Pokharapatra National Daily

मुस्ताङको स्याउ असोजको पहिलो साता बजारमा ल्याउने तयारी

हिमाल पारीको जिल्ला मुस्ताङमा उत्पादन भएको स्याउ यसपाली असोजको पहिलो सातामा मात्र पोखर, काठमाण्डौां सहितको अन्य बजारमा पुग्ने भएकोे छ ।
जिल्ला समन्वय समिति मुस्ताङको समन्वयमा मुस्ताङका ५ वटै पालिकाका प्रमुख सहितको छलफलबाट असोज एक गते भित्र मुस्ताङमा स्याउ टिप्न नपाइने निर्णय गरेसगै मुस्ताङमा उत्पादन भएको स्याउ असोज पहिलो साताबाट मात्र पोखरा, काठमाण्डौं सहितका अन्य बजारमा पुग्ने भएको जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले बताउनु भयो ।
राम्रोसंग पुष्टिन नपाउदै मुस्ताङका किसानले उत्पादन गरेको स्याउ बजारमा जाने जसले गर्दा स्याउको गुणस्तरमा ह््रास आएको र किसानले उचित मुल्य नपाएकोले गर्दा उक्त निर्णय गरिएको उहाँले बताउनु भयो । मुस्ताङमा उत्पादन हुने स्याँउ भदौं देखि नै बजारमा पठाउने हुदाँ मुस्ताङको स्याउँमा राम्रोसंग रस नपस्ने गरेको जसले गर्दा गुणस्तरमा ह््रास आएकोले यसको गुणस्तर कायम गर्न पनि सो निर्णय प्रायः सबैले मान्य गरेको प्रमुख गुरुङले उल्लेख गर्नु भयो ।
यसवर्ष मुस्ताङ जिल्लामा उत्पादन हुने स्याउको गुणस्तरलाई कायम गर्न भदौं अघि स्याउ टिप्न जिल्लाका ५ वटै स्थानीय तहका किसानलाई अनुरोध गरिएको उहाँले बताउनु भयो । समितिले गत साउन १९ गते बसेको बैठले उक्त निर्णय गरेको थियो ।
मुस्ताङमा गोल्डेन डेलिसियस, रेडडेलिसियस, रिचारेड डेलिसियस, रोलय डेलिसियस लगायतका जातको स्याउ खेति हुदै आएको छ भने २ हजार ५ सय भन्दा माथिको उचाईमा उत्पादन भएको मुस्ताङको स्याउ अन्य भन्दा केही गुणस्तरको हुने गरेको स्थानियले बताउनु हुन्छ । मुस्ताङमा उत्पादन हुने स्याउको गुणस्तर असोजको दोश्रो साताबाट मात्र हुने हुँदा समितिले गरेको उक्त निर्णय उपयुक्त भएको स्थानिय एक किसान शान्तिमाया तामाङले बताउनु भयो । यस पाली आफुले डेढ लाखको स्याउ बिक्रि गर्ने लक्ष्य राखेको बताउदै उहाँले असोजको १५ गते पछि मात्र स्याउ टिप्ने योजना भएको सुनाउनु भयो । कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले यसपाली मुस्ताङको स्याउको गुणस्तर कायम गर्दै किसानलाई उचित मुल्य उपलब्ध गराउने उद्धेश्यले असोज एक गते पछि मात्र स्याउ टिप्न अनुमति दिइएको बताउनु भयो । जलवायु परिवर्तनको कारण यसपाली फुल फुल्ने समयमा पानी परेको कारण परागसेचन (पोलिनेशन) हुन नपाएको हुदाँ गत बर्षको तुलनामा यस बर्ष स्याउ उत्पादनमा करिब ४० प्रतिशत घट्न सक्ने बताउनु भयो । मुस्ताङको तल्लो पालिका थासाङ र घरपझोङमा यस बर्ष स्याउ उत्पादनमा कमी आउने उहाँले दाबी गर्नु भयो । प्रमुख बस्ताकोटीका अनुसार मुस्ताङका अन्य गाउपालिका बाह््रगाउँ मुक्तिक्षेत्र, लोमाङथाङ र लो घेकर दामोदरकुण्डमा सामान्य स्याउ उत्पादनमा कमी हुने छ ।
यस अघि भदौं दोश्रो साताबाटै मुस्ताङको स्याउ बजारमा लैजादा केही अमिलो हुने जसले बजारमा मुस्ताङको स्याउको ब्राण्डलाई नै नकरात्मक प्रभाव पार्न थालेकोले असोज अघि टिप्न नपाउने निर्णय गरिएको उहाँको भनाई थियो । गत बर्ष मुस्ताङमा ६ हजार ५ सय ९७ मेटिक्टन स्याउ उतपादन भएको प्रमुख बस्ताकोटीले बताउनु भयो । मुस्ताङका स्याउ बगैंचामा राम्ररी नपाक्दै बजार पु¥याउने अबस्थाले गर्दा गुणस्तर र राम्रोसंग त्यसले आकार ग्रहण नगरेको, राम्रोसंग रस नपसेको समस्या हुने गरेको थियो । मुस्ताङका ५ स्थानीय तहमा करिब १ हजार ४ सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको बताइन्छ ।

प्रतिकृया दिनुहोस्