Pokharapatra National Daily

कोन सामुदायिक सहकारीमा तीर्थबहादुर बस्नेत

पोखरा महानगरपालिका वडा न १३ भद्रकाली चोक स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को २२ औं बार्षिक साधारण सभा तथा आठौ अधिवेशनले चार वर्षको लागि तीर्थवहादुर वस्नेतलाइ अध्यक्ष पदमा चयन गरेको छ ।
शनिबार भएको अधिवेशनले संचालक समितिको उपाध्यक्षमा माधवप्रसाद सिग्देल, सचिवमा पुनः शान्तकुमार श्रेष्ठ कोषाध्यक्षमा जयप्रसाद सापकोटा, सह सचिवमा सुरेन्द्रप्रसाद सिग्देल चयन गरेको हो । त्यसैगरी सदस्यहरुमा क्रमश शारदा पराजुली(सिग्देल), केदार राज सिग्देल, खड्क बहादुर गुरुङ्ग (खुसीमान) र जसुदा गुरुङ्ग रहेका छन् । त्यसैगरी सोही दिन लेखा सुपरिवेक्षण समितिको संयोजकमा ज्ञानेन्द्रप्रसाद सिग्देल र सदस्यहरुमा क्रमश बजिरमान श्रेष्ठ र ईन्द्र प्रसाद भट्टराई चयन भएका छन् ।
कार्यक्रममा सचिव शान्तकुमार श्रेष्ठ र कोषाध्यक्ष माधवप्रसाद सिग्देल तथा लेखा समितिका संयोजक ज्ञानेन्द्र प्रसाद सिग्देलद्घारा प्रस्तुत गरेका प्रगति प्रतिवेदन र वार्षिक लेखा तथा वित्तिय प्रतिवेदनहरु पारित भएको छ ।
२०५६ सालमा स्थापना भएको कोन सामुदायिक सहकारीमा २०७७ असार मसान्त सम्म शेयर सदस्य ३४९३, शेयरपुजिं १६ करोड ८७ लाख, विभिन्न कोषहरु १३ करोड, बचत संकलन १ अर्ब ७२ करोड, ऋण लगानीमा १ अरव २५ करोड र कुल वासलात २ अरव १५ करोड रहेको संस्थाका महाप्रवन्धक अपिल कोइरालाले जानकारी दिए ।
कोभिड १९का सुरक्षा विधि अपनाई सहकारी विभागको जारी निर्देशन अनुसार साधारण सभा सम्पन्न भएको संस्थाका सचिव शान्तकुमार श्रेष्ठले पोखरापत्रलाइ वताए ।

प्रतिकृया दिनुहोस्