Pokharapatra National Daily

सनराइज जिपलाइन प्याकेज सार्वजनिक

पोखराको साहासिक खेल जिपलाइनले वल्र्ड रेकर्ड कायम गरेको छ । हाइग्राउण्ड एडभेन्चर्स नेपालले पोखरामा संचालनमा ल्याएको सहासिक खेल जिप लाइनलाई हालै अफिसियल वल्र्ड रेकर्डले टलेष्ट एण्ड एण्टीपिट विधामा कम्पनीलाई वल्र्ड रेकड कायम भएको प्रमाण पत्र प्रदान गरेको कम्पनीका निर्देशक दिनेश महर्जनले बताए ।
धेरै भिरालो र ५६ डिग्रिको अग्लो जिपलाइन विश्वमै अरू नभएकाले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा ‘विश्वकै भिरालो र अग्लो जिपलाइन’ का रूपमा दर्ता गर्न आवेदन दिए अनुसार अफिसियल वल्र्ड रेकर्डले आफुहरुलाई प्रमाण पत्र दिएको उनले जनाए । नेपालकै सहासिक खेलगतिविधिमा आफुहरुले गौरव गर्ने काम गरेको निर्देशक महर्जनले दाबी गरे । समुद्री सतहदेखि एक हजार ५ सय ५० मिटरको उचाइमा रहेको सराङ्कोटको माथिल्लो स्टेशनबाट तल्लो स्टेशन हेमजासम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटर दूरीमा रहेको छ । उक्त प्रमाण पत्र पोखरा र समग्र नेपालको साहासिक खेल पर्यटनको लागि ठुलो उपलब्धी भएको उनले दाबी गरे । कम्पनीले वल्र्ड वुक अफ रेकर्ड र गिनिज वुक अफ रेकर्ड नाम थप दुई संस्थाबाट समेत उक्त शिर्शमा प्रमाण पत्र प्राप्त गर्ने दाबी गरेको छ । वल्र्ड रेकर्ड कायम गर्न कम्तिमा पनि प्रकृया थालनी गरेको एक बर्ष समय लाग्ने महर्जनले जनाए । हाइग्राउण्ड एडभेन्चर्सले हाल पोखरामा जिपलाइन, बञ्जी, जायन्ट स्वीङ र एटिभी (चार पाङग्रे सवारी) भित्रयाएर सहासिक पर्यटकहरुको लागि बसाई अवधि समेत लम्बाउनमा मद्धत पुगेको महर्जनको दाबी छ । एक दशक देखि सहासिक खेल संचालनमा ल्याएको कम्पनीले समय सापेक्ष सहासिक खेलहरु पोखरामा भित्राउदै जाने योजनामा रहेको समेत निर्देशक महर्जनले जनाए । पोखरामा हालै भित्राएको जायन्ट स्वीङ र एटिभीको लागि करिब १७ करोड लगानी भएको कम्पनीको दाबी छ । ५० जना प्रत्यक्ष रोजगारी दिएको उक्त कम्पनीले हालसम्म उक्त ४ वटा सहासिक खेल गतिविधिका लागि करिब ५० करोड लगानी गरेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न साहासिक प्रोडक्ट भित्राएसंगै पोखरामा उपलब्ध हुने प्राकृतिक मनोरम दृश्यहरु समेत उपलब्ध गराउदा पर्यटकहरुलाई थप खुसि पार्न सकिन्छ भनेर पछिल्लो समयमा जिपलाईनमा सनराईज प्याकेज सार्वजनिक गरेको हो । विहानै सहासिक खेलमा सहभागि गराउने उद्धेश्यले सनरानईज जिपलाईन प्याकेज ल्याएको निर्देशक मर्हजनले हामीलाई जनाए । विहान करिब ५ देखि ५ः३० बजे पोखराबाट सराङकोटसम्म सवारी मार्फत पुराई कम्पनीले पर्यटकहरुलाई विहानको उदाउँदो सुर्य (सनराईज)को दृश्यावलोकन गराउदै चिया कफि, खाजाको समेत व्यबस्था गरेको छ । समुद्रि सतहबाट करिब १ हजार ६ सय मिटर उचाईमा रहेको सराङकोटबाट मौसम खुल्दा माछापुच्छे, अन्नपूर्ण लगायतका हिमश्रृखला, पोखरा शहर, फेवाताल, काहुँ धराहरा, पुम्दीकोट बिशाल महादेवको मुर्ति, विश्व शान्ति स्तुपा, हरियो वनजंगल लगायतको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
एटिभि नेपाली र पोखराको लागि नयाँ प्रोडक्ट भएकोले पछिल्लो समयमा दैजिक करिब ४० जना जसो एटिभि चलाउने गरेको निर्देशक मर्हजनले बताए । आफ्नै रुट समेत उपलब्ध गराएकोले गर्दा पर्यटकहरु निकै आकर्षीत हुने गरेको उनले जनाए । बिद्यार्थीहरुको लागि र एकै व्यक्तिले दुई वा दुई भन्दा बढी साहासिक खेल खेल्दा केही सहुलिय हुने कम्पनीले जनाएको छ । कम्पनीले हाल जिपलाइन गर्दा ५ हजार ५ सय, वन्जी गर्दा ४ हजार ५ सय, सुईङ गर्दा २ हजार र एटिभी चलाउदा भने ४ हजार ८ सय रुपैया शुल्क निर्धारण गरेको छ । सनराईज जिपलाइन प्याकेज भने विहानै धेरै कर्मचारीहरु समेत परिचालन गर्नुपर्नै भएकोले महङगो हुने मर्हजनले जनाए । उक्त प्याकेजमा १२ हजार शुल्कः लाग्ने दाबी गरेको कम्पनीले न्यूनतम दुई जना मात्र भए पनि बिहानको प्याकेजको सेवा दिने जनाएको छ । दैनिक जसो २५ देखि ४० जनालेसम्म हरेक साहासिक खेलमा रमाउने गरेको कम्पनीले दाबी गरेको छ ।
फेवाताल किनार खपौंदीबाट चारपांग्रे सवारी एटिभी आठ किलोमिटर उकालो ओरालो कच्चीबाटो निर्धारण गरिएको छ ।

प्रतिकृया दिनुहोस्