Pokharapatra National Daily

कलम सहकारीको अध्यक्षमा पोखरेल

पोखरा ९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौँ साधारण सभा तथा चौथो अधिवेशनले अर्जुन प्रसाद पोखरेलको अध्यक्षतामा नया कार्य समिती सर्वसमम्त चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मनोहरि सापकोटा सचिवमा राजेन्द्र घिमिरे सह सचिवमा शिवराज बास्तोला कोषाध्यक्षमा प्रकाश गिरी रहनुभएको छ भने सदस्यमा कविन्द्र पोखरेल र बसुन्धरा कोईरला रहनुभएको छ । सहकारीको लेखा संयोजकमा रमेशराज बराल र सदस्यमा संन्जय आचार्य र निर्मला सुवेदी रहनुभएको छ । यस अघि सहकारीकोे दशौँ साधारण सभा तथा चौथो अधिवेशनमा वोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका सहकारी विभाग प्रमुख तेजनारयण अधिकारीले पोखरा महानगरपालिका भरी ३५७ वटा सहकारी रहेको बताउदै हाल सम्म महानगरका ७० वटा सहकारीेमा अनुगमन गरीसहकेको बताउदै सहकारीबाट राष्ट्रले निकै आशा गरेको बताए । अधिकारीले सहकारकिो माध्यमबाट अमेरिका, बेलायत,चिन भारत लगाएत अन्य देशहरु आर्थिक समृद्दि तर्फ लागेको बताए । कार्यक्रममा साँघुमुख महेद्रपुल बजार समितिका अध्यक्ष सुर्यराज त्रिपाठी नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका पुर्व उपाध्यक्ष देव कृष्ण काफ्ले निर्वचन मण्डलका अध्यक्ष तथा राइजिङ स्टार एकेडेमीका अध्यक्ष ज्ञान वहादुर कार्की नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका केन्द्रिय सदस्य शिवराज वास्तोला जिल्ला अध्यक्ष मोहन प्रसाद सापकोटा साहित्यकार शिवराज त्रिपाठी नेपाल अर्डिटर एशोसियसन कास्कीका अध्यक्ष रुद्र्दनाथ पौडेल शेयरधनीको तर्फबाट दिनेश अर्यालले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रममा अध्यक्ष ऋषिराम शर्माले अध्यक्षको प्रतिवेदन लेखा सयोजक गोविन्द गौतमले लेखा समितिको प्रतिवेदन कोषाध्यक्ष राजेन्द्र घिमिरेकको कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीका अध्यक्ष ऋषिराम शर्मा भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रम सहकारीका उपाध्यक्ष अर्जुन प्रसाद पोखरेलले स्वागत मन्तब्य राखेका थिए भने सचिव मनोहरी सापकोटाल कार्यक्रम सन्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्