Pokharapatra National Daily

निलगिरी सहकारीको २१ साधारण सभा

पोखरा महानगरपालिका वडा नंं १७ विरौटामा रहेको निलगिरी बचत तथा ऋण सहकारी संस्था लि.को २१ औं बार्षिक साधारण सभाले लेखनाथ बरालको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गंगाधर पौडेल, सचिवमा तिर्थराज आचार्य, सह–सचिवमा कृष्णमुरारी आचार्य (बनमाली), कोषाध्यक्षमा पबित्रमणी पोख्रेल, सदस्यहरुमा माधवप्रसाद बराल, रामचन्द्र पोख्रेल, बिजया कोईराला बराल र डिल्लिराम पराजुली चुनिएका छन् । साथै लेखा समिति संयोजकमा कृष्णप्रसाद पौडेल र सदस्यहरुमा कृष्णप्रसाद भण्डारी र राजेन्द्र भण्डारी चुनिएका छन् भने शिक्षा उपसमितिमा भुवनराज वराल र मेनका पौडेल चयन भएका छन् । सामाजिक दुरी कायम गर्दै आयोजित सभामा अध्यक्ष रबिन्द्रप्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष कालिदास पौंडेल, संस्थापक अध्यक्ष ज्ञानेन्द्रराज पौडेल र निर्वाचन समितिका यामप्रसाद शर्मा पौडेल बोल्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष रबिन्द्रप्रसाद श्रेष्ठले वार्षिक प्रतिवेदन, लेखा समिति संयोजक कृष्णप्रसाद पौडेलले लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष गंगाधर पौडेलले आर्थिकको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष रबिन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लेखनाथ बरालले स्वागत तथा सचिव रबिप्रसाद बरालले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्