Pokharapatra National Daily

२२ औं पोखरा सडक महोत्सव पुष १५ देखि हुने

खेल गतिविधि र पप कन्सर्ट भने नहुने

कोरोनाको कहरका बाबजुत यस बर्षको पोखरा सडक महोत्सव यही पुष १५ देखि १७ गतेसम्म हुने भएको छ ।
विगत देखि ५ दिन संचालन हुदै आएको उक्त महोत्सव यस बर्ष भने कोरोना भाइरस (कोभिड—१९) को कारण तीन दिन सम्म आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा महोत्सव संयोजक बसन्त गौतमले बताए ।
पोखरा सुरक्षित र खुला छ भन्ने सकारात्मक सुचना प्रवाह गरी पर्यटन प्रवद्र्धनका साथ साथै पोखरालाई अंगेजी नयाँ वर्षको गन्तब्य स्थलको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संयोजक गौतमले जनाए । उनले भने “कोरोनाको कारण हाल ८÷९ महिना देखि पोखरा सहित देशको धेरै पर्यटकीय क्षेत्र हाल अस्त व्यस्त भएका छन्, यस्ता मेला महोत्सव हुने वातावरण मात्र भएमा विस्तारै हामी पुरानै लयमा फर्किन सक्छौं, यसले हाम्रो आर्थिक गतिविधि चलायमान समेत बनाउछ ।”
फिस्टेल गेट देखि खहरेसम्म ३ किलोमिटर सडक क्ष्ोत्रमा यसपाली पनि महोत्सव भए पनि यसपाली अलि बढी सचेतना मुलक ढंगले महोत्सव हुने भएको गौतमले जनाए । उनले भने “यसपाली अघिल्ला बर्षको तुलनामा निकै कम भिडभाड सामान्य ढंगले महोत्सव हुन्छ, तडकभड्क हुदैन, पप कन्सर्ट समेत हुदैन, तीन ठाँउमा स्टेज हुन्छ जहाँ सांस्कृतिक कार्यक्रमहरु प्रर्दशन हुन्छ ।” विभन्नि खेल गतिविधि बढी भिडभाड र उत्तेजना हुने प्रकारका कार्यक्रम भने नहुने भएको उनले जनाए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ, पोखराका मेयर मानबहादुर जिसीको सल्लाह अनुसार महोत्सव गर्ने अबस्थामा आफुहरु पुगेको संयोजक गौतमले जनाए । उनले भने “लामो समय रेवानमा भएकोले संयोजकको भूमिकामा मलाई साथीहरुले जिम्मा दिए पनि सिंगो टिम मसंग भएकोले यस बर्ष पनि सभ्य ढंगबाट महोत्सव सम्पन्न गछौं ।” देशमा भएको लामो सशस्त्र द्घन्द, वन्द हडताल, तत्कालिन सरकाले लगाएको संकटकाल जस्ता असहज परिस्थितीहरुमा विषेश गरि यस क्षेत्रका स्थानिय जनसमुदाय तथा पर्यटन संघ संस्थाहरुको साथ र सहयोगले गर्दा विगत २१ वर्ष देखि निरन्तर रुपमा संचानल हुदै आईरहेको उक्त महोत्सवलाई यसपाली पनि स्वास्थ्य मापदण्ड पालना गरी सवैको साथ र सहयोग आवश्यक भएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए ।
महामारीको रुपमा फैलिएको कोभिड १९ भाइरसको प्रभाव यथावत रहेको र भ्याक्सिन आउने तयारी रहेता पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भाइरस प्रति सचेत भै पर्यटनलाई चलायमान वनाएर व्यवसाय खुला गरी अगाडी वढनुको विकल्प नभएको उनले जनाए । मौलिक संस्कृति झल्कने विभिन्न जातजातीका भेषभुषा सहित साँस्कृतिक कार्यक्रमहरु सडकमा प्रस्तुत गरिने भएको रेवानले जनाएको छ । सडक महोत्सवलाई सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन भएको सचिव भिष्मराज पौडेलले बताए । कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई अब विस्तारै चलायमान बनाउदै लैजानु पर्ने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले बताए । यसैबिच, पोखरा सडक महोत्सव गर्ने बिषयमा कास्की प्रशासनले भने गृह तथा पर्यटन मन्त्रालयमा समन्वय गर्दै गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले बताए ।

प्रतिकृया दिनुहोस्