
“पोखरा सबै मौसमका लागि आकर्षक गन्तव्य” भन्ने मूल नारासहित शनिबार पोखराको चुरुङ्गामा आयोजना भएको दोस्रो संस्करणको दाइँ महोत्सव मा विदेशी पर्यटक सहित उल्लेखनिय दर्शकको सहभागिता भएको छ ।
पोखरा पर्यटन परिषद्को आयोजनामा भएको उक्त महोत्सवमा आफुहरुले अपेक्षा गरे भन्दा धेरै दर्शकहरुको सहभागिता रहेको कार्यक्रम संयोजक हरिबहादुर भुजेलले बताउनु भयो । महोत्सवमा आन्तरिक तथा बाह्यि पर्यटक एवं दर्शक तथा ददेराहरुको उल्लेखनिय सहभागिता हुनुले आगामी दिनमा अझ व्यबस्थित र अझ भव्य कार्यक्रम गर्न आफुहरु लागि पर्ने उहाँले जनाउनु भयो । कृषिप्रधान देश नेपाली समाजको परम्परागत कृषि प्रणालीको प्रवद्र्धन तथा नयाँ पुस्तालाई खेतीपातीको मौलिक ज्ञान हस्तान्तरण गर्ने उद्देश्य सहित उक्त महोत्सव यसपाली पर्यटकीय र कृषि उत्पादनका दृष्टिले महत्वपूर्ण रहेको चुरुङ्गामा आयोजना गरिएको परिषदका अध्यक्ष तारानाथ पहारीले बताउनु भयो ।
पोखरा महानगर भित्र यस बर्ष २ सय रोपनी क्षेत्रफलमा धान खेति गरेर करिब ५ सय मुरी धान उत्पादन गर्नु भएका पोखरा २३ का फवेन्द्र कुमार गुरुङलाई सम्मान गरिएको छ । उहाँलाई पोखराका मेयर धनराज आचार्यले १० हजार नगद सहित सम्मान गर्नु भएको हो । पहिलो दाई महोत्सव आफ्नो खेतमा भएको बताउदै सम्मानित गुरुङले धान उत्पादन गर्दा सम्मान हुनुले थप प्रोत्साहन मिलेको जनाउनु भयो । आफुले परम्परागत कृषि प्रणाली भन्दा माथि उठेर प्रविधिमा आधारित मेसिनहरुको अत्याधिक प्रयोग गरी धान खेति गर्दै आएको उहाँले बताउनु भयो । पोखरामा तीव्र शहरीकरणका कारण खेतीयोग्य जमिन मासिँदै गएको र कृषिप्रति युवापुस्ताको आकर्षण कमजोर बन्दै गएको पृष्ठभूमिमा दाँई महोत्सवले कृषकको परम्परागत परिश्रम, धान उत्पादनको सांस्कृतिक महत्व र कृषि पर्यटनको सम्भावनालाई उजागर गर्ने पोखराका मेयर आचार्यले बताउनु भयो । विधि सहित पूजा गरी धानको कुन्योको जुरो निकालेर उक्त महोत्सवको मेयर आचार्यले उद्घाटन गर्दै स्थानिय किसानको झिनुवा धान खेत हुने केही स्थानमा अझै पानीको समस्या भएकोले त्यसको लागि आवश्यक व्यबस्था मिलाउने वचन दिनुभयो ।
महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालको मौलिक कृषि पहिचान नजिकबाट अवलोकन गराउन सहयोग पुगेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका बरिष्ठ निर्देशक तथा प्रमुख मणि राज लामिछानेले बताउनुभयो । चुरुङ्गा टोल विकास संस्थाका अध्यक्ष दयाराम गौतमले सो क्षेत्रमा झिनुवा जातको धान उत्पादनका लागि परिचित रहेको बताउनु भयो । परम्परागत धानहरु हाल लोप हुदै गरेको उहाँको भनाई थियो । पछिल्ला वर्ष कृषि पर्यटन, अर्गानिक उत्पादन र गाउँको प्राकृतिक सौन्दर्यका कारण चुरुङ्गा आकर्षक गन्तव्य बन्दै गएको गौतमको भनाई छ । महोत्सवमा विभिन्न प्रतियोगिता तथा गतिविधिले रौनकता दिएको थियो । उत्कृष्ठ गोरू पालक प्रतियोगिता, धेरै धान उत्पादन गर्ने कृषक सम्मान, धान चुट्ने दँदेरा प्रतियोगिता, परालको भारी बोक्ने प्रतियोगिता, गुन्द्री बुन्ने प्रतियोगिता, सहभागी दँदेरीलाई परम्परागत टोपी वितरण, अतिथिलाई स्थानीय उत्पादनको उपहार लगायतका आकषर्णहरु रहेका थिए । महोत्सवमा आगन्तुक पाहुनालाई फुलमाला सहित पन्चेबाजाले स्वागत गरिएको थियो भने महोत्सवमा भजन चुड्का समेत प्रस्तुतः गरिएको स्थानिय किसान माधव गौतमले बताउनु भयो । यस बर्षको महोत्सवले आफुहरुलाई कृर्षि कर्म गर्न थप प्रोत्साहन र हौसला मिलेको उहाँको भनाई छ । माछापुच्छ«े, अन्नपूर्ण सहितका हिमश्रृखला महोत्सव स्थलबाट प्रत्यक्ष अवलोकन गर्न पाउदा दर्शकहरु निकै हर्सित भएका थिए ।






