पोखरामा बीवाईडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले आफ्नो आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रा.लि.मार्फत पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपालिका–१०, बुद्धचोकस्थित नयाँ सर्भिस सेन्टरसँगै पोखरामा बीवाईडीको थ्री–एस (सेल्स, सर्भिस तथा स्पेयर पाट्र्स) सुविधा पूर्ण रूपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।
गण्डकी प्रदेश तथा आसपासका क्षेत्रका बीवाईडी ग्राहकले अझ सहज, भरपर्दो र स्तरीय बिक्रीपछिको सेवा आफ्नै क्षेत्रमा प्राप्त गर्ने भएको कम्पनीका प्रमेश्वर पराजुलीले बताउनु भयो । सर्भिस सेन्टरको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले शुक्रबार गर्नुभयो । बीवाईडीले नेपालभर बिक्रीपछिको सेवा सञ्जाललाई तीव्र रूपमा विस्तार गरिरहेको अवस्थामा पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनुलाई कम्पनीले अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । ग्राहकलाई सवारी खरिदपछिको सम्पूर्ण अवधिभर उत्कृष्ट र इमानदार सेवा प्रदान गर्न मेयर आचार्यले आग्रह गर्नुभयो ।
यसअघि पोखराका बीवाईडी ग्राहकले कम्पनीबाट तालिमप्राप्त थर्ड–पार्टी सर्भिस पार्टनरमार्फत सेवा लिँदै आएका थिए । आधिकारिक बीवाईडी सर्भिस सेन्टर सञ्चालनमा आएपछि ग्राहकले कम्पनीकै आधिकारिक सेवा सञ्जालमार्फत अत्याधुनिक प्राविधिक सेवा, जेन्युइन स्पेयर पाट्र्स, विशेष उपकरण तथा कम्पनीबाट तालिमप्राप्त प्राविधिकको सेवा प्राप्त गर्न सक्ने साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले भन्नुभयो । “पोखरामा आधिकारिक बीवाईडी सर्भिस सेन्टर सञ्चालनमा ल्याउनु भनेको विश्वस्तरीय पूर्वाधार, दक्ष प्राविधिक, जेन्युइन स्पेयर पाट्र्स तथा ग्राहक–केन्द्रित सेवामार्फत उत्कृष्ट र इमानदार सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको निरन्तरता हो । नेपालमा विद्युतीय सवारीको बजार विस्तार हुँदै गइरहेका बेला हामी देशव्यापी सेवा सञ्जाललाई थप सुदृढ बनाउँदै प्रत्येक बीवाईडी ग्राहकलाई पूर्ण विश्वास र सहजता प्रदान गर्न प्रतिबद्ध छौं ।” उहाँले भन्नुभयो ।
करिब ७ हजार २ सय ३३ वर्गफिट क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक सर्भिस सेन्टर विशेष रूपमा विद्युतीय सवारीसाधनको मर्मत तथा सेवा आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको हो । यहाँ चारवटा आधुनिक भेइकल लिफ्ट, छुट्टाछुट्टै मर्मत क्षेत्र, हाई–भोल्टेज प्रणालीका लागि विशेष कार्यक्षेत्र, जेन्युइन बीवाईडी स्पेयर पाट्र्स स्टोरेज तथा समर्पित भेइकल वासिङ बेको व्यवस्था गरिएको छ । दैनिक १५ देखि १६ वटा सवारीसाधनलाई सेवा प्रदान गर्न सक्ने क्षमतायुक्त यस सर्भिस सेन्टरबाट ग्राहकको प्रतीक्षा समय घट्नुका साथै सेवा अझ छिटो, प्रभावकारी र गुणस्तरीय हुने अपेक्षा गरिएको छ । सर्भिस सेन्टरमा नियमित मर्मत सेवा, ब्याट्री परीक्षण, मेकानिकल तथा इलेक्ट्रिकल रिपेयर, डेन्ट तथा पेन्ट सेवा, रोडसाइड असिस्टेन्स, वारेन्टी सर्भिस, जेन्युइन स्पेयर पाट्र्स तथा डेडिकेटेड सर्भिस एडभाइजर र सीआरएम टोलीमार्फत व्यक्तिगत ग्राहक सेवा उपलब्ध हुनेछ ।
पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनुलाई नेपालको अटोमोबाइल उद्योगका लागि पनि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । नेपालको नम्बर १ विद्युतीय सवारी ब्रान्डका रूपमा स्थापित बीवाईडीले नवीन प्रविधियुक्त सवारीका साथै विश्वस्तरीय सर्भिस इकोसिस्टम निर्माणमा निरन्तर लगानी गर्दै आएको कम्पनीका शिशिर सुवेदीले बताउनु भयो ।
पोखरामा आधिकारिक बीवाईडी सर्भिस सेन्टर सञ्चालनमा आउनुले देशभरका ग्राहकलाई अझ सहज, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको दीर्घकालीन रणनीतिलाई थप सुदृढ बनाउने विश्वास गरिएको उहाँले जनाउनु भयो ।













