Pokharapatra National Daily

आशीर्वाद क्लवको निशुल्क आँखा शिविर

स्थानीय समुदायलाई लक्षित गर्दै आशीर्वाद क्लब अफ नेपालको आयोजनामा हालसालै पोखरा–१३ साझा चोक (आर्वा) मा निशुल्क आँखा उपचार शिविर आयोजना सम्पन्न भएको छ । शिविरमा विभिन्न उमेर समूहका करिब पाँच सय जना व्यक्तिहरूले आँखा सम्बन्धी निःशुल्क जाँच, परामर्श र औषधी चम्मा प्रदान गरिएको थियो ।
आँखा संसार हेर्ने दृष्टिकोण हो भनि सोचेर ९१ वर्षको हजुर बा भुमनाथ लामिछाने आउनु भयो दाहिने हातामा लौरी टेक्दै उपचार गर्ने । आँखा स्वस्थ्य भए संसार चिनाउन पाइन्छ । आँखा नै अस्वास्थ्य भए जिन्दगी अन्धकार हुने लामिछानेले भने । शिविरमा वरिष्ठ नेत्र विशेषज्ञहरूद्वारा आँखाको सामान्य जाँचदेखि गम्भीर रोगहरूको पहिचान समेत गरियो । मोतियाबिन्दु, दृष्टि कमजोर, आँखामा एलर्जी तथा अन्य समस्या भएका बिरामीहरूलाई आवश्यक औषधी तथा थप उपचारका लागि अस्पतालमा सिफारिस गरिएको छ। हिमालय आँखा अस्पाताल पोखरा १७ घारीपाटन चिकित्सा समूहले स्वास्थ्य उपचार गरिएको थियो । वडा न १३ का निवर्तमान अध्यक्ष तथा समाजसेवी दर्शन लामाले शिविरको उद्घाटन गर्दै समुदायमा स्वास्थ्य सचेतना फैलाउन यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताए । निवर्तमान अध्यक्ष लामाले स्थानीय तह र स्वास्थ्य संस्थाबीच सहकार्य गरी यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउन पर्नेमा जोडा दिए । डाक्टर प्रदीप मल्ल ठकुरीले तीनदेखि छ महिना भित्रमा आँखा चेक गरिराख्नु पर्ने भने । रोगलागे पछि उपचार गर्नु भन्दा रोग लाग्न नदिन समयमै आँखा जाँच गर्नुपर्ने लामाले धारण राखे । आशीर्वाद क्लब अफ नेपालका अध्यक्ष अर्जुन बरालले शिविरले धेरैलाई राहत मिलेको भने । अगामी दिनहरूमा पनि यस्ता सामाजिक सेवामूलक कार्यहरू निरन्तरता दिइने अध्यक्ष बरालले वचन वद्धता दिए । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा सहजीकार गौडाकोमुख स्थित एड्भान्स क्लिनिकले गरेका थियो । अर्शीवाद क्लव अफ नेपालका संस्थापक ई विक्रम वरालले संचालन गरेका थिए । शिविरमा क्लबका स्वयंसेवक, स्वास्थ्यकर्मी र समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । साझा जिमिरे टोल विकास संस्थाका अध्यक्ष रनबहादुर वि.क. शिविरमा सक्रिय सहयोग गरेका थिए । कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले यस्तो सेवा उपलब्ध गराइदिएकोमा खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिकृया दिनुहोस्