
चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च, कास्कीको १६औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
गण्डकी प्रदेश सांसद सुधिर पौडेल प्रमुख अतिथि रहनु भएको कार्यक्रम मञ्चका अध्यक्ष बुद्धिराम लम्सालको अध्यक्षता सम्पन्न भएको थियो । सो अवसरमा प्रदेश सांसद पौडेलले मञ्चले गरेका हरेक क्रियाकलापले चित्रेभञ्ज्याङको चिनारी गरेको बताउनुभयो । यसका लागि चित्रे भञ्ज्याङ क्षेत्रमा रहेका हरेक सांस्कृतिक, धार्मिक क्षेत्र र पर्याटकीय स्थल पछाडि परेको हुदाँ यसलाई बढी महत्वका साथ विकास गरी अगाडि ल्याउनु पर्ने बताउनुभयो । पौडलले सम्पर्क मञ्चलाई आवश्यकता अनुसार सहयोग गर्ने पनि बताउनु भयो ।
सोही अवसरमा सांस्कृतिविद डा. तुलसीराम खनालले चित्रे भञ्ज्याङको सांस्कृति, धार्मिक लागायत त्यस क्षेत्रको रितिरिवाज आफुलाई मन परेको र यसलाई बचाई राख्नुपर्ने पनि बताउनुभयो । मुख्यतह त्यस क्षेत्रको कौह्रा नृत्यबाट आफू प्रभावित भएको पनि बताउनु भयो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष क्या. नरेश थापा, पोखरा विश्व विद्यालयका प्रशासकीय अधिकृत टोलमाया थापा, जिल्ला अदालत स्याङ्जाका भूमिप्रसाद पोख्रेल, दिन बहादुर बर्कारी राना,
डील कुमार भूजेल लगायतले बोल्नु भएको थियो । कार्यक्रममा मञ्चका अध्यक्ष बुद्धिराम लम्सालले मञ्चको भावी नीति, योजना तथा हाल भएको गतिविधिका बारेमा बताउनु भएको थियो । सो अवसरमा संस्थाको वार्षिक प्रगति प्रतिवेदन संस्थाका सहसचिव चन्द्रा थापा, कोषाध्यक्षको प्रतिवेदन कान्त बहादुर थापाले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिक तथा विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष सु. पूर्णबहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सचिव रुद्र सन्देश मगरले गर्नु भएको थियो । कार्यक्रममा लाईभ कोह्रा नृत्य प्रस्तुत गरि अतिथिहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो ।