
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा. लि.ले कास्कीको पोखरामा सम्पन्न रे जेडआर १२५ एफआई माइलेज च्यालेन्ज र ¥यालीको आयोजना गरेको छ ।
यामाहाको नयाँ उत्पादन रे जेड आर १२५ एफआईको अभुतपूर्व माइलेज र अन्यफिचरहरुबो ग्राहकलाई जानकारी दिन आयोजना गरिएको यो च्यालेन्जमा ४४ जना रे जेड आर १२५ एफआईका ग्राहकले सहभागिता जनएका थिए । पोखरा स्थित यामाहाको आधिकारिक डिलर भिस डब्लु इन्टरप्राइजेज प्रा. लि. बाट सुरु भएको ¥याली नयाँबजार हुदैं रानीपौवा, चाउथे, पृथ्वीचोक, लेकसाइड, हलन चोक, सभागृह, नयाँबाजरमा आई टुंगिएको थियो । यो च्यालेन्जमा सहभागी खुमा क्षेत्रीको स्कुटरले ८९ प्रति लिटर माइलेज दिएको थियो र उहाँविजेता घोषित हुनु भयो । त्यसैगरी माइलेज च्यालेन्जमा निशान थापा मगर द्वितीय र रमेश प्रसाद पौडेल तृतीय हुनु भएको थियो । उहाँहरुलाई भि.ए. डब्लु. इन्टरप्राइजेज प्रा. लि. का प्रोपाइटर सरोज श्रेष्ठले ट्रफि र सर्टिफिकेट हस्तान्तरण गर्नु भयो ।
‘रे जेड आर १२५ एफआईले ५८ किलोमिटर प्रति लिटरको माइलेज दिन्छ । तर यो माइलेज स्कुटर कसरी चलाइएको छ भन्नेमा निर्भर हुन्छ । त्यसले माइलेज च्यालेन्जमा सहभागीको माइलेज फरक फरक थियो,’ भि.ए. डब्लु. इन्टरप्राइजेज प्रा. लि., पोखराका सोरुम इन्चार्ज सुरेन्द्र रेग्मीले भन्नु भयो, ‘आजको यो इभेन्ट निकै सफल रह्यो र उपस्थित ग्राहकहरु पनि खुसीहुनु भयो । उहाँहरु रे जेड आर १२५ एफआईको पर्फमेन्स र माइलेबाट निकै खुसीभएको हामीले पाएका छौं । साथै, धेरै ग्राहक यसमा रहेको एफआई इन्जिनबाट पनि सन्तुष्ट रहेको हामीले पायौं ।’ यामाहाले अत्याधुनिक फिचर र अभुतपूर्व डिजाइन भएको रे जेडआर १२५एफआईलाई दुई महिनाअघि मात्र नेपालमा सार्वजनिक गरेको थियो । यो अवधिमा सात हजारभन्दा बढी ग्राहकले यसलाई आफ्नो साधनका रुपमा अपनाइसकेका छन् । यो शक्तिशाली स्कुटरले मात्र७.५९ सेकेन्डमा शुन्यदेखि ६० किलोमिटर प्रति घन्टाको स्पिड लिन सक्छ । साथै पछिल्लो उत्सर्जन मापदण्ड बीएस ६ इन्जिनजडित यो स्कुटरले ५८ किलोमिटर प्रति लिटरको माइलेज दिन्छ जुन बजारमा उपलब्ध अन्य जुनसुकै स्कुटरले दिने माइलेजभन्दा सबैभन्दा बढी हो । यामाहा रे जेडआर १२५ एफआई फ्युलइन्जेक्सन प्रविधि भएको एक मात्र (यामाहा फेसिनो १२५ एफआईपछि) स्कुटर हो ।