Pokharapatra National Daily

सहकारी पीडीतको रकम फिर्ता गर्न सरकारले प्रक्रिया सुरु गरेको छः उपप्रधान तथा शहकारी मन्त्री सिंह

नेपाल सरकारका उपप्रधान तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंहले सहकारी पीडीतहरुको रकम फिर्ता गर्न सरकारले प्रकृया सुरु गरेको बताउनु भएको छ ।
नेपाल प्रेस यूनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सहकारीका पीडीतहरुको रकम फिर्ता गर्ने बिषयमा सरकार गम्भिर भएको उल्लेख गर्दै सहकारी पीडीतलाई रकम फिर्ता गर्न प्रकृया सुरु गरेको बताउनु भएको हो । सहकारी ठगी प्रकृयामा जोडिएका ए, बी, सी जो कोहीलाई पनि सरकारले नछाड्ने दाबी गर्दै कानून बमोजिम आवश्यक कार्वाही प्रकृया समेत अघि बढाउने उहाँले जनाउनु भयो । कानुनी शासन भनेको कुनै पार्टी र नेता कसैलाई छुट नहुने कानुनको नजरमा सबै नागरिकलाई समान व्यवहार हुने उपप्रधान तथा शहरी मन्त्री सिंहको भनाई थियो । प्रकृयामा जादा कसैलाई हामीलाई मात्र कार्वाही भएको भन्नु गलत भएको उहाँको भनाई थियो । सहकारी गठी प्रकरणमा करिब ६ सय जनालाई जेल सहितको आवश्यक कार्वाही भएको उपप्रधान तथा शहरी मन्त्री सिंहले दाबी गर्नु भयो । सहकारी मन्त्रालयबाट सहकारी पिडितहरुको रकम फिर्ता गराउने बिषयमा हाल गृहकार्य भई रहेको उहाँले जनाउनु भयो ।
सरकार प्रकृयामा जादा कसैलाइ काखा कसैलाई पाखा नगरेको दाबी गर्दै उपप्रधान तथा शहरी मन्त्री सिंहले एक समुहले सामाजिक संजालबाट भ्रम फैलाउने काम भई रहेको आरोप लगाउनु भयो । अस्थिर सरकार भई रहेकोले देशका दुई ठुला दलहरु मिलेर हाल दिगो स्थायित्व दिनको लागि गठबन्धन भएकोले ले यो सरकार बाहिर हल्ला चलेसरी हाल सरकारी परिवर्तन नहुने उहाँको भनाई थियो । नेपालको आर्थिक सुधारको लागि बिआरआई परियोजना ल्याउनु पर्छ भन्ने मान्यता अनुसार सरकारले अनुदानमा उक्त परियोजना ल्याउन चाहेको उपप्रधान तथा शहरी मन्त्री सिंहले जनाउनु भयो । ऋणको लागि ऋण मात्र लिन राम्रो नहुने बताउदै उहाँले बिआरआई परियोजना अनुदानमै लिन उपयुक्त हुने कागेंसको समेत धारणा भएको उहाँले उल्लेख गर्नु भयो । दलहरुको सहमति अनुसार दलहरुको मुख्य एजेण्डा बनायर अघि बढाउनु पर्ने उपप्रधान तथा शहरी मन्त्री सिंहले बताउनु भयो ।
पोखरा विमानस्थलबाट नियमित अन्तराष्ट्रिय हवाई उडान गर्ने बिषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) ले गृहकार्य गरि रहेको उहाँको भनाई थियो । जसरी गौतम बुद्ध अन्तष्ट्रिय विमानस्थल विस्तारै संचालन भएको छ पोखरामा पनि संचालन गर्नुपर्ने दाहित्व सृजना भएको उपप्रधान तथा शहरी मन्त्री सिंहले उल्लेख गर्नु भयो । यूनियक कास्कीका कार्यबहाक अध्यक्ष ज्योति हमालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सचिव सुमन गुरुङले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्