Pokharapatra National Daily

सेटिङमा संसद विघटन भएकोले प्रधानमन्त्रीको राजनीतिक यात्रामा ओरालोको दिन सुरु ः नेता पाण्डे

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का स्थायि कमिटि सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको यही पुष ५ गते देखि राजनीतिक यात्रामा आरोलोको दिन सुरु भएको बताएका छन् ।
नेकपा कास्की (प्रचण्ड, माधव नेपाल) समुहको अगुवाईमा मंगलबार पोखरामा भएको बिरोध सभालाई सम्बोधन गर्दै नेता पाण्डेले प्रधानमन्त्री ओलीले अर्कोको सेटिङमा संसद विघटन गरेकोले उनको नेपाली राजनीतिमा ओरालोको दिन सुरु भएको दाबी गरेका हुन् । अब प्रधानमन्त्री ओली आफ्नो सेटिङमा नभई अर्कोको सेटिङमा हिड्नु पर्दा देशमा समेत ठुलो दुर्घटना निम्तिने हुँदा गम्भिर हुनु पर्ने समय आएको बताए । कोरोना भाइरस बिरुद्ध भ्याक्सिन खरिदमा सरकारले ४६ अर्ब खर्च गर्नु पर्ने समयमा आगामी वैशाखमा निर्वाचन कहाँबाट रकम ल्याएर गर्ने प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै नेता पाण्डेले कोरोनाबाट प्रभावित भएका व्यवसायीलाई राहत दिन नसक्ने सरकारले वैशाख भित्र निर्वाचन नगरेको खण्डमा ओली पनि सडकमा आउन बाध्य गराउने चेतावनी दिए ।
उनले भने “कोरोना पिडितले उपचार नपाउने चुनावमा खर्च गर्नुपर्ने, कोरोनाले गर्दा प्रभावित भएका उद्योगी, व्यवसायी मर्ने अबस्थामा पुगेका छन, केही व्यवसायी विस्थापित भएका छन उनीहरुलाई राहत दिनु पर्नेमा सरकारले अनावश्यक रुपमा खर्च गर्दै छ, यस्तो अबस्थामा निर्वाचन गर्ने खर्च ४६ अर्ब भन्दा बढी कहाँबाट आउछ ।” प्रधानमन्त्री ओलीले सामान्य ढंगले सडेन्त्र नगरी देशलाई ठुलै भड्खालोमा हाल्ने काम गरेको दाबी गर्दै नेता पाण्डेले इतिहासमै ज्यादै ठुलो भुल भएको जिकिर गरे । प्रचण्ड, माधव नेपाल समुह तर्फ करिब ३ सय भन्दा बढी केन्द्रिय कमिटिमा रहेकोले पार्टीको संस्थापन, चिन्न समेत आफुहरुसंग हुने दाबी गरे । वालुवाटारले निकटका केही मान्छेको कृर्ते हस्ताक्षर गरेर निर्वाचन आयोगमा जानुले प्रधानमन्त्री ओलीको हरेक कदम असंवैधानिक र अलोकतान्त्रिक हुदै आएको उनले जनाए । संविधान विध एवं नेकपाका नेता खिमलाल देवकोटाले संवैधानिक तथा राजनीतिक हिसावले प्रधानमन्त्री ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको दाबी गरे । प्रधानमन्त्री ओलीले संविधानको शिर हरण, वलत्कार गरेको नेता देवकोटाको आरोप थियो । उनले भने “संविधानमा नभएको संसद विघटन गर्ने अधिकार प्रधानमन्त्री ओलीले कसरीले गरे, यो सोरैआना झुट हो, यसको मुद्धा हाल सर्वोच्च अदालतमा परेकोले अदालतले जनताको, न्यायको, संविधानको पक्षमा निर्णय गर्ने कुरामा हामी विशोस्त भएका छौं ।”
नेकपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे (उत्तम) ले प्रधानमन्त्री ओलीले भारतिय नेता तथा कुटनितिज्ञहरु आउदा नेपालको चुच्चे नक्सा निकाल्ने गरेको आरोप लगाए । प्रधानमन्त्री ओलीको खोक्रो राष्ट्रवाद भएको उनले जिकिर गरे । माइन्यूट भएर मात्र कुनै संस्थाको आधिकारीता नहुने दाबी गर्दै कानूनी र विधानतह प्रमाणको आधारमा आफुहरुसंग बहुमत भएको आधारमा पार्टीको संस्थापन आफुहरु नै हुने उनले दाबी गरे । नेकपा कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ (करण) ले संघिय र प्रदेश सरकारले समेत कास्कीलाई एउटा पनि मन्त्रि नदियर कास्कीलाई अपहेलना गरेको गुनासो गरे । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबिरुद्ध मंगलबार पोखरामा प्रदर्शन भएको नेकपा कास्कीका सचिव बखानसिंह गुरुङ (आभास)ले बताए ।
बिरोध प्रदर्शन चिप्लेढुंगा मानव अधिकारचोकबाट शुरु भई महेन्द्रपुल, नयाँबजारहुँदै पृथ्वीचोकमा पुगेर बिरोध सभामा परिणत भएको युवा नेता भोजराज पौडेलले बताए । प्रदर्शनमा सहभागिहरुले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदमबिरुद्ध संघर्ष गरौं, प्रतिगामी षडयन्त्र असफल पारौं, प्रतिगामी षडयन्त्र मुर्दावाद, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको रक्षा गरौं, भारतीय सेना लिम्पीयाधुरा छोड, उखु किसानका माग पूरा गर, पार्टी एकता जिन्दावा, समाजवाद जिन्दावाद, समाजवाद उन्मुख जनताको जनवाद जिन्दावादलगायतका नाराहरु लगाउनुका साथै प्लेकार्ड र व्यानर प्रदर्शन गरेको युवा नेता धनराज आचार्यले बताए । कोरोनाको शंक्रमण दर पोखरामा पनि हाल नरोकिएको अबस्थामा बिरोध कार्यक्रममा सहभागिहरुले स्वास्थ्य मापदण्डका कुरालाई भने ख्याल गरेका थिएनन् ।

प्रतिकृया दिनुहोस्