नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा नेपाल प्रेस युनियन र प्रेस चौतारी प्यानलका माधव बराल निर्वाचित हुनु भएको छ ।
शनिबार बिहान सम्पन्न भएको मतगणनाबाट बरालले प्रेस सेन्टर नेपाल र समाजबादी प्रेस संगठनका साझा उम्मेदवार राजेन्द्र अधिकारीलाई ९ मतको अन्तरले पराजित गर्दै जिर्वाचित हुनु भएको हो । अगामी ३ बर्षीय कार्यकालको निर्वाचित हुनु भएको अध्यक्ष बरालले १०५ मत ल्याउदा अधिकारीले भने ९६ मत ल्याउनु भएको थियो । कास्की शाखामा २ सय २० मतदाता (पत्रकार) भए पनि शुक्रबारको मतदानमा भने ९३ प्रतिशत अर्थात २०५ मत खसेको निर्वाचन संयोजक पुण्यप्रसाद पौडेलले पोखरापत्रलार्ई बताउनुभयो । अन्य पदाधिकारीमा युनियन र चौतारी प्यानलकै उम्मेदवारको जित भयो भने अन्य सदस्यमा सेन्टरका दुई जना सदस्य पुष्प दाहाल र (सदस्य महिला) कविता घर्तिमगर निर्वाचित हुनु भयो । त्यसै गरी कास्की शाखाको उपाध्यक्षमा माधव रेग्मी, महिला उपाध्यक्षमा कञ्चन थापा, सचिवमा भुपाल गुरुङ, सहसचिव खुलामा मधु अधिकारी, समावेशी सहसचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा राजाराम पौडेल विजयी हुनु भयो । सदस्यहरुमा अर्जुन गाहा सुशान्त, गौरव त्रिपाठी, राजु गिरी, बालकुमारी पौडेल, सन्तोष सुवेदी, रिखिराम जिसी, तुलसीराम सुवेदी, निराजन अधिकारी र पुष्पराज दाहाल विजयी हुनु भएको छ ।
त्यसै गरी राष्ट्रिय परिषद् सदस्यमा ५ जना निर्वाचित हुनु भएको छ । निर्वाचित हुनेहरुमा आरजु विष्ट सल्यानी (मोहनकुमार विष्ट)ः दीननाथ बराल, कृष्णमणि बराल, भरत कोइराला र राज बहादुर गुरुङ रहनु भएको छ ।
पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल
प्रतिकृया दिनुहोस्