Pokharapatra National Daily

कमलपोखरी सहकारीको १२ औ वार्षिक साधारण सभा

पोखरा महानगरपालिका वडा नं १३ स्थित कमलपोखरी बचत तथा ऋण सहकारी संस्था लि को १२ औ बार्षिक साधारण सभा शुक्रवारदेखि आफ्नै भवनमा सुरु भएको छ ।
शनिवार सम्म चल्ने साधारण सभालाइ भुमी व्यबस्था कृर्षि सहकारी मन्त्रालय सहकारी महाशाखा गण्डकी प्रदेशका सहकारी रजिस्ट्रार प्रेम प्रकाश ढकालले ब्यानरमा हस्ताक्षर गरी उद्घाटन गरेका थिए । सहकारीले मुनाफा संगै सामाजिक कार्यमा पनि ध्यान दिनुपर्नेमा रजिस्ट्रार ढकालले जोड दिए । वर्तमान समयमा सहकारी प्रविधिमैत्री बनाएर अगाडि बढ्न ढकालले अनुरोध गरे । कमलपोखरी बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष माधवप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सल्लहाकार किशोरदत्त बराल लगायत वोलेको कार्यक्रममा सहकारीका उपाध्यक्ष एवं कार्यक्रम संयोजक युबराज त्रिपाठीले स्वागत, शिक्षा उप समितिका संयोजक गोबिन्द गौतमले सहकारीको सात सिद्धान्त वाचन र संस्थाका सचिव ईन्द बहादुर कुँवरले संचालन गरेका सदस्य कुमार केसीले पोखरापत्रलाई वताए । साधारण सभापछि शनिबार दिनको ३ बजेदेखि सवै शेयरसदस्यहरुसँग विद्युतीय अनलाइन जुम मिटिङ गर्ने कार्यक्रम तय भएको कार्यक्रम संयोजक त्रिपाठीले वताए ।

प्रतिकृया दिनुहोस्