Pokharapatra National Daily

प्रधानमन्त्री पद पाउन निर्वाचनमा जान मुख्यमन्त्री गुरुङको चुनौती

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा गण्डकी प्रदेशका इन्चार्ज पृथ्बीसुब्बा गुरुङले प्रधानमन्त्री पद प्राप्तीको लागि माइतीघर मण्डलाको सडकमा नभई निर्वाचनमा गएर जनताको मत जितेर प्रधानमन्त्री बन्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाललाई चुनौती दिएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको भेलाको शुक्रबार सम्बोधन गर्दै इन्चार्ज एवं मुख्यमन्त्री गुरुङले बहुमत प्राप्त पार्टीको सरकारलाई घेरावन्दी गरी अविश्वासको प्रस्ताव ल्याउने नेताहरु प्रचण्ड, माधव नेपाल अब निर्वाचनमा गएर आफुलाई प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका हुन् । उनले भने “६४ प्रतिशत बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओलीले भंग गरेको सांसद कुनै हालतमा पुनस्थापना हुन सक्छदैन, नेकपाको संस्थापन पनि ओली नेतृत्वको टिमको हुन्छ, सुर्य चिन्न पनि कम्युनिष्ट नेता ओलीकै नेतृत्वको टिमले पाउनु पर्छ ।” पहिलो कम्युनिष्ट नेताको रुपमा ओलीलाई आफुहरुले पाएको खुशी व्यक्त गर्दै उनले विकास निर्माण र समृद्धिको बाटोमा प्रधानमन्त्री ओली लागेको दाबी गरे । बुर्जुवाबादलाई परास्थ पार्दै लोकतान्त्रिककरणको अभियानका नाइके प्रधानमन्त्री ओलीको नेतृत्वमा संघियता कान्वयन भएको इन्चार्ज एवं मुख्यमन्त्री गुरुङले बताए ।
तीन वटा पूर्व प्रधानमन्त्रीहरु सडकमा जानु नालायक पन भएको दाबी गर्दै उनले अब सवै प्रकारको अराजकलाई पराजित गर्दैै निर्वाचनमा जानु पर्ने बताए । ओली नेतृत्वको टोली सिंह रुपमा रहेको र अन्य भेडाको रुपमा रहेको बताएका इन्चार्ज एवं मुख्यमन्त्री गुरुङले संख्याको हिसावले भन्दा आफुहरुसंग गुणात्मक हिसावले बलियो भएको जिकिर गरे । उनले भने “आर्थिक समृद्धिको अभियान ओली नेतृत्वको टिमले मात्र सफल पार्न सक्छ, अब हामीले सुर्य चिन्न प्राप्त गर्ने वित्तिकै उनीहरु झोली तुम्बा हुन्छन ।” नेकपाका स्थायि कमिटि सदस्य खगराज अधिकारीले पार्टी फुटाउने नेताहरुको भविश्य नभएको दाबी गर्दै अब निर्वाचनमा जानुको विकल्प नभएको बताए । प्रचण्डले कहिले पनि जनआन्दोलनका घाइते र शहिद परिवारका बिषयमा कुरा नउठाएको उनको आरोप थियो । नेकपाका केन्द्रिय सदस्य एवं युवा नेता महेश बस्नेतले युवाहरुलाई अब ाइवर फोर्स गठन गर्न निर्देशन दिएका छन् । उनले भने “अब सामाजिक संजालबाट धेरै आक्रमण हुन थालेको छ त्यसलाई पराजित गर्दै युवा साथीहरुले साइवर सेना बनाउनु होस, आ—आफ्नो मोवाइल र ल्यापपबाट सामराज्यबाद र वेतिथी बिरुद्ध लड्नुहोस ।”
पार्टी अध्यक्ष ओलीले कारवाही गरेको भोलिपल्ट सडकमा पुगेर आन्दोलन गर्नु परेको बताएका नेता बस्नेतले प्रचण्ड र माधवले नै पार्टी फुटाएको दाबी गरे । प्रधानमन्त्री ओलीले सडकमा कुकुरहरु भुकेकोले हात्तीको रुपमा आफुहरुलाई पठाएकोले हाल उनीहरु बिरुद्ध भेलामा सहभागि भएको जनाए । उनले भने “हत्यारा र अपराधिलाई कारवाही गर्दा प्रधानमन्त्री ओलीले पनि कसैलाई रोक्नु हुदैन हामीले पनि यस अभियानमा सहयोग गछौं ।” नेता बस्नेतले दुई पटक निर्वाचनमा उठ्ने र एक कार्यकाल खाएसंगै बिदाई नगरेसम्म युवाहरुको पालो नआउने भएकोले त्यस्तो सिस्टम बसाल्न आफुहरुको पहल हुने जनाए । नेकपाका युवा नेता वचन सिंहले मुलुकलाई अस्थितर तर्फ लैजाने बिरुद्ध अब सडकमा पनि ठाँउ नदिई जेलको कालोकोठरीमा लैजानु पर्ने बताए । नेकपाका युवा नेता रमेश पौडेलले प्रचण्ड र माधव नेपालको कारण प्रधानमन्त्री घेराबन्दीमा परेकोले संसद विघटन भएको दाबी गर्दै २ महिना भित्र अब १० लाख युवालाई सदस्यता वितरण गर्ने बताए ।
नेकपाका केन्द्रीय सदस्यहरु राजिव पहारी, कृष्ण थापा, माधव बाँस्तोला, युवा नेता किरण पौडेल लगायतले वोलेका थिए । गण्डकी प्रदेशका युवाहरु भेलामा सहभागी भएको भेला आयोजक कमिटिका सचिव बिष्णु पुनले बताए । यस अघि पोखरामा मोटरसाइकल ¥याली सहित प्रधानमन्त्री ओलीले चालेको कदमको समर्थमा जुलुस प्रर्दशन समेत भको थियो ।

प्रतिकृया दिनुहोस्