Pokharapatra National Daily

सहकारी ठगी आरोपमा सबै दोषी माथि ढिलो चाँढो कार्वाही हुन्छः मन्त्री गुरुङ

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सहकारी सम्बन्धि संसदीय छानविन समितिले दिएको सिफारिसका आधारमा सहकारी ठगी आरोपमा दोषी ठहरिएका जो कसैलाई नछाड्ने बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीको नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापन समारोहमा आइतबार पोखरामा सम्बोधन गर्दै मन्त्री गुरुङले छानविन समितिले दिएको सिफारिसको आधारमा सहकारी ठगि आरोपित सबै माथि आवश्यक कार्वाही हुने चेतावनी दिदै दोषी ठहरिएका कुनै पाटीको भए पनि नछाड्ने बताउनु भएको हो । सहकारी ठगि आरोपमा प्रतिवेदन, अनुसन्धान र अध्ययनले देखाएका दोषीलाई राज्यले ढिलो चाँडो आवश्यक कार्वाही गर्ने गरी छाड्ने उहाँले विश्वास व्यक्त गर्नु भयो । दोषी आरोपितहरु एमाले, काग्रेस, माओबादीका नेता कार्यकर्त जो कसैलाई नछाड्ने उहाँले दाबी गर्नु भयो । प्रतिवेदनले अभियोजन लगाएको अध्ययन र अनुसन्धानले देखाएको कुरामा राज्यले कसैलाई छुट नदिने मन्त्री गुरुङले जनाउनु भयो । देशमा शुसासन कायम गर्न राजनीति स्थिरता आवश्यक भएको उहाँको भनाई थियो । हाम्रो संस्कार र संस्कृति सभ्य संस्कृति भएको उल्लेख गर्दै उहाँले पछिल्लो समयमा यसमा पनि धेरै अराजक भएको उहाँले दाबी गर्नुभयो । हाम्रो आर्दशलाई हमला गर्दै समाजलाई अराजक तर्फ लैजाने काम सामाजिक संजाल र केही अनलाइन संचार माध्यमहरुले गर्न थालेको मन्त्री गुरुङको भनाई थियो । अनलाइन संचार माध्ययको प्रयोग, संचालन र व्यबस्थापन गर्न संचार ऐन क्याविनेटबाट पास भई सकेको बताउदै मन्त्री गुरुङले तत्काल संसद चल्ने अबस्था नभए अध्यादेशबाट संचार ऐन ल्याउने जनाउनु भयो । साइबर क्राइम अनलाइनका माध्यमबाट बढेकोले त्यसलाई नियन्त्रण गर्न साइबर क्राइमको विधेयक क्याविनेटमा पुुगेको मन्त्री गुरुङले जनाउनु भयो । आम संचार विधेयक छलफलको क्रममा भएकोले केही सुझाव भए दिन उहाँले आग्रह गर्नु भयो । देशको राजश्व बृद्धि किन भएन यसको कारणहरु खोज्न उहाँले पत्रकार सहित अन्य समाजका बौद्धिक बर्ग माझ आग्रह गर्नु भयो । पूजिगत खर्च किन कम हुन्छ यस्ता बिषयमा पत्रकारहरु अली चासो दिन मन्त्री गुरुङले आग्रह गर्नु भयो ।
महासंघ कास्कीका अध्यक्ष माधव बरालले पत्रकारीता पेशा नै जोखिममा रहेको उद्लेख गर्दै पत्रकारको हकहितमा काम गर्ने बताउनु भयो । अध्यक्षका प्रत्यासी राजेन्द्र अधिकारीले सहकारी ठगिमा सक्ताधारी दलका नेताहरु भएकोले उनीहरु उपर सरकारले कार्वाही गर्न माग गर्नु भयो । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पत्रकारलाई स्वतन्त्र हुन सुझाव दिनु भयो । पत्रकार स्वाभिमान वन्न उहाँले आग्रह गर्नु भयो । नेकपा माओेबादी केन्द्र कास्कीका जिल्ला संयोजक विश्वप्रकाश लामिछानेले पहिला मिसन पत्रकारिता सुरू भएको स्मरण गर्दै राजनीति पार्टी भन्दा माथि उठेर समाज रूपान्तरणमा पत्रकारले आफ्नो भूमिका निभाउन आग्रह गर्नुभयो । निर्वाचन कमिटिका संयोजक महांसंघ कास्कीका पूर्व अध्यक्ष पुण्यप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्टार तथा महांसघ कास्कीका निवर्तमान अध्यक्ष बिमला भण्डारी, महासंघ कास्कीका पूर्व अध्यक्ष रविन्द्र बास्तोला, निर्वाचन समितिका सदस्य गोविन्द पौडेल लगायतले पत्रकाररिता क्षेत्र स्वतन्त्र ढंगले गर्नुपर्नेमा जोड दिनुभयो । गत असोज २८ गते भएको निर्वाचनबाट माधव बराल नेतृत्व ३ बर्षीय कार्यकालका लागि निर्वाचित भएको थियो ।

प्रतिकृया दिनुहोस्