Pokharapatra National Daily

लक्ष्मी विद्यापदक वितरण

लक्ष्मी ग्रुप प्रा.लि. द्वारा स्थापित तथा पोखरा उद्योग वाणिज्य संघ द्वारा संचालित लक्ष्मी विद्या पदक वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
पोखरा उद्योग वाणिज्य संघको ७०औ साधारण सभा तथा ३५औं महाअधिवेशनको उद्घाटन सत्रमा एक विशेष समारोहका विच पदक वितरण गरिएको हो । कास्की जिल्लामा स्थापित विभिन्न क्यम्पसहरुबाट ब्यवस्थापन संकाय अन्तरगत स्नाताकोत्तर तह एम.वि.एस. तथा स्नातक तह अन्तरगत वि.वि.ए.र वि.वि.एस.मा उत्कृष्ट अंक हासिल गरि उत्तिर्ण हुने विद्यार्थीहरुलाई सो पदक प्रदान गरिंदै आएको छ । यस पटक लक्ष्मी विद्यापदक – २०७९ बाट व्यवस्थापन संकाय अन्तरगत स्नाताकोत्तर तह (एम.वि.एस.)मा पृथ्वी नारायण क्याम्पस की प्रविना लम्साल, स्नातक (वि.वि.ए) तर्फ ला ग्राण्डी ईनटरनेशनल कलेजकी आर्शा गुरुङ एवम् स्नातक (वि.वि.एस.) तर्फ जनप्रिय बहुमुखि क्याम्पसका रोशन गुरुङ सम्मानित भएका छन् ।
त्यसै गरि लक्ष्मी विद्यापदक – २०८० बाट स्नाताकोत्तर तह(एम.वि.एस.)मा पृथ्वी नारायण क्याम्पस की जुना देवकोटा, स्नातक (वि.वि.ए.) तर्फ पोखरा कलेज अफ म्यानेजमेन्टकी प्रविना सुवेदी एवम् स्नातक (वि.वि.एस.) तर्फ गुप्तेश्वर महादेव बहुमुखि क्याम्पसकी अस्मिता बास्तोला सम्मानित भएका छन । सम्मानित विद्यार्थी हरुलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिका का प्रमुख धनराज आचार्य, विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महा संघका वरिष्ठ उपाध्यक्ष एवम् लक्ष्मी ग्रुप प्रा.लि.का कार्यकारी निर्देशक अन्जन श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापति एवम् लक्ष्मी ग्रुपका अर्का कार्यकारी निर्देशक श्री सुनिल श्रेष्ठले माला, दोसल्ला, पुष्प गुच्छा, ताम्रपत्र, विद्यापदक एवम नगद पुरस्कार जनही स्नाताकोत्तरलाई २५ हजार तथा स्नतकलाई रु. १५ हजारका दरले सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा सम्मानितहरुको तर्फबाट बोल्दै सम्मानित विद्यार्थी प्रविना लम्सालले यस किसिमको सम्मानले जिवन मा अघि बढ्न थप हौसला एवम् उर्जा मिलेको बताएका थिए । मन्तब्यकै क्रममा उनले विद्या पदकको स्थापना गर्ने लक्ष्मी ग्रुप तथा संचालन गर्ने पोखरा उद्योग वाणिज्य संघलाई विशेष धन्यवाद दिएका थिए । सम्मानको सो सत्रलाई उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष श्री वसन्त उदास ले संचालन गरेका थिए । सोहि क्रममा श्री उदासले विद्या पदकबाट हाल सम्म ६७ जना विद्यार्थीहरु सम्मानित भइ सकेको र उनिहरु देश तथा विदेशका विभिन्न प्रतिष्ठित संघ संस्था एवम् सरकारि तथा निजि क्षेत्रका प्रतिष्ठानहरुमा विभिन्न आहोदामा कार्यरत रहेको जानकारी गराएका थिए । २०५५ पुस २० गते पोखरा महानगरको दोश्रो नगर परिषदको उद्घाटन समारोहमा समाजसेवा, साहित्य, शिक्षा,संगीत, पत्रकारिता,उद्योग, पर्यटन, खेलकुदको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ९ जनालाई पोखरेली नवरत्नका रुपमा सम्मान गरिएको थियो ।
सोहि सम्मान पाएका लक्ष्मी हाउसका बुद्घि बहादुर श्रेष्ठले सम्मानमा पाएको १० हजार रुपैयामा लक्ष्मी हाउसको तर्फबाट २लाख १हजार १सय ११ रुपैया थप गरि अक्षयकोषको स्थापना मार्फत लक्ष्मी विद्या पदकको स्थापना गरिएको सो समारोहमा जानकारी गराइएको थियो ।

प्रतिकृया दिनुहोस्