Pokharapatra National Daily

कोरियाबाट फर्किएका श्रमिकहरूको पुनःस्थापना कार्यक्रम

“कोरियाबाट फर्किएका प्रवासीहरूको स्थायी पुनःस्थापनाका लागि चरणगत सहयोग प्रणाली सशक्तिकरण” को लागि कोइका अन्र्तगतको के–हामी परियोजनाले गण्डकी प्रदेश, पोखरामा पुनःस्थापना जानकारी कार्यक्रम सम्पन्न भएको घोषणा गरेको छ ।
कार्यक्रम अंकुर नेपाल पोखराका अध्यक्ष सुमन बहादुर थापाको अध्यक्षतामा शनिबार सम्पन्न भएको छ । कार्यक्रमका विशेष अतिथि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव कृष्ण प्रसाद सापकोट, अतिथि श्रम विभाग पोखराका बरिष्ठ अधिकृत चण्डिका पौडेल, पोखरा महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सन्तोष बास्तोला रहनु भएको थियो भने ११२ जना कार्यक्रममा सहभागी हुनु भएको थियो । कार्यक्रममा कोरियाबाट फर्किएर नेपाली श्रमिकहरूको दिगो पुनःस्थापनामा के–हामीले खेलेको भुमिका र आगामी दिनमा खेल्न सक्ने महत्वपूर्ण भूमिकाको बारेमा के–हामीका प्रोजेक्ट म्यानेजर सङ्यल्सले बताउनु भएको थियो । कार्यक्रममा बैज्ञानिक डा. निरन्जन कोईरालाले नेपालमा व्यवसायिक क्षेत्र, अवसर र चुनौतिहरुको बिषयमा बिशेष प्रस्तुति दिनु भएको थियो । साथै कामको शिलशिलामा कोरियामा काम गर्न गएर र्फकनुभएका रितु श्रेष्ठ र सर्वोदय ढकालले कोरियाले श्रमको सम्मान गर्न, काम प्रतिको लगनशिलता सिकाएको र त्यहि मानसिकता राखेर आफुले संचालन गर्दै आएको ब्यवसायले सफलता पाएका आफ्नो भोगाई तथा सफलताका कथाहरु राख्नुभएको थियो भने कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी (कोइका) को अनुदान रहेको र कार्यक्रम नेपाल सरकार तथा गणतन्त्र कोरिया सरकारसँगको सहकार्यमा सञ्चालन गरिएको थियो । कार्यक्रम स्थानीय सहकार्य संस्था अंकर नेपालको साझेदारीमा संचालन गरिएको थियो, जसले कोरियाबाट फर्किएका ब्यक्तिहरुको ब्यवसायमा समर्थन र समुदाय विकासमा काम गर्दै आएको छ । पुनःस्थापना जानकारी कार्यक्रमले कोरिया फर्किएका श्रमिकहरूलाई व्यवसायिक सोच, उद्यमशील सीप, तथा स्टार्ट–अप तयारिपनामा सुदृढ बनाउने उद्देश्य राखेको थियो । यसले व्यापार क्षेत्रमा उपलब्ध अवसरहरू पहिचान गरी तिनको उपयोग गर्ने क्षमतामा ध्यान केन्द्रित गरेको थियो । सीपयुक्त जनशक्तिलाई उद्यम एवं रोजगारी सिर्जनामा प्रवर्तित गर्दै राष्ट्रिय आर्थिक वृद्धिमा योगदान पु¥याउने लक्ष्य यो कार्यक्रमले अघि सारेको छ । अंकुर नेपाल पोखराका उपाध्यक्ष यम प्रसाद पाण्डेले संचालन गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य सदस्य सुनिल छिनाल गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्