Pokharapatra National Daily

कास्कीमा निर्वाचनको तयारी पूरा, १ सय ५३ वटा मतदान स्थलमा ५१ प्रकारका निर्वाचन सामाग्री पुग्दै

कास्कीका १ सय ५३ वटा मतदान स्थलमा ५१ प्रकारका निर्वाचन सामाग्री पु¥याइदैछ । गण्डकी प्रदेश निर्वाचन कार्यालयबाट सोमबार कास्कीका मतदान स्थलमा खटिएका कर्मचारीहरुलाई उक्त निर्वाचन सामागी्र बुझाइएको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी नारायण ढकालले बताउनुभयो ।
निर्वाचन सामाग्रि बुझ्ने मतदान अधिकृत तथा सहायक अधिकृत र कर्मचारीको सोमबार बिहानै देखि प्रदेश निर्वाचन कार्यालयमा भिडभाड भएको थियो । उक्त सामाग्रि सहित नेपाल प्रहरीले उहाँहलाई सुरक्षा दिएको छ । सोमबार मतदान स्थलमा पुगेर टोलीले ४ वटा सूचनाहरु टाँस गर्नुपर्ने उहाँले बताउनु भयो । मौन अवधिको सूचना, मतदान केन्द्रको ४ किल्ला तोकेको, मदिरा निषेध र हात हतियार निषेधको सूचना आज नै टास गर्नुपर्ने निर्वाचन अधिकृत ढकालले जनाउनु भयो । आयोगले दिएको छापबाट मतदान गर्दा लत्तपत्तिन सक्ने हुदा आफुहरुले रवर म्याटको स्वस्तिक छाप बनाएको ढकालले जनाउनु भयो । आफुहरुले निर्वाचन सम्पन्न भएसंगै मतगणनाको तयारी समेत गरेको जनाउनु भयो । दुरीका हिसावले टाडा रहेका मतदान स्थलमा आइतबारदेखि नै निर्वाचनका सामाग्रि सहित कर्मचारीहरु खटिएको उहाँले जनाउनु भयो । आज राति १२ः०० बजे पछि मौन अवधि सुरु हुने भएकोले कसैले यहो अवधिमा निर्वाचनको प्रचार प्रसार गर्न पाइनेछैन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा निष्पक्ष, भयमुक्त र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन प्रशासन र निर्वाचन कार्यालयले सबै तयारी पूरा गरेको निर्वाचन अधिकारी ढकालले जनाउनु भयो ।
कास्की जिल्लामा १ सय ५३ मतदानस्थल र ३ सय ६३ मतदान केन्द्र निर्धारण भइसकेका छन् । मतदानस्थलको भौतिक अवस्था, यातायात पहुँच, ढुवानी व्यवस्था, कर्मचारी परिचालनदेखि सुरक्षा संयन्त्रसम्मको व्यवस्थापन भईसकेको मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले जानकारी दिनुभयो । निर्वाचनलाई विश्वसनीय र व्यवस्थित बनाउन सबै पक्षसँग समन्वय गरिएको उहाँले जनाउनु भयो ।
कास्कीमा कुल २ हजार १ सय ८३ कर्मचारी निर्वाचनमा खटिने छन् । सुरक्षाका दृष्टिले पनि कास्कीमा विशेष तयारी गरिएको छ । जनपद प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना सहित ४ हजार १ सय ५४ सुरक्षाकर्मी परिचालन गरिने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनु भयो । आवश्यक परे प्रदेश प्रहरी र पश्चिम पृतना हेडक्वार्टरबाट थप जनशक्ति माग गर्न सकिने व्यवस्था पनि गरिएको छ । सुरक्षा व्यवस्थाअन्तर्गत ९ सय ९३ जना नेपाल प्रहरी, १ हजार ९ सय २३ निर्वाचन प्रहरी, ५ सय ३५ सशस्त्र प्रहरी, २ सय ५३ निर्वाचन सशस्त्र प्रहरी र ४ सय ५० नेपाली सेना खटिनेछन् । साथै मोबाइल सुरक्षा टोली पनि तयारी अवस्थामा रहने प्रशासनले जनाएको छ ।
कास्कीमा मतदाता संख्यामा पनि वृद्धि भएको छ । २०७९ सालको निर्वाचनमा २ लाख ९१ हजार ५ सय ६८ मतदाता रहेको कास्कीमा हाल संख्या बढेर ३ लाख ८ हजार ५ सय ७२ पुगेको छ । कास्कीमा महिला तर्फ १ लाख ६० हजार १ सय ५३ र पुरुष तर्फ १ लाख ४८ हजार ४ सय १५ जना र ४ जना अन्य रहेको गण्डकी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रनाथ न्यौपानेले बताउनु भयो । अघिल्लो निर्वाचनयता १७ हजार ४ मतदाता थपिएको उहाँले जनाउनु भयो । क्षेत्रगत रूपमा कास्की–१ मा १ लाख १६ हजार ८ सय ७८, कास्की–२ मा ८४ हजार १ सय ३४ र कास्की–३ मा १ लाख ७ हजार ५ सय ६० मतदाता रहेका छन् । तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट स्वतन्त्रसहित ४९ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । तीमध्ये ४३ जना विभिन्न राजनीतिक दलका र ६ जना स्वतन्त्र उम्मेदवार रहनु भएको छ । कास्की–१ र कास्की–२ मा १७÷१७ जना तथा कास्की–३ मा १५ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । मौसमविदका अनुसार फागुन २१ गते प्रतिकुल मौसम नहुने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्