Pokharapatra National Daily

जनताले कोभिड–१९ को उपचार र राहत नपाएको सभापति देउवाको आरोप

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले जनमैत्री र प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका
छन् ।
कांग्रेस मकवानपुरले आज हेटौँडा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले जनताको माग र आवश्यकताअनुसार वर्तमान सरकारले काम नगरेको तथा कोभिड–१९ को असहज परिस्थितिमा समेत जनतालाई उचित उपचार र राहत दिन नसकेको आरोप लगाए । सो अवसरमा सभापति देउवाले भ्रष्टाचार रोक्न सरकारले प्रभावकारी कदम नचालेको पनि बताए । सोही सभालाई सम्बोधन गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हरेक परिस्थितिमा कांग्रेसले जनताको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको जनाउँदै कांग्रेसले सरकारले गरेको राम्रो काममा सहयोग गर्ने र जनताको विपक्षमा हुने काममा खबरदारी गर्ने उदघोष
गरे । वाग्मती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले जनविरोधी कार्यप्रति कांग्रेसले खबरदारी गर्ने बताए ।

प्रतिकृया दिनुहोस्