Pokharapatra National Daily

पोखरा इन्जिनियरिङ कलेजमा विदाइ कार्यक्रम

पोखरा इञ्जिनियरिङ कलेज (पीईसी)मा विद्यार्थी बिदाई तथा सम्मान कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
पोखरा– ८ फिर्केस्थित पोखरा इञ्जिनियरिङ कलेजले चार वर्षे विई सिभिल, बिई कम्प्युटर र पाँच वर्षे बि आर्किटेक्चर विषयको अध्ययन पुरा गरेका विद्यार्थीहरुको विदाई तथा उत्कृष्ट विद्यार्थी सम्मान गरेको हो ।
कार्यक्रममा कलेजका नवनियुक्त प्रिन्सिपल ई सोम गुरुङ, प्रशासन प्रमुख चिजकाजी गुरुङ, कम्प्युटर विभाग प्रमुख ई सुरज बसन्त तुलाचन, अतिरिक्त क्रियाकलाप संयोजक ई। प्रविण श्रेष्ठ लगायतले टिका, खादा र मायोको चिनोद्वारा विद्यार्थीहरुलाई बिदाई तथा सम्मान गरेका थिए । बिदाई गरिएका उनीहरु सिभिल र कम्प्युटर इञ्जिनियरिङतर्फ १७ औं व्याच हुन् भने पाँच वर्षे बि। आर्किटेक्चरका पहिलो ब्याचका विद्यार्थी रहेको कलेजले जनाएको छ । साथै सो अबसरमा कलेजबाट विभिन्न सेमेस्टरमा उत्कृष्ट तथा गत सेमेष्टरमा ४–४ एस जिपिए ल्याउन सफल ९ जना विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा बोल्दै कलेजका नवनियुक्त प्रिन्सिपल ई सोम गुरुङले विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्दै अबका दिनहरुमा अवसरका ढोकाहरु खुल्दै जाने बताए । उनले प्राप्त उपलब्धीलाई जिम्मेवारीपूर्ण ढंगले सम्पादन गर्न आग्रह गरे । स्वतन्त्र विद्यार्थी परिषदका सभापति बिराट सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा प्रशासन प्रमुख चिजकाजी गुरुङ, कम्प्युटर विभाग प्रमुख ई सुरज बसन्त तुलाचन, अतिरिक्त कृयाकलाप संयोजक ई प्रविण श्रेष्ठ लगायतले मार्गनिर्देशनात्मक भनाईहरु राखेका थिए ।
कार्यक्रममा विद्यार्थीहरु सुभाष अचार्य, प्रभात रेग्मी, पवन लम्साल, सरोज पौडेल, कृति न्यौपाने, उषा किरण भण्डारी, आशिस पाण्डे, अग्रता शर्मा लगायतले कलेजले पठनपाठनमा पुर्याएको सेवा सुविधाको बारेमा बोलेका थिए ।
कलेजबाट हालसम्म एक हजार दुई सय बढी इञ्जिनियर उत्पादन भइसकेको कलेजका प्रशासन प्रमुख चिजकाजी गुरुङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्