Pokharapatra National Daily

कम्युनिष्ट पार्टीलाई असर पर्छ तल्लो तहसम्म विभाजन गर्न हुन्नः नेता बस्नेत

नेकपाका केन्द्रिय सदस्य एवं युवा नेता महेश बस्नेतले पार्टी विभाजन माथिल्लो तहमा ठूलो चोइटा भए पनि तल्लो तहमा कम प्रभाव परेको बताए ।
राष्ट्रिय युवा संघ नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता बस्नेतले केही नेता पुरानै पार्टीमा फर्किन सक्ने भएकोले विभाजनको प्रभाव तल्लोतहसम्म गर्न नहुने जसले कम्यूनिष्ट असर पर्ने जनाएका हुन् ।
माथिल्लो तहमा देखिएको विभाजन तल्लो तह प्रदेश र स्थानिय तहमा नदेखाउदा राम्रो हुने राय व्यक्त गर्दै नेता बस्नेतले मध्यावधि निर्वाचनमा जानको लागि प्रचण्ड, माधव नेपाल, नेपाली कांगेस सहितका दलहरु सहकार्य गर्न थालेको जनाए । उनले भने “नेपाली कांग्रेसले पनि बाहिर आन्दोलनको कुरा गर्ने भित्र निर्वाचनको तयारी सुरु गरेको छ, अब देश निर्वाचनको प्रकृयामा अघि जान्छ, बहुमत प्राप्त सरकारले विघटन गरेको संसद अब नयाँ जनमतमै जानु सुन्दर पक्ष हो । ” पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री पद मागेका कारण पार्टी विभाजन भएको दाबी गरेका नेता बस्नेतले राजनीतिमा आत्महत्या गर्न कसैले नचाहेकोले प्रधानमन्त्री ओलीले नयाँ जनमतको लागि संसद विघटन गरेको दाबी गरे ।
सूर्य चिन्नः साविक एमालेको र साविक एमाले र माओबादी बिच मिलेर बनेको नेकपा पार्टीका अध्यक्ष केपी शर्मा ओली भएकोले ओली पक्षले नै सुर्य चिन्न पाउनु पर्ने उनले दाबी गरे । साविक एकिकृत माओबादीका अध्यक्ष प्रचण्ड, माधव नेतृत्व टोलीले गोलाकार भित्रको हसिया हतौडा नै चिन्न भएकोले आफ्नो लोकप्रिय माथिको दाबा गर्न पुरानै चिन्न लिनु पर्ने नेता बस्नेतले जनाए । उनले भने “प्रचण्ड, माधव नेतृत्वको टोली सुर्य चिन्न लगायर निर्वाचन आयोगमा गएको कुरा अमिल्दो भएको छ, प्रचण्ड, माधव नेतृत्वको टोलीले सुर्य चिन्हः माथिको दाबी अप्राकृतिक र अवैज्ञानिक भएको छ, सूर्य चिन्हः ओली नेतृत्वको नेकपाले नै पाउने हामी विशोस्त छौं ।” प्रचण्डले आफ्नो लोकप्रियताको मापन साविक एमालेको सूर्य चिन्नबाट नभई हसिया हतौडाबाट देखाउनु पर्ने बताएका नेता बस्नेतले यसो गर्दा लामो समयसम्म नटिक्ने, सुर्य चिन्न माथि र्याल काड्ने प्रबृत्ति त्याग गर्न समेत आग्रह गरे । उनले भने “अर्कोको घर देखाएर श्रीमती भित्राउने प्रबृत्ति त्याग्नु पर्यो, प्रचण्ड, माधवले सूर्य चिन्नमा आँखा लगाउनु भनेको कसैको राम्रो भएको घर देखाएर श्रीमती भित्राउनु जस्तै हो ।” सामाजिक संजालमा प्रकाशन भएका निकै असम्य, अराजक र अपराधिक गतिविधिलाई नियन्त्रण गर्न साइवर सेना गठन गर्न युवाहरुलाई निर्देशन दिएको उनले जनाए । उनले भने “पार्टीका नेताहरुको संरक्षणको लागि विगतमा गठन भएको युथ फोर्स, अरिङगाल पछिल्लो समयमा साइवर सेना एउटै हो भनेर बुझ्दा हुन्छ ।” जस्तो सुकै आन्दोलनको प्रतिवाद गर्न आफुहरु तयार भएको उनले जनाए ।
पार्टीका केही बिषयहरु समझदारीमा टुंगाउने बताएका नेता बस्नेतले पेरिसडाँडा प्रचण्ड, माधवलाई र वल्खु र धुमबराही भने ओली नेतृत्वको टोलीले पाउनुपर्ने दाबी गरे ।

प्रतिकृया दिनुहोस्