Pokharapatra National Daily

पोखराको आर्थिक विकास र समृद्धिका लागि पोखरा अन्तर्राष्ट्रिय उडन हुनुपर्ने

सुन्दर नगरी पोखराको आर्थिक विकास र समृद्धिका लागि पोखरामा अन्तर्राष्ट्रिय हवाई उडान, कोरोना नाका खुल्ला गर्नु पर्ने पोखरेलीहरुले माग गर्नुभएको छ ।
पोखरा उद्योग वाणिज्य संघको समन्वयमा सोमबार पोखरामा भएको छलफलमा पोखराको आर्थिक विकास र समृद्धिका लागि उक्त माग गर्नु भएको संघका अध्यक्ष पवन प्रजापतीले बताउनुभयो ।
पोखराको आर्थिक विकास र समृद्धिका लागि पोखरामा हालै निर्माण भएको पोखरा अन्तराष्ट्रिय विमानस्थललाई अब चिनका विभिन्न शहरहरुसम्म सिधा हवाई उडान नियमित गर्नुपर्ने पोखरेलीहरुले माग गर्नु भएको हो । करिब २३ अर्बको लागतमा निर्माण भएको पोखरा अन्तराष्ट्रिय विमानस्थललाई अब अन्तराष्ट्रिय शहरहरुसंग सिधा हवाई उडान गर्नुपर्ने पोखरेलीको पहिलो माग रहेको कार्यक्रम संयोजक एवं नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहनु भएका आनन्दराज मुल्मीले बताउनु भयो । भूकम्प, त्यस पछि कोभिड १९, त्यस पश्चात रुस र यूक्रेनको युद्ध र हाल देशमा देखिएको आर्थिक मन्दीले गर्दा गण्डकी प्रदेशको राजधानि पोखरा र यस पासपासको क्षेत्रलाई चलायमान र आर्थिक गतिविधि बढाउन पोखरा विमानस्थलबाट नियमित अन्तराष्ट्रिय हवाई उडानको विकल्प नभएको पोखरेलीले एकै स्वरले माग गर्नु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड केही समय पछि चाईना भ्रमण गर्ने कार्यक्रम तय भएकोले पोखरा क्षेत्रको आर्थिक विकास र समृद्धिको लागि चिन सरकार समक्ष यहाँको एजेण्डा पूरा गर्न बिषेश पहल गर्न आफुहरुले आग्रह गर्नेे भएको संयोजक मुल्मीले बताउनु भयो । प्रधानमन्त्री प्रचण्ड यही भदौं १५ गते पोखरामा आउने कार्यक्रम भएकोले पोखरा क्षेत्रको आर्थिक विकास र समृद्धिको मुख्य एजेण्डा उहाँ समक्ष राख्ने गरी आफुहरुले तयारी गरेको मुल्मीको भनाई छ । त्यसै गरी पोखरा कोरोला नाका खुल्ला गर्न पहल गर्नुपर्ने, पोखरालाई चिनियाँ पर्यटनको गन्तव्य बनाउन माग गर्ने, पोखरामा चिनिया महाबाणिज्य दुतावासको स्थापना गर्न माग गर्ने, प्रविधि हस्तान्तरण गर्ने, पोखराको आधुनिक ७२ किलोमिटरको चक्रपथ निर्माण गर्न माग गर्ने लगायतका बिषयमा प्रधानमन्त्री समक्ष पेश गर्ने भएको संयोजक मुल्मीले बताउनु भयो । त्यसै गरी पोखरा काठमाण्डौं पृथ्बीराजमार्ग सडकमा पर्ने सडक विस्तारमा चिनिया कम्पनीले ढिलासुस्ती गरेकोले त्यसलाई युद्धस्तरमा काम अघि बढाउन जोडदार माग समेत गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले माग गर्नु भयो ।
साथै पोखराको पर्यटन प्रबद्र्धन हुने विभिन्न कार्यक्रमहरु समेत गर्न, पोखरामा चिन र नेपालको संयुक्त लगानीमा उद्योग स्थापना गर्न सहभागिले माग समेत गर्नु भएको थियो । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापतीको अध्यक्षतामा भएको कार्यक्रममा पोखराका नागरिक समाज, उद्योगी व्यवसायी, पर्यटन व्यवसायी र पत्रकार लगायतको सहभागिता रहेको उपाध्यक्ष उत्तममान बुद्धचार्यले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्