Pokharapatra National Daily

सर्वोच्चको निर्णय मान्नुपर्छ ः अध्यक्ष तिमल्सिना

अग्रज पत्रकार नारायण कार्की सहित एकै मञ्चमा १२ जना पुरस्कृत एवं सम्मानित

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला सबैले मान्नुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ कास्कीको १५औँ साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उहाँले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बताउँदै सर्वोच्चले गरेको फैसला मान्नु सबैको कर्तव्य भएको बताए । देशमा अस्थिर सरकार भएको हुदा ५ बर्षसम्मको लागि सरकार फेरबदल नहुने गरी नेपाली जनताले नेकपालाई बहुमत दिए पनि नेकपाले हाल निकास दिन नसकेको उनले बताए । साविक एमाले र एकिकृत नेकपा माओबादी मिलेर बनेको नेकपा हाल फुटको शंघारमा भएकोले यसले जनतालाई निरास बनाएको अध्यक्ष तिमिल्सिनाको भनाई थियो । उनले भने “स्थिर सरकारको लागि अव नेताहरुले जनताको अभिमत प्रति ध्यान पुर्याउनु पर्छ, अझै पनि सम्हालिने ठाँउ छ, त्यसमा सोच विचार गरौं ।” संसद विघटनको मुद्धा हाल सर्वोच्च अदालतमा विचाराधिन भएको अबस्थामा चुनाव हुन्छ वा हुदैन भनेर अनावश्यक प्रचारवाजी गर्न नहुने सर्वोच्च अदालतको फैसला अनुसार जे निर्णय हुन्छ त्यसलाई मान्य गरी अघि बढ्नु पर्र्ने उनको भनाई थियो । उनले भने “एकथरीले चुनाव हुर्दैन, हुदैन भन्ने बढी हल्ल गर्दै हिडेका छन, चुनाव हुन्छ, चुनाव गर्नै पर्छ, निर्धारित समयमा चुनाव हुनु पर्छ ।” मिडिया विधेक संसोधन गरी आउने क्रममा रहेकोले हाल संसद विघटन भएकोले मिडिया विधेक सहितका अन्य विधेयकहरु सवै भंग भएको उनको भनाई थियो । प्रतिनिधि सभाबाट गएका विधेयक राष्ट्रिय सभामा जानु पर्नेमा प्रावधान भएकोले प्रतिनिधि सभा नै भंग भए पछि हाल विभिन्न विधेयकहरु नै हाल भंग भएको अध्यक्ष तिमिल्सिनाले जनाए । नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले संघिय मोडल अनुसार अगामी महासंघको निर्वाचन स्थानिय रुपमा जिल्ला, प्रदेश र केन्द्रको एकै दिनमा निर्वाचन हुने दाबी गरे । केन्द्रको लागि १०, प्रदेशको ७ र जिल्लाको उमेदवारको लागि ३ दिन अघि उमेदवारको मनोनयन दर्ता गर्नु पर्ने उनले बताए ।
महासंघ कस्की शाखाको साधारण सभाको अवसरमा अग्रज पत्रकार नारायण कार्की सहित एकै मञ्चमा १२ जना स्म्मानित भएका छन्। बिबिसिमा आबद्ध कार्की विगत ५ दशक देखि पत्रकारिता गर्दै आएका उनलाई शुक्रबार राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले कृर्ति स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरेका हुन्। उक्त पुरस्कारको रासी भने एक लाख ११ हजार १ सय ११ रुपैया रहेको छ । नेपाल पत्रकार महासंघ कास्कीले सञ्चाल गदै आएको दयाशंकर पालिखे स्मृति पत्रकारीता पुरस्कार २०७६ बाट महासंघका पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली सम्मानित भएका छन्। उनलाई ताम्रपत्रको साथमा नगद ५५ हजार ५ सय ५५ रुपैयाले पुरस्कृत गरिएको हो ।
त्यसै गरी गजेन्द्र भण्डारी पत्रकारीता पुरस्कार २०७७ बाट भरत कोइराला, जगन्नाथ सिग्देल पत्रकारीता पुरस्कार २०७६ बाट अर्जुन गिरी, जगन्नाथ सिग्देल पत्रकारीता पुरस्कार २०७७ बाट भीम थापा, मिना सृजनशिल पत्रकारीता पुरस्कार २०७६ बाट रोशनी गुरुङ, टंकादेवी तलुुसीप्रसाद पत्रकारीता पुरस्कार २०७६ बाट कमल पोडैल अर्थक, २०७७ बाट मोतिसागर अधिकारी र आर्थिक पत्रकारीता पुरस्कारबाट पत्रकार गोविन्द सुवेदी पुरस्कृत भएको सचिव रामप्रसाद तिमिल्सिनाले बताए । त्यस्तै पोखरा पत्रकारिता सम्मानबाट यस बर्ष संस्थागत रुपमा सूर्यप्रेम बहुउद्देश्यीय समाज सेवा ट्रसलाई सम्मान गरिएको छ ।
उत्त अवसरमा महासंघ कास्कीका सदस्य कृष्ण दवाडी उत्कृष्ट सदस्यबाट र कार्यालय सचिव जगत कार्कीलाई दिर्घ सेवा सम्मानबाट सम्मानित गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेल, अग्रज पत्रकार माधव शर्मा, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रि—भुवन पौडेल, मिना सृजनसिल पत्रकारिता पुरस्कारका दाता एवं गण्डकी प्रदेश सांसद मीना गुरुङ लगायतले सम्मानित व्यक्तिहरुलाई सम्मानपत्रको साथमा दोसला सहित नगदले सम्मान गरेका हुन् ।
महासंघ कास्की शाखाका अध्यक्ष दीपन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारी, सूर्यप्रेम बहुउद्देश्यीय समाज सेवा ट्रसका प्रकाश केसी, टंकादेवि स्मृति पत्रकारिता पुरस्कारका दाता सुवर्ण कोइराला, राजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कारका दाता सरस्वती भण्डारी, महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, सचिव रामप्रसाद तिमिल्सिना, कोषाध्यक्ष संजय मल्ल लगायतले वोलका थिए ।

प्रतिकृया दिनुहोस्