Pokharapatra National Daily

ज्येष्ठ नागरिकको हक सुनिश्चिततामा जोड

पोखरा वृद्धाश्रमको शनिबार आयोजित २६औँ वार्षिक साधारणसभामा ज्येष्ठ नागरिकलाई समाजमा सम्मानपूर्वक बाँच्न पाउनुपर्ने हक सुनिश्चित हुनुुपर्नेमा जोड दिइएको छ ।
संविधान एवं अन्य ज्येष्ठ नागरिक सम्बद्ध ऐन तथा कानुनले ज्येष्ठ नागरिकको हकलाई सुनिश्चित गरेपनि कतिपय ज्येष्ठ नागरिक अहिले पनि हकअधिकारबाट बञ्चित भएको वक्ताहरूले बताएका छन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले ज्येष्ठ नागरिकले समाजमा सम्मानपूर्वक बाँचन पाउनुपर्ने बताउँदै त्यसको पहिलो दायित्व परिवारको र दोस्रो दायित्व राज्यको भएको बताउनुुभयो । विभिन्न हकसहितको नागरिक संविधानले परिकल्पना गरेको बताउँदै उहाँले उल्लेखित हक अधिकारको कार्यान्वयन अपरिहार्य भएको बताउनुुभयो । ज्येष्ठ नागरिको संरक्षणमा पोखरा वृद्धाश्रमले गरेको योगदानको उहाँले प्रशंसा गर्नुभयो ।
प्रदेशसभा सदस्य भीम कार्कीले पोखरा वृद्धाश्रमले अप्ठ्यारोमा परेका ज्येष्ठ नागरिकलाई साहारा दिएको बताउँदै समाजमा उहाँहरुको सम्मानपूर्वक बाँच्न पाउनुपर्ने हक, अधिकारलाई सुनिश्चित गरिनुपर्नेमा जोड दिनुुभयो ।
पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले ज्येष्ठ नागरिकको संरक्षणमा चाहे अनुसारको व्यवस्थापन अझै गर्न नसकिए पनि निरन्तररुपमा लागिरहेको बताउनुुभयो । समुदायमा आधारित वृद्धाश्रमका रुपमा पोखरा वृद्धाश्रमले ज्येष्ठ नागरिकको संरक्षण गर्दै उहाँहरुको हक, अधिकार सुनिश्चित गरिरहेको उहाँले जानकारी गराउनुुभयो । ज्येष्ठ नागरिकको बिर्सने रोगको निःशुल्क उपचार, फिजियोथेरापीको व्यवस्थासँगै स्वास्थ्य सहायकसमेतको व्यवस्थापन गरिएको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । वृद्धाश्रमले विभिन्न तीन टोलमा घुम्ती स्वास्थ्य सेवा सञ्चालनको योजना बनाइरहेको उहाँको भनाइ थियो ।
वार्षिक साधारसभाका अवसरमा पत्रकारिता एवं लेखनका माध्यमबाट महत्वपूूर्ण योगदान पुु¥याएको भन्दै ‘ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार’बाट रविन्द्र माकाजुुलाई सम्मान गरिएको थियो । उक्त पुरस्कार पोखरा बृद्धाश्रमले जेष्ठ नागरिक सम्बन्धी कलम चलाउने लेखक तथा सञ्चारकर्मीलाई प्रदान गर्दै आइरहेको छ । पत्रकार माकाजू स्वतन्त्र लेखक हुन् भने उनले करीव ५ दर्जन पुस्तक लेखिसकेका छन् । यस अघि उक्त पुरस्कारद्धारा चट्टयाङ मास्टर, हरि बास्तोला, दिपेन्द्र सम्मानित भइसकेका छन् भने पुरस्कारको रासी पच्चीस हजार रहेको जनाइएको छ ।
उक्त अवसरमा पोखरा वृद्धाश्रमका उपाध्यक्ष केशव लम्सालले ज्येष्ठ नागरिकको मिर्गाैला लगायतको रोगको उपचारका लागि सहयोग पुु¥याउन स्व छोरा ध्रुुव लम्सालको स्मृतिमा रू एक लाखको स्वास्थ्य कोष स्थापनार्थ चेक हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष राधिका शाही योगी, नेपाल निवृत्त समाजका केन्द्रीय उपाध्यक्ष तोयानाथ लामिछानेलगायतको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस्