Pokharapatra National Daily

ग्यालेक्सी हस्पिटल र निलगिरि सहकारीबीच छुट सम्झौता

ग्यालेक्सी हस्पिटल प्रालि, उतमचोक र निलगिरि बचत तथा ऋण सहकारी संस्था, बिरौटा बीच स्वास्थ्य सेवामा छुट दिने संझौता भएको छ ।
सम्झौताअनुसार अब निलगिरिका सदस्यले अस्पतालको सेवामा १२ प्रतिशत र फार्मेसीमा ७.५ प्रतिशत छुट पाउने हस्पिटलका प्रबन्ध निर्देशक दिपेन थापाले सफल आवाजलाई बताए । सम्झौतापत्रमा हस्पिटलतर्फबाट मेडिकल डाइरेक्टर डा ऋषिराम ढकाल र सहकारीतर्फबाट अध्यक्ष लेखनाथ बरालले हस्ताक्षर गरेका छन् ।
२४ सै घण्टा विशेषज्ञ स्वास्थ्य सेवा दिईरहेको हस्पिटलले अनुभवी तथा दक्ष चिकित्सकबाट अत्याधुनिक स्वास्थ्य प्रविधिको प्रयोग गर्दै सबै प्रकारका रोगको उपचार सहितका स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । २५ शैयाबाट सेवा संचालन शुरु गरेको हस्पिटलमा हाल इमरजेन्सी ५ शैया, जनरल वार्डमा १२ शैया, डिलक्स क्याबिन ७, सेमी क्याविन १ (४ शैयाको) आईसियू ६, पोष्ट अप, एनआईसियु, पिआईसियु र बाल तथा नवजात शिशु उपचार र आईसोलेशन वार्ड १ शैया संचालन गर्ने गरी संरचना निर्माण भई अधिकांस सेवा संचालनमा रहेको ग्यालेक्सी हस्पिटलका अध्यक्ष डा हेमन्त मानन्धरले बताए ।
यसैगरी ग्यालेक्सी हस्पिटल प्रालिको दोस्रो वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ ।
सभामा गत वर्षको आयव्यय विवरणमाथि छलफल गरी पारित गरिएको थियो । अबका दिनमा पनि स्वास्थ्य सेवालाई समयको माग र आवश्यकता अनुसार थप गुणस्तर बनाउने लक्ष्य अनुरुप सेवाविस्तार गर्ने योजना अनुसार आगामी वर्षमा मस्तिष्क तथा स्नायु शल्य चिकित्सा सेवा र दन्तरोग तथा मुख शल्यक्रिया सेवालाई विस्तार गरि व्यवस्थित गरिने बताइएको छ ।
उपयुक्त स्थानको व्यवस्था गरि सिटि स्क्यानको खरिद तथा व्यवस्थापन गरिने छ । आधुनिक प्रविधियुक्त उपकरणहरु सहित न्युरो आइसियु र अर्थोस्कोपी सेवा शीघ्र संचालन गरिने योजना रहेको अध्यक्ष डा. हेमन्त मानन्धरले बताए । सभामा अध्यक्ष डा. हेमन्त मानन्धर, मेडिकल डाइरेक्टर डा. ऋषिराम ढकाल संचालक रमेशकुमार कर्माचार्य, डा प्रेमराज पंगेनी, प्रबन्ध निर्देशक दीपेन थापा लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस्

सहकारीको नियमन गर

अन्तर्राष्ट्रिय जगतमा १७९ वर्षअघि सुरु भएको आधुनिक सहकारी अभियान नेपालमा यस वर्षबाट ६६औं वर्षमा प्रवेश गरेको छ । छोटो इतिहास बोकेको भएपनि नेपालको सहकारी अभियानले...