Pokharapatra National Daily

प्रधानमन्त्री ओलीको पक्ष र बिपक्षमा पोखरामा प्रर्दशन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको पक्ष र विपक्षमा पोखरामा प्रर्दशन भएको छ । पक्षमा ओली निकटका नेता तथा कार्यकर्ताले पोखरामा प्रर्दशन गरे भने विपक्षमा कांग्रेस कास्कीको आयोजनामा सोमबार करिब ५० मिटर टाडा, आधा घण्टाको फरकमा बिरोध प्रर्दशन भएको हो ।
पोखराको मानवअधिकार चोकमा प्रधानमन्त्री ओली निकटका नेता तथा कार्यकर्ता विहान ११ः३० बजेदेखि करिब १ः३० बजे सम्म प्रधानमन्त्री ओलीको पक्षमा उनहरुले हाल चालेको कदम स्वागत योग्य भएको भन्दै समर्थन सहित नाचगान समेत गरेका थिए । संविधान र लोकतन्त्र विपरित प्रधानमन्त्री ओली र कम्यूनिष्ट सरकारले चालेको प्रतिनिधि सभा विघटन बिरुद्ध बिरोध प्रर्दशन भएको थियो ।
पोखरामा प्रधानमन्त्री ओली बिरुद्ध नेपाली कांग्रेस कास्कीले सोमबार बिरोध प्रर्दशन गरेको हो । बिरोध सभामा वोल्दै पूर्व सभामुख तथा कांग्रेस नेता तारानाथ रानाभाटले सम्पूर्ण ढंगले प्रधानमन्त्री ओलीले चालेको प्रतिनिधि सभा विघठनको कार्य अवैधानिक, अलोकतान्त्रिक भएको दाबी गरे । उनले भने “राष्ट्रपतिले त कम्तिमा एक पटक विचार गर्नु पर्थो, यसमा नेकपाकी राष्ट्रपतिले संविधानको उल्लङ्घन गरेकी छन् ।” अघिल्लो निर्वाचनमा करिब ४७ करोड अमेरिकी डलर खर्च भएको उल्लेख गर्दै नेता रानाभाटले आगामी निर्वाचनमा यस्तै खर्च गर्नको लागि हाल राज्यको सम्पति हिनामिना हुने आशंका गरे ।
प्रधानमन्त्री ओली, कम्यूनिष्टले देश र जनताको लागि गद्धार गरेकोले सर्वोच्च अदालतले लोकतन्त्र र प्रजातन्त्रलाई जोगाउने गरी निर्णय हुने रानाभाटले विश्वास व्यक्त गरे । कांग्रेस कास्कीका सभापति कृष्ण केसीले २०४६ सालदेखि हालसम्म आन्तरिक तथा बाह्यि कारणले गर्दा लगातार ५ बर्षसम्म कुनै पनि एउटै पार्टीले सरकार संचालन गर्न नसकेको बताए । कांग्रेस नेता शुक्रराज शर्माले संविधान माथि कुठराघात भएकोले कांग्रेस अब आन्दोलनमा उत्र्रिनु पर्ने बताए ।
युवा संघका नेता विकास थापाले कांगेसले निर्वाचन भन्दा पनि लोकतन्त्र र प्रजातन्त्रको पक्षमा ओकालत गर्ने भएको जनाए । कोरोनाको महामारी पोखरामा पनि हाल जारी भएकोले कांग्रेसको कार्यक्रममा सहभागी हुनेहरुले केहीले विना मास्क र भौतिक दुरीको कुनै ख्याल नगरी स्वास्थ्य मापदण्ड पालना गरेका थिएनन् । सुरक्षाकर्मीले आन्दोलनमा सहभागिलाई घेरावन्दी गरी सवारी संचालनमा सहयोग पुराएका थिए । यसैबिच, राष्ट्रिय युवा संघ र अनेरास्वियूले संयुक्त रुपमा सोमबार पोखरामा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनको मिति तोकेकोले निर्वाचनमा जाने निर्णय स्वागत योग्य भएको भन्र्दै पोखराको मानवअधिकार चोकमा प्रर्दशन सहित केही समय पोखरामा नाचगान समेत गरेका थिए । उनीहरुले नेकपा एमाले पुनः सूर्य चिन्हः लिएर जनता माझ आफुहरु जाने दाबी गर्दै नेकपाका अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपाललाई सुर्य चिन्ह बाहेक अन्य चिन्हः लिएर जितेर देखाउन चुनौती दिए । राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष माधव बाँस्तोलाले अध्यक्ष प्रचण्ड र नेता नेपालले ललिता निवासको जग्गा हडपेको र भ्रष्टचार गरेको आरोप लगाउदै उनीहरुलाई ठेगान लगाउने चेतावनी दिए । ओली सरकारको बिरुद्ध कोही जाई लागे आफुहरुले रगत बगाउन तयार भएको उनको भनाई थियो । आफुहरु अब मध्यावधि निर्वाचनमा सूर्य चिन्ह सहित एमालेबाट जनता माझ जाने भएको उपाध्यक्ष बाँस्तोलाले जनाए । यही पुष १० गते पोखरामा मोटरसाइकल ¥याली सहित पोखरा सभागृहमा राष्ट्रिय युवा संघको भेला हुने भएको उनले जनाए । राष्ट्रिय युवा संघ कास्कीका अध्यक्ष विवेक देवकोटाले लोकतन्त्र, गणतन्त्रलाइ निमोठ्ने काममा प्रचण्ड र माधव नेपाल लागेकोले प्रधानमन्त्री ओलीले त्यसलाई बचाउन नयाँ जनादेशमा जानको लागि उक्त निर्णय गरेको बताए । अस्थिरता चहानेले एकता, न्याय र शान्ति तथा समृद्धि समेत नचाहेको उनको भनाई थियो । ३४ अर्बको घोटला प्रकरण पनि सार्वजनिक गर्नुपर्ने देवकोटाले जनाए । जालझेल गरी प्रधानमन्त्री ओली माथि अविश्वासको प्रश्ताव लैजान लागेकोले प्रधानमन्त्री ओलीले ५ बर्षको समय सिमा भए पनि तीन बर्षमै ताजा जनादेशको लागि लैजान लागेको उनले बताए ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश सांसद एवं नेकपाका युवा नेता राजिव पहारी, राखेपका सदस्य राजेश कुमार गुरुङ, सहित युवाहरुको सहभागिता रहेको थियो । ध्वनि प्रदुषण रहित भनि घोषणा गरिएको उक्त स्थलमा कोरोनाको कहरका बाबजुत केही सहभागिले विना मास्क स्वास्थ्य मापदण्ड विपरित कार्यक्रममा सहभागी भएका थिए । उक्त कार्यक्रमलाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले घेरा हाली सुरक्षा व्यबस्था कडा पारेको थियो ।

प्रतिकृया दिनुहोस्