आज : २०२६-०८-१०, सोमबार

पोखरा आइटी कप सम्पन्न, नेपटेक पल च्याम्पियन

पोखरास्थित आइटी क्षेत्रमा कार्यरत कम्पनीहरूबीच आपसी सम्बन्ध, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ‘पोखरा आइटी कप फुटसल प्रतियोगिता’ सम्पन्न भएको छ ।
खै फुटबल क्लब (युवाहरू) बिरौटा र योर्स हेल्पिङ ह्याण्ड्स आइटी सोलुसन, पोखराको संयुक्त आयोजनामा प्रतियोगिता पोखरा रंगशालास्थित कभर्ड हलमा सम्पन्न भएको हो ।
प्रतियोगिताको उपाधि नेपटेक पल, जाल्पारोड पोखरा ले जित्न सफल भएको छ । फाइनल प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै नेपटेक पल विजेता बनेको हो । यस्तै, असर्फी टेक, पोखराले उपविजेताको उपाधि हासिल गरेको थियो । प्रतियोगिताका विजेता टोलीले नगद रु. १४ हजार सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । उपविजेता असर्फी टेकले रु. ८ हजार नगद, ट्रफी तथा प्रमाणपत्र हात पारेको थियो । पोखरा क्षेत्रभित्र सूचना प्रविधि (आईटी) क्षेत्रमा क्रियाशील कम्पनीहरूबीच परिचय, समन्वय तथा नेटवर्किङलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कुल १४ टोली को सहभागिता रहेको थियो । प्रतियोगितामा वाईएचएच आइटी सोलुसन, यार्सा टेक, एक्सएभी टेक, सेर्पकीड, सात्री, फ्युजन, वाउ फिनस्ट्याक, रेज ¥याङ्क, ब्राण्ड बिल्डर्स, नेपटेक पल, दोहोरो, डीभोर्क, स्काई बेस तथा असर्फी टेकलगायतका टोली सहभागी भएका थिए ।
प्रतियोगिताको संयोजन योर्स हेल्पिङ ह्याण्ड्स आइटी सोलुसन पोखराका व्यवस्थापक सुदीप भण्डारीले गरेका थिए । खेलकुदमार्फत आईटी क्षेत्रका व्यवसायी तथा कर्मचारीबीच आपसी सम्बन्ध सुदृढ बनाउने, स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने तथा सामाजिक उत्तरदायित्वलाई समेत प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको भण्डारीले बताए । यसैबीच, प्रतियोगिताका आयोजक खै फुटबल क्लब (युवाहरू) बिरौटा र योर्स हेल्पिङ ह्याण्ड्स आइटी सोलुसन पोखराले संयुक्त रूपमा मानव सेवा आश्रम लाई खाद्यान्न तथा नगद सहयोग गर्ने भएका छन् । खेलकुदसँगै सामाजिक सेवामा पनि योगदान पु¥याउने उद्देश्यले उक्त सहयोग प्रदान गरिने खै फुटबल क्लबका सुसन रानाले बताए । प्रतियोगिताले पोखराको आईटी समुदायबीच आपसी सहकार्य, मित्रता र सामाजिक उत्तरदायित्वको भावना थप मजबुत बनाएको सहभागीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू