Pokharapatra National Daily

पत्रकार महासंघ गण्डकीको अध्यक्षमा रमेश पौडेल

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन ।
प्रेस यूनियन र प्रेस चौतारी प्यानलबाट निर्वाचित पौडेलले २ सय २३ मत अन्तरले समाजबादी प्रेस संगठन र प्रेस सेन्टरका साझा उम्मेदवार गोविन्द सुवेदीलाई पछि पार्दै विजयी भएका हुन् ।
शुक्रबार भएको निर्वाचनको शनिबार बिहान मतगणना सम्पन्न भएसंगै पौडेलले ४ सय १ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी गोविन्दप्रसाद सुवेदीले १ सय ७८ मत प्राप्त गरे । त्यसै गरी ३ बर्षीय कार्यकालको लागि प्रदेश समितिको उपाध्यक्ष (खुला)मा प्रकाश पौडेल, उपाध्यक्ष (महिला)मा मायाकुमारी अधिकारी, महासचिवमा जमुना वर्षा शर्मा, सचिव (खुला)मा भविश्वर पाण्डे, सचिव (समावेशी)मा रोशनी गुरुङ र कोषाध्यक्षमा रमेश बस्ताकोटी निर्वाचित भए । त्यसै गरी अन्य सदस्यहरुमा खुला सदस्यमा विजय नेपाल, गणेश पहारी, जनक श्रेष्ठ, छविलाल पाण्डे, श्रीकृष्ण सिग्देल, ध्रुवराज सुवेदी र रोशन लामिछाने निर्वाचित भए। सदस्य (महिला) मा ज्योति हमाल, सपना अधिकारी र रञ्जिता शर्मा, सदस्य दलितमा विजय नेपाली, सदस्य (आदिवासी जनजाति) मा पदम श्रेष्ठ र मञ्जुल शाक्य निर्वाचित भए । गण्डकी प्रदेश अन्तर्गत महासङ्घको जिल्ला अध्यक्षहरूमा कास्कीबाट माधव बराल, पर्वतमा लक्ष्मीप्रसाद सापकोटा, बागलुङमा राम थापा, मनाङमा नविन लामिछाने, मुस्ताङमा सुनदेवी रसाइली, लमजुङमा सन्देश पौडेल, तनहुँमा डिपी अधिकारी, स्याङ्जामा प्रदीप कोइराला, म्याग्दीमा हरिकृष्ण गौतम, नवलपुरमा श्रीराम सिग्देल निर्वाचित भए ।
गोर्खामा भने निर्वाचन स्थगित भएको छ । उक्त निर्वाचत स्थगित गरेको भन्दै पत्रकार महासंघले केन्द्रले उक्त शाखालाई निम्बर गरेको छ । प्रेस सेन्टर र समाजबादी प्रेस संगठनका साझा उमेदवार राम थापा विजयी भएभने अन्य प्रेस चातारी र प्रेस यूनियनको विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस्