Pokharapatra National Daily

‘अमृत भनी पिएको’ विमोचन

‘अमृत भनी पिएको’ गीतको म्यूजिक भिडियो विमोचन गरिएको छ । फिल्म निर्देशक एवं गीतकार तुलसी घिमिरे, समाजसेवी विश्वमोहन गौचनले सोको विमोचन गरे ।
प्रेम वियोगमा आधारित सो गीतको रचना विनोद गौचनले गरेका हुन् । केशव सुवेदीको स्वर र सुमन श्रापितको संगीत छ । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा भएको कार्यक्रममा निर्देशक घिमिरेले पोखरा सर्जक र सृजना जन्माउने उर्वरभूमि रहेको बताए । उनले लेखन, गायन, संगीतका साथै म्यूजिक भिडियोको कन्सेप्ट, अभिनय, निर्देशन, सम्पादन, भिडियोग्राफी सबै हिसाबले गीत उत्कृष्ट रहेको बताए । विश्वमोहन गौचनले गीतसंगीत सचेतना जगाउने बलियो माध्यम भएको बताए । कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णप्रसाद गौतम, संगीतकर्मी नवराज बराल, पदमराज ढकाल, कलाकार अलौकिककवि देशभक्तसिंह कुँवर, काजी गाउँले, तवलावादक श्यामलाल श्रेष्ठ, व्यवसायी दशरथ सुनार, साहित्यकार मदन भण्डारीले बोलेका थिए । सञ्जु भण्डारीले निर्देशन गरेको गीतमा कलाकार देशभक्तसिंह कुँवर, सम्झना थापा बानियाँ, काजी गाउँले, अभिलेख घिमिरे, सिम्रन बानियाँ, वेविका वस्नेत, भूमिका थापालगायतले अभिनय छ ।

प्रतिकृया दिनुहोस्