Pokharapatra National Daily

मानव निर्मीत पर्यटकीय गन्तव्य अन्तर्राष्ट्रिय म्यूजिमको प्रचार प्रसार कम भएको गुनासो

मानव निर्मीत पोखराको पर्यटकीय गन्तव्य अन्तराष्ट्रिय म्यूजिमको उचित मार्केटीङ हुन नसेको गुनासो गरिएको छ ।
पोखरा आएका धेरै पर्यंटक उक्त स्थलसम्म नपुगेको बुधबार पोखरामा आयोजित एक कार्यक्रमका सहभागिहरुले गुनासो गर्नु भएको हो । सम्बन्धित निकायले उक्त म्यूजियमको प्रचार प्रसार र पोखराका केही पर्यटन व्यावसायीहरुले समेत ख्याल नगरी अन्य रुटमा पर्यटकलाई घुमघामको व्यबस्था गर्ने तर म्यूजियम सम्म पुग्ने वातावरण मिलाउन नसक्दा केही पर्यटक पोखरा आएर पनि म्यूजियमको अवलोकन विना फर्किने गरेको गुनासो गर्नु भएको हो ।
नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको १५ ओैं बार्षिक साधारण सभा तथा ७ ओैं अधिवेशनको बुधबार पोखरामा उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानि बनाउने अभियानमा आफुहरु लागेको बताउनु भयो । मेयर आचार्यले भन्नुु भयो“ हामीले यस अघि देखि नै पोखरालाई पर्यटनको राजधानिको रुपमा घोषणा गर्न माग गर्दा संघिय संरकारले यसलाई खासै चासो नदिएकोले अब गण्डकी प्रदेश सरकार र पोखरा महानगर मिलेर पोखरालाई पर्यटनको राजधानि घोषणा गर्ने अभियानमा जुटेका छौं, यसका निजी क्षेत्रको साथ र सहयोग आवश्यक पर्छ । ” पोखरालाई पर्यटनको राजधानि बनाउने कार्यमा आवश्यक पर्ने सम्पूर्ण मापदण्ड पूरा गर्दै जाने पर्यटनको लागि आवश्यक पर्ने भौतिक संरचना निर्माण गर्ने मेयर आचार्यले बताउनु भयो ।
पोखराको विकासको अर्को मेरुदण्ड पोखरा अन्तराष्ट्रिय विमानस्थल भारतसंग सहकार्य गरी दक्षिण हुदै उत्तरको चिनसम्म अन्तराष्ट्रिय हवाई उडान गर्न आवश्यक पहल र सहकार्य गर्न आवश्यक भएको उहाँको भनाई थियो । सन् २०२४ जुन ३ तारिकमा फ्रेन्सका २५ जना मेयर पोखरा आउने तयारी भएको उहाँले बताउनु भयो । फ्रान्सका नागरिक मौरिस हरजकले पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गर्नु भएको थियो । संघका केन्द्रीय सचिव धन बहादुर गुरूङले संघको भवन निर्माण गर्दा केही आर्थिक सहयोग गर्ने बताउनु भयो । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले सगरमाथा हिमाल आरोहणको बढी चर्चा भएको अन्य हिमालको चर्चा र अन्य क्षेत्रले फाईदा लिन नसकेको गुनासो गर्नु भयो । संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले संसारको उत्कृष्ट शहर पोखरालाई सुन्दर सहित उत्कृष्ट बनाउन मेयर आचार्य समक्ष आग्रह गर्नु भयो । सल्लाहकार टीकाराम सापकोटाले यातायात असहज भएका कारण पोखराको पर्यटन प्रबद्र्धनमा असर परेको दाबी गर्नु भयो । पोखराको पर्यटन चिन र भारत केन्द्रीत हुनु पर्ने बताउदै उहाँले हिमाल पर्यटनमा पर्वतारोहण गाईड कम भएको जनाउनु भयो । उक्त अवसरमा पत्रकार दीपक परिवारलाई संघले नगद १० हजार सहित सम्मान गरेको छ । संघका प्रदेश अध्यक्ष शेसकान्त शर्माको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको कार्यबहाक सचिव मनशान्त घिमिरेले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्