पर्यटनको राजधानि पोखरामा आइतबार देखि दोश्रो संस्करणको ‘ड्रागन बोट रेस फेस्टिभल’ को रौनक सुरु भएको छ । महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको ड्रागन बोट रेसमा नेपाल सहित ३ देशका २० टिमको सहभागिता रहेको पोखराका मेयर धनराज आचार्यले बताए ।
पोखराको फेवातालमा हाल २ सय र ५ सय मिटर तर्फको प्रतिष्प्रर्धा सुरु भएको छ । उक्त रेस प्रतियोगितामा नेपालबाट ११ सहित सिंगापुरको एक र चिनका ८ टिमको सहभागिता हुने रहेको छ । नेपाल र चीन बीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्न मद्धत पुग्ने गरी उक्त महोत्सव पोखरामा दोश्रो पटक गर्न लागिएको मेयर आचार्यले जनाए । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको सयुक्त आयोजनामा उक्त प्रतियोगिता भएको हो ।
प्रतियोगितामा गण्डकी सहित बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लव, ड्रगन बोर्ट गण्डकी, बेगनास टिम, रुपाताल टिम, नाराका सहितका नेपालका ११ टिमको सहभागिता रहेको छ । ५ सय र २ सय मिटरका बिजेता टीमलाई जनही ५ हजार अमेरिकी डलर, उपबिजेतालाई भने २ हजार डलर र तेश्रो हुने टिमलाई जनही १ हजार २ सय अमेरिकी डलर साथमा ट्रफी र मेडल प्रमाण पत्र वितरण गरिने भएको छ । पुरस्कारमा मात्र करिब २५ लाख खर्च हुने भएको छ । पोखरा महानगरपालिकाका व्यवसायी प्रबद्र्धन केन्द्रका महाशाखा प्रमुख नवराज अधिकारीले पोखरामा आयोजना हुने प्रतियोगिताका बिजेता तथा उपबिजेतालाई अन्तराष्ट्रिय प्रतियोगितामा सहभागित गराउन पहल गर्ने जनाए । गत बर्ष चाइनाले ८ वटा ड्रगन बोर्ट उपहारको रुपमा दिएको थियो भने यस बर्ष पनि अत्याधुनिक थप ८ वटा ड्रागन वोर्टहरु दिएको छ । यस बर्ष दिएको ड्रागन बोर्ट भने अन्तराष्ट्रिय प्रतियोगताको लागि मात्र प्रयोग गरिने भएको महानगरले जनाएको छ । सोमबारसम्म पोखराको फेवातालमा हुने उक्त फेष्टिभलको आइतबार एक समारोहका बिच नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्दै पोखरामा खेल पर्यटनको अथाह सम्भावना भएको बताए ।
पोखराको खेल पर्यटन प्रबद्र्धनमा यस्ता कार्यक्रम धेरै सहयोग पुग्ने दाबी गर्दै उनले सो महोत्सवले चिन र नेपाल बिचको सम्बन्ध समेत थप प्रगाढ हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल स्थित चिनिया राजदुत छेन सोङले चिनिया पराम्परागत खेलको नेपालमा गत बर्ष देखि सुरु भएको ड्रागन वोर्ट फेष्टिभलले नेपाल र चिन बिचको संस्कृति तथा सभ्यता आदन प्रदान गर्नुका साथै एक आपसको सम्बन्ध सुदृढ भएको जनाए । नेपाली जनताले शान्तिसंग मेलमिलापको भावनालाई आत्मसात गरेको उनले जनाए । चिन क्रस कन्ट्रि रेस, ड्रागन वोर्ट रेस र काठमाण्डौमा भएको विभिन्न श्रृखलाबद्ध कार्यक्रमले चिन र नेपाल बिचको सम्बन्ध थप सृदृढ बनाउने काम गरेको राजदुत सोङले जनाए । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा बार्षिक रुपमा राष्ट्रिय स्तरको बेगनासमा र अन्तराष्ट्रिय स्तरको फेवातालमा ड्रागन वोर्ट रेस गर्ने बताए ।
नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोसीले उक्त खेलले पोखरा क्षेत्रको नयाँ ब्राण्ड भनेसंगै यसले खेल पर्यटन प्रबद्र्धनमा टेवा पुगेको दाबी गरे । चिनले तीन ठाँउमा ३ ब्राण्ड बनाउन सफल भएको उनले बताए । गण्डकी प्रदेशका सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो ।
पोखरामा ड्रागन वोर्ट फेष्टिभल सुरु
प्रतिकृया दिनुहोस्