Pokharapatra National Daily

निजी क्षेत्रसँगको सहकार्य विना समृद्धि प्राप्त हुँदैनः मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त नहुने बताउनुुभएको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ३३औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव, २०८१ को बिहीबार पोखरामा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै समृद्धि हासिल गर्न सकिने बताउनुुभयो । निजी क्षेत्रसँगको सहकार्यमा सरकारले जोड दिएको उल्लेख गर्दै उहाँले त्यसको वातावरण निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुुभयो । संघीय सरकारले अध्यादेशमार्फत निजी क्षेत्रलाई सहज हुने गरी वातावरण निर्माण गरेको भन्दै मुख्यमन्त्री पाण्डेले त्यसले सिथिल अर्थतन्त्र उकासिने धारणा राख्नुुभयो ।
संघले सातवटै प्रदेशको उत्पादन, कला–संस्कृति एवं खानाको प्रदर्शनको सुरुआत गरेकामा उहाँले खुसी व्यक्त गर्नुुभयो । गण्डकी प्रदेशमा दुईवटा क्षेत्रमा औद्योगिक क्षेत्र खोल्ने भनिए पनि जग्गा प्राप्ति समयमै नहुँदा काम रोकिएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले अब यसको काम अगाडि बढेको जानकारी गराउनुुभयो । हालै कोरला नाका सुचारु भएको र त्यहाँ अध्यागमन कार्यालय सुरुआत भएको उल्लेख गर्दै उहाँले त्यसलाई पूर्णरुपले सञ्चालन गरेर पोखराबाट कोरोला नाकासम्म जोड्ने बाटो र पोखराबाट त्रिवेणी जोड्ने बाटो भरपर्दो बनाएर सञ्चालन गर्न सकिए गण्डकी प्रदेशलाई व्यापार व्यवासायमा फाइदा पुुग्ने बताउनुुभयो । कोरला नाकालाई व्यवस्थित रुपमा सञ्चालन गरिएमा त्यसले तिब्बतसँगको व्यापार यतैबाट हुने उहाँको भनाइ थियो । गण्डकी प्रदेशमा उत्पादनको आधारमा मात्र अनुदान दिने नीति अगाडि बढाइएको भन्दै उहाँले उत्पादन प्रक्रिया सुरु भएपछि मात्र अनुदान दिन थाल्ने जानकारी दिनुुभयो ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि प्रदेश सरकार क्रियाशील रहेको बताउनुुभयो । गण्डकी सरकारले उद्योग र पर्यटनको विकासलाई विशेष जोड दिएको जिकिर गर्दै उहाँले उद्योगमार्फत हुने उत्पादनले मात्र देश समृद्ध बन्ने कुरामा आफू प्रष्ट रहेको धारणा राख्नुुभयो । पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले सूचना प्रविधिले संसारलाई साँघुरो बनाएको अवस्थामा मेला र महोत्सवले व्यवसाय प्रवद्र्धन गर्नुुपर्ने तथा नयाँ सूचना पस्कने ठाउँ बन्नुपर्ने बताउनुुभयो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उतदन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउने लगायतका उद्देश्यका साथ महोत्सव आयोजना गरिएको जानकारी दिनुुभयो । गण्डकी प्रदेश सरकारले अगाडि सारेको दोस्रो पञ्चवर्षीय योजनामार्फत ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ को लक्ष्य प्राप्तिमा समर्पित रहेको उहाँको भनाइ थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुन नसक्नु तथा गण्डकीको कान्छो जिल्ला नवलपुरसम्म पुग्ने सडक नबन्नु दुखदायी भएको उनको भनाइ थियो । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अमरेश वैदारले मेला र महोत्सवमार्फत् स्थानीय उत्पादनको प्रवद्र्धन गर्नुपर्छ भन्ने निजी क्षेत्रको आवाजलाई राज्यले सुन्नुपर्ने बताए । उनले मेला र महोत्सवको नाममा बढेको विकृति अन्त्य हुनुपर्नेमा पनि जोड दिए । उत्पादन र उद्योगसँग जोडिएका मेलाहरु उद्योग वाणिज्य संघले नै आयोजना गरिनुपर्ने पनि उनको भनाइ थियो । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद तथा महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा बोल्दै जीतपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनकुमार शर्माले गण्डकी प्रदेशका उद्योग÷व्यापार र पर्यटनलाई मधेश प्रदेशसँग जोड्न चाहेको बताए । उनले हवाइ मार्गबाट पनि पोखरालाई जोड्न चाहेको बताए । मधेश प्रदेशका मुख्यमन्त्री स्वयं गढीमाइ मेलाको चर्चा गर्दै भारतबाट आउने पर्यटकलाई पोखरासँग जोड्न लालायित भएको बताए । उनले पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेलामा मुख्यमन्त्री स्वयं आउन चाहेको पनि बताए । उद्घाटन सत्रमा मधेश प्रदेशको तर्फबाट त्यहाँको सांस्कृतिक टोलीले मिथिला र थारु संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए । क्यान नेपालका अध्यक्ष सुनयना पाण्डेले नेपाल सरकारले हालै अध्यादेशमार्फत् सूचना प्रविधि क्षेत्रको लागि सहजीकरण गर्ने अध्यादेश आउनु स्वागतयोग्य भएको बताइन् । ‘कार्यक्रममा मधेस प्रदेशको तर्फबाट त्यहाँको सांस्कृतिक टोलीले मिथिला र थारु संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए । समुद्घाटनअघि विभिन्न आमा समूह, विद्यार्थीहरु,सांस्कृतिक समूह एवं टोल विकास संस्थाहरुले ¥याली र झाँकी पनि प्रस्तुत गरेका सांस्कृतिक उपसमिति संयोजक ललित कुँवरले जानकारी दिए । उनका अनुसार शुक्रबार पुरुषोत्तम न्यौपाने,मञ्जु पौडेल,घनश्याम रिजाल,कमला गैरे,सविना गुरुङ सांगीतिक प्रस्तुति रहने उनले बताए । महोत्सव यही माघ १७ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्