै र थोरै भोल्ट समेत बाल्न मिल्ने सिस्टम जडान भएको उहाँले बताउनु भयो । सडक बत्तीको पावर १२० वाट र ९० वाटका हुनेछन् भने हाई मास्ट लाइटको पावर २ सय वाट (प्रति लाइट) हुनेछ । यसरी एक हाइ मास्ट लाइटको पावर १ हजार ६ सय वाटको हुनेछ । एक स्थानमा ८ वटा हाइ मास्ट लाइट हुनेछ । फिलिप्स ब्राडको उक्त बत्ती ५० हजार घण्टा अर्थात ११ बर्ष चल्ने, उक्त बत्तीको दिगो पनको लागि हट्लाईनको समेत व्याबस्था गर्ने प्रमुख रिजाले बताउनु भयोे । पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले उज्यालो पोखरा बनाउने अभियानमा सुरूवात भएको बताउनु भयो । पोखराको न्यूरोड, महेन्द्रपुल, चिप्लेढुंगा, पार्दी, किरोकिलोमिटर, पृथ्बीचोक, लेकसाइड, शहिचोक, लगायतका क्षेत्रमा उक्त सडक बत्ती जडान भएको छ ।

प्रतिकृया दिनुहोस्