Pokharapatra National Daily

पोखरा १३ निवासी कर्णेल रामकाजी गुरुङको निधन

घरको गेट वाहिर निस्कनु भयो कि कर्णेल बुबा नमस्कार । नमस्कार ग्रहण गर्दा गर्दै कहिले भद्रकाली चोक, कहिले खुरु खुरु कोन सामुदायिक बचत तथा ऋण सहकारीको भवन तिर झर्नुहुन्थ्यो कर्णेल रामकाजी गुरुङ । जता गयो त्यतै सयौंको सम्मान पछि सामाजिक भावनाले ओतप्रोत कर्णेलको ५७ वर्ष लगातार आँफुले जानेको ज्ञानलाई पस्कदै सल्लाह र सुझाव दिंदैमा दिन चर्या वितेको थियो ।
४० वर्षको दीर्घकालीन सेवापछि ५७ वर्षको उमेरमा सेवानिवृत हुनु भएको कर्णेलको जीवन झन सक्रिय बन्यो । त्यसैले हरेक जीवनको शुरुवातसंगै एउटा धु्रर्वसत्यता पनि संगै हुन्छ त्यो हो मृत्यु । सजीव भएर जन्मेपछि जीवन छोटो वा लामो होला तर सवैको अन्त्य निश्चित छ । तथापि यो तितो यर्थाथलाई भुलेर जीवन र मृत्युबिचको अवधि भित्र आफ्नै तरिकाले जिउने प्रयास सबैको हुन्छ । जीवनको जीउने क्रममा कसको मृत्यु कसरी हुन्छ ? भनेर आज सम्म कसैले पनि भन्न सकेको छैन । हरेक मानवको जीवन हावा फुकेको वेलुन जस्तो हो । वेलुनमा हावा रहिन्जेलसम्म राम्रो हुन्छ तर फुटेपछि अनन्त शुन्यमा बिलिन भएर जान्छ । मानीसको मृत्यु पश्चात हरेकमा केही न केही उल्लेखनीय छाप छाडेर गएको पाइन्छ । उनै कर्णेल आज मृत्यु भएर पनि जिउँदो इतिहास कोर्नु भएको छ । उनै कर्णेल परिवार र हामी अफन्त विच हँसिलो अनुहार, हरेक उमेरका आफन्तदेखी साथीभाइसँगको सालीन व्यवहार र वोलीले हामी सवैको जीवनमा सदा घुमिरहने र नविर्सने छाप टाँसीएको छ । बुबा कर्णेल आफन्तसँग मात्र नभइ टोलदेखि जीवनमा टाँसीएका हरेक व्यक्तिसँग मिल्ने क्षमता नै सवै भन्दा ठूलो गुण थियो । बुबा कर्णेल म सँग पनि जीवनमा धेरै पटक भेट हुनु भएको थियो जुन भेट मेरा जीवनको लागि सदैव स्मरणीय क्षण बनेको छ । बुबा कर्णेलले मेरो पेसा र व्यवसायमा समेत चिन्तित रहनाले मेरो जीवनमा असल अभिभावक गुम्दा मलाई बज्रपाथ बनाएको छ । कर्णेल बुबालाई म आवद्ध पोखरापत्र दैनिक र क्याम्पसको अवस्था समेत उहाँलाई चासो रहेको थियो । त्यसैले कर्णेल बुबाको बचन मेरो लागि मार्गदर्शन भइरहेको छ । मिठो वचन र सहज व्यवहारले आज पनि बाबाको शरीर हामी विच नभएपनि उहाँको व्यवहार मलाई मात्र होइन समग्र वडा १३ वासीदेखि पोखरेलीले विर्सन सक्दैन । सवैको आँखाको नानी बन्नु भएको कर्णेल साविक अर्मलाकोटमा जन्मेपनि हाल वडा नं १३ जय नेपाल मार्ग निवासी हुनुहुन्छ । बाबा स्व हवल्दार केशलाल गुरुङ र आमा स्व भाईश्री गुरुङको कोखवाट वि.स. १९९३ मंसिर १० गते जन्मनुभएको हो । कान्छाबाबाको संगतले देहरादून आर्मी स्कुलको कक्षा ५ मा भर्ना हुनुभयो ।
विचमा पढाइको गति कम भएपनि कान्छाबाबाको सरुवा पुन देहरादून भएपछि मिलिट्रीस्कूलमा कक्षा ८ भर्ना हुनु भयो । मिलिट्री स्कुलबाट मेट्रिक (कक्षा १०) मा राम्रो अंक प्राप्त गरी पास गरेपछि १७ वर्ष उमेरमा भारतीय सेनामा भर्ती हुनु भयो । लामो समय कार्यपछि सेवानिबृत भई कर्मभुमीमा समर्पित पछि आफ्नै जननी जन्मभुमीमा सहयोगी हात लिएर दिनरात खटिरहनु भयो । दिनप्रतिदिन सकारात्मक सोचका धनी कर्णेल बुबालाई घरमा बस्दा हुटहुटी चलेपछि विस. २०५१ साल असोज १५ गते बाँझापाटन तमु समाजको अध्यक्ष पदमा निर्वाचित भई सामाजिक सेवामा होमिनु भयो । समाजमा लगातार १५ वर्ष सेवा गर्दा गर्दै २०६१ साल असोज १६ गते तमुधि नेपालमा उपाध्यक्ष पदमा रही निरन्तर १२ वर्ष सेवा गर्नु भयो । त्यसैगरी श्री गणेश तथा भद्रकाली मन्दिर सेवा समिति, भद्रकाली मावि, भद्रकाली क्याम्पस जय नेपाल मार्ग टोल विकास संस्था र कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.मा सल्लाहकार रही राम्रो भुमिका खेल्दै आउनु भएको कर्णेल बुबा २५ भन्दा वढि संघ संस्थामा आवद्ध हुनुहुन्छ ।
आँफु मात्र नभै कर्णेल बुबाले जन्माउनु भएका दुई छोरा र एक छोरीको परिवार पनि सकारात्मक सोचले भरीपुर्ण हुनुहुन्छ । हाल उहाँको परिवारमा श्रीमती, दुइ वुहारी, ज्वाँइ र १५ नाति नातिना हुुनुहुन्छ । कान्छा बुबा क्या. तसवर गुरुङले लाहुरे हुनु पर्दछ भनी बारम्बर झक झकाई पछि दुई दाजु भाई एकैपटक हङकङमा भर्ती हुनु भयो । जेठा छोरा वारेन्ट अफिसर टु इन्द्रजित गुरुङ, कान्छा छोरा क्याप्टेन पिताम्बर गुरुङ र छोरी डा. सुनिता गुरुङ पनि बाबा जस्तै सामाजिक हुनुहुन्छ । २०८१ साल भदौ सात गते स्वर्गारोहण हुनु भएको ८८ वर्षीय कर्णेल बाबाको आइतवार सयौं व्यक्तिहरुको उपस्थितिमा पोखरा रामघाट स्थित बौद्ध अर्घौ सदनमा दाहसंस्कार गरिएको छ । दाहसंस्कारमा, समाजसेवी, दाजुभाई, आफन्त, शुभचिन्तकहरु र विभिन्न संघ संस्थाका सदस्यहरुकोे बक्लो उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्