Pokharapatra National Daily

कोन सामुदायिक बचत तथा ऋण सहकारी पोशाक लिएर विद्यालयमा

दिन प्रतिदिन जाडो बढिरहेको छ । पुस महिनाको जाडोले मानवलाइ चिसाउँदै छ । विहानै उठेदेखी बेलुका सुत्ने समयसम्म कपडाको सवै भन्दा ठूलो भूमिका रहने छ ।
शरीरलाइ न्यानो बनाउने भनेको नै कपडा हो । कितावी ज्ञान सगै ज्ञान बढाउनको लागि पहिला शरीर बचाउन सहकारीले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत पोशाक वितरण गरेको हो । पोखरा महानगरपलिका वडा नं १३ बाँझापाटन स्थित कोन सामुदायिक बचत तथा ऋण सहाकारी संस्था लि.ले शुक्रवार वडा नं १२ स्थित सरस्वती आधारभूत विद्यालयका एक सय २४ विद्यार्थीलाइ पोशाक वितरण गरेको छ । २३ औ बार्षिकोत्सवको अवसरमा विद्यालयमा पोशाक वितरण गरिएको हो । वडा नं १२ का वडा अध्यक्ष रामवहादुर कार्की, सहकारीका निवर्तमान अध्यक्ष तथा मानार्थ संरक्षक शरदकान्त सिग्देल, र कोन सामुदायिक बचत ऋण सहकारीका अध्यक्ष तीर्थवहादुर बस्नेतले संयुक्त रुपमा विद्यार्थीहरुलाइ पोशाक प्रदान गरेका हुन ।
शिक्षण संस्थामा परम्परागत किताबी ज्ञान बढाउन न्यानो कपडाले ठूलो सहयोग पुग्ने सहकारीका अध्यक्ष तीर्थवहादुर बस्नेतले वताए । सोही कार्यक्रममा कोन सहकारीका सचिव शान्तकुमार श्रेष्ठले सरस्वती आधारभूत विद्यालयमा एक लाख एक हजार एकसय एघार रुपैयाको अक्षयकोष स्थपना गर्ने घोषणा गरे । वडा नं १२ का वडा अध्यक्ष रामवहादुर कार्कीले विद्यालयमा शिक्षाको गुणस्तर बढाउन आँफु सदैव सहयोग गर्न तयार रहेको भने । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का मानार्थ संरक्षक तथा निवर्तमान अध्यक्ष शरदकान्त सिग्देलले विद्यालयलाइ गुणस्तर सुधारको लागि स्थानीयवासीहरुको सवै भन्दा ठूलो भुमिका रहने भने ।
सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रुद्रवहादुर रानाभाटले स्वागत, कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का उपाध्यक्ष माधवप्रसाद सिग्देलले धन्यवाद दिएको कार्यक्रममा सहकारीका सचिव शान्तकुमार श्रेष्ठले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्