Pokharapatra National Daily

फेवा सहकारीको २१ औ साधारण सभा सुभारम्भ

फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि. सृजना चोक पोखरा ८ को २१ औ वार्षिक साधारण सभा तथा ८ औ अधिबेशन जिरो किमि पोखरा ५ मा निर्मित आफ्नै फेवा टावर भवनमा बिहीबार आयोजना गरी शुभारम्भ भएको छ ।
साधारण सभा तथा अधिबेशन शुभारम्भ कार्यक्रम अबागै धार्मिक परम्परा अनुसार बिधिवत पुजा गरि गृह प्रवेश गरि शुभारम्भ गरिएको साधारण सभा तथा अधिबेशन कार्यक्रमको सस्थाका अध्यक्ष क्या. चन्द्र प्रसाद गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु हुदै सहकारीको महत्व सहकारीको आवश्यकता सम्बन्धी जानकारी दिनु हुदै कोभिड १९ को कारणले साधारण सभा गर्न अली साबधानी अपनाउनु पर्ने भएनुसार अलि फरक तरिकाबाट सम्पन्न गर्न लागिएको बताउनु हुदै सफलताको कामना दिनुभयो । पौष २३ देखि २८ गतेसम्म संचालन गरिने साधारण सभामा फेवा सहकारीका १५ सय सदस्यहरुलाई क्रमैसँग प्रत्यकको कार्य सम्पन्न गराउन उप समिति गठन गराई दिनको ३ सय जनाको उपस्थिति गराई सम्मपन्न गराउने उद्देश्य राखी शुभारम्भ गरिएको साधारण सभा तथा अधिबेशन २८ गते सम्पन्न गरिने २१औ बार्षिक साधारण सभा तथा ८ औ अधिबेशन तयारी मुल समितिका संयोजक सम्मर बहादुर श्रेष्ठले बताउनुभयो । साधारण सभा तथा अधिबेशन कार्यक्रममा सहकारीका सचिबको प्रतिबेदन सचिव हरि भक्त पौडेलले प्रस्तुत र कोषाध्यक्षको आर्थिक प्रतिबेदन कोषाध्यक्ष दिल बहादुर भटराईले प्रस्तुत गरिएको उक्त साधारण सभामा लेखा समितिको प्रतिवेदन लेखा समितिका संयोजक सगुन कोईरालाले प्रस्तुत गरि सहकारीको अबस्था सम्बन्धी जानकारी दिनु भएको साधारण सभा तथा अधिबेशनमा सहकारीका पूर्ब अध्यक्ष एवं निर्बाचन मण्डलका संयोजक नारायण प्रसाद भट्टराई, सहकारी संस्थाका सदस्य राम काजी गुरुङ, सस्थाका प्रबिधिको
ई. आनन्द सापकोटा लगायतका बक्ताहरुले सहकारी संस्थाको बारेमा फेवा सहकारीको बिषयमा चर्चा गरि अझ सबै सदस्यहरु एक भै लाग्नुपर्ने बताउनुभयो ।
उक्त साधारण सभा तथा अधिबेशन कार्यक्रममा सहकारी का सात सिद्धान्त सहकारीका महिला सदस्य किरण बैध बिजुक्छेले बाचन गर्नु भएको कार्यक्रममा सहकारी का उपाध्यक्ष एवं साधारण सभा तथा अधिबेशन मुल आयोजक समितिका संयोजक सम्मर बहादुर श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रमको फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष क्या. चन्द्र प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका सहायक प्रबन्धक जगन तिमिल्सिनाले संचालन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्