Pokharapatra National Daily

‘सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्छ’

नेकपा (एमाले) का सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अवैध रूपमा नेपाल भित्रिएको सुन काण्डको छानबिन गर्न कानुनबमोजिम उच्चस्तरीय समिति गठन पर्नेमा जोड दिनुभएको छ ।
नेकपा (एमाले) गण्डकी प्रदेश सङ्गठन कमिटीको चौधाँै पूर्ण बैठकका निर्णय सार्वजनिक गर्दै उहाँले भन्नुभयो, “सुन काण्डको छानबिन समिति गठन गरेको खण्डमा एमालेले सदन अवरुद्ध गर्दैन, सरकार पारदर्शी रूपमा अगाडि बढ्नका लागि सुन काण्डको छानबिन समिति बनाउनै पर्छ ।”
वर्तमान सरकारले भ्रष्टाचार र दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न नसकेकोप्रति दुःख व्यक्त गर्नुभयो । साथै चौधौँ पूर्ण बैठकले गण्डकी प्रदेशको प्रथम अधिवेशन आगामी असोज १५ र १६ गते पोखरामा आयोजना गर्नेलगायत विभिन्न आठ निर्णय गरेको जानकारी दिइएको छ ।
त्यसै गरि प्रदेशभरिको प्रचार कार्यलाइ ब्यबस्थित बनाउन जिल्लाका प्रचार भेला र क्षमता अभिमुखिकरण गर्ने, प्रेदेशको प्रचार एक्सन प्लान कार्यान्वयन गर्ने, प्रदेश अधिबेशन गर्न बाकी सबै जन संगठनहरूका अधिबेशन सम्पन्न गरि उनिहरूको बार्षिक कार्यतालिका निर्माण गर्ने,सामुदायिक सरोकारजन्य बिषयको नेतृत्व गर्ने,प्रशिक्षक प्रशिक्षण कार्यक्रम पालिका तह सम्म बिस्तार गर्ने योजना रहेको उओ सचिब एबम प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यले जानकारी दिए । स्थायी कमिटी सदस्य खगराज अधिकारीले देशलाई बर्बादी तर्फ जान नदिन एमाले थप मजबुत राष्ट्रिय जनसाथका साथ युद्द्को अग्रमोर्चामा हुनैपर्ने उल्लेख गरे।अधिकारीले एमालेलाई अझै प्रभाबकारी भुमिका खेल्न सक्ने एकल बहुमत सहितको पार्टीको रूपमा स्थापित गर्न अब सबै शक्ति केन्द्रित गर्नुको बिकल्प नभएको उल्लेख्य गरे । कार्यक्रममा ने.क.पा.(एमाले ) का केन्द्रिय तथा गण्डकी प्रदेश कमिटीका पदाधिकारीहरूको उपस्थित रहेको प्रचार तथा प्रकाशन बिभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्