Pokharapatra National Daily

पोखरा विमानस्थलको ७० प्रतिशत निर्माण कार्य सम्पन्न

पोखरा विमानस्थललाई छिट्टै संचालनमा ल्याउछौं मन्त्री ढकाल

पर्यटन मन्त्री भानुभक्त ढकालले पोखरा विमानस्थलको निर्माण कार्य छिट्टै सम्पन्न गरी संचालनमा ल्याउने बताएका छन् ।
पोखरामा हाल निर्माण हुदै गरेको क्षेत्रिय अन्तराट्रिय विमानस्थलको बिहीबार अध्ययन तथा अवलोकन गर्दै पत्रकारहरुसंग संक्षिप्त कुराकानीको क्रममा पोखरा विमानस्थल निर्माण कार्य समय सिमा भित्र सम्पन्न गरी कान्वयनमा ल्याउने बताएका हुन् ।
पोखरा विमानस्थल समय सिमा भित्र निर्माण कार्य सम्पन्न गर्न सरकारले आवश्यक पहल गर्ने उनले विश्वास व्यत्त गरेका छन्। निर्माण कार्यमा विलम्ब भएका बिषयलाई सरकारले सम्बन्धि सरोकारवालासंग सहकार्य र ध्यानाआकर्षण गराउने भएको मन्त्री ढकालको भनाइ थियो । उनले भने “पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल आगामी ६ महिनामा सम्पन्न भएसंगै यो प्रोजेक्ट छिट्टै संचालनमा आउछ, यथा सक्दो छिटो संचालनमा ल्याउनको लागि हाल निर्माणको क्रममा बाधा अबरोध भएका कुरालाई समाधान गर्न सरकारले आवश्यक पहल गर्छ ।” भैरहवा विमानस्थल समेत अवलोकन गरी पोखरा आएका मन्त्री ढकाललाई पत्रकारले पोखरा र भैरहवाको विमानस्थलको बारेमा के फरक पाउनुभयो भन्ने प्रश्नमा दुबै विमानस्थल आ—आफ्नो महत्व रहेको बताउदै मन्त्री ढकालले बनावटको हिसावले भने पोखरा नै राम्रो लागेको दाबी गरे । हवाई रुटको बिषयमा हाल के कस्तो भई रहेको छ भन्ने प्रश्नमा उनले त्यसको लागि समेत कुरा अघि बढेको, समय अनुसार सवै कुराको व्याबस्थापन सरकारले गर्ने उनले जनाए । कोभिड—१९ ले गर्दा हाल उक्त परियोजना सोचे अनुसार निर्माण कार्य हुन नसकेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख विनेस मुनानकर्मीले बताए । कोभिडले गर्दा चिनिया कामदारलाई समयमै ल्याउन नसक्दा केही निर्माण कार्यमा ढिलाई हुन गएको बताएका उनले अहिलेको अबस्थामा कुनै बाधा अड्चन बिना काम गर्ने वातावरण भएको खण्डमा सिर्धारित समय सिमा भित्र उक्त परियोजना सम्पन्न हुने जनाए । उक्त परियोजनाको हालसम्म करिब ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजना प्रमुख मुनानकर्मीले बताए ।
इन्धन डिपो निर्माण कार्यको लागि नेपाल आयल निगमले ठोस रुपमा काम अघि नबढाएको, हवाई रुटमा पर्ने रिठ्ठेपानीको डाँडा करिब ४० मिटर कटान गर्नु पर्ने त्यसको काम ढिलाइ भएको, बिमानस्थल क्षेत्र भन्दा बाहिर बर्षातको समयमा बग्ने पानी, भित्रि सडक र पृथ्बी राजमार्गको नालाबाट र सिंचाईको नहर बगेर आउने पानीको कारण विमानस्थलको पूर्वी भागमा बाढी पहिरोको समस्या रहेको र पोखरामा ल्याण्डफिल्ड साइड हालसम्म स्थान्तरणको कुनै प्रकृया अघि नबढेको प्रमुख विनेस मुनानकर्मीले बताए ।
त्यसैगरी एयरसाइड र भवनतर्फ आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटीसी टावरलगायतका विभिन्न १४ भवन, ह्याङ्गरलगायतको सिभिल संरचना र कङ्क्रीट संरचनाको काम सकिएर डेकोरेसन तथा फिनिसिङ भइरहेको र विदेशी कामदार आएलगत्तै उपकरण जडानको काम शुरु हुने स्पष्ट पारे । विमानस्थल नजिकको रिठेपानी डाँडा कटान, हालको ल्याण्डफिल्ड साइट स्थानान्तरण, आयल निगमको इन्धन डिपोको व्यवस्थापनलगायतका केही समस्या अझै पनि हट्न नसकेका तर्फ आयोजना प्रमुख मुनंकर्मीले मन्त्री ढकालको ध्यानाकर्षण गराएका थिए ।

प्रतिकृया दिनुहोस्