Pokharapatra National Daily

दूध, डेरी पसल र उद्योगमा महानगरको अनुगमन

पोखरा महानगरपालिकाले दूध बिक्री गर्ने डेरी पसल र उद्योगमा अनुुगमन गरेको छ ।
दूधमा मिसावट र मुल्य बढि लिएको गुुनासो आएसंगै पोखरा महानगरपालिकाका उपप्रमुुख मञ्जुुदेवी गुुरुङको नेतृत्वमा पोखराका दूध, डेरी बिक्री गर्ने पसल र उद्योगमा अनुुगमन गरिएको हो । पोखरा महानगर वडा नम्वर १० मा इन्द्रचोकमा रहेको ग्लोबल डेरी प्रालि, सुजल डेरी प्रालिको सफल दूध उद्योग,पोखरा–१२, शीतलादेवीस्थित सागर नर्सरी एण्ड एग्रो प्रोडक्ट, –१०, हस्पिटलचोकको ढोंडबेंसी डेरी तथा बेकरी, पोखरा पस्र्याङस्थित हेमजा गाई फारम प्रालिमा अनुुगमन ग¥यो ।
अनुुगमनका क्रममा पोखरामा तराईको दुधलाई स्थानीय कृषि फर्मको लोकल दूध भन्दै बिक्री गर्ने गरेको तथ्य खुलेको छ । पोखरा–१० ग्लोबल डेरी प्रालिले कपिलबस्तुुबाट दुध पोखरामा बिक्री वितरण गर्ने गरेको खुलेको हो । तराईको दूधको सस्तोमा आउने र यहाँका दुध डेरी पसलहरुले महंगोमा बिक्री गरेको समेत देखिएको छ । ग्लोबलले प्रति लिटर १०७ रुपैयाँमा पसलहरुलाई उपलब्ध गराउने र उनीहरुले १४० रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् । कपिलबस्तुको बुद्धभूमि–९, इम्लीयामा प्रधान कार्यालय रहेको कम्पनीले कपिलबस्तु लगायत क्षेत्रबाट दैनिक करिब ४ हजार लिटर दूध पोखरा भित्राउने गरेको कम्पनी व्यवस्थापक निर्मल भण्डारीले बताए । उनले अहिले दुध कम आएको समेत बताए । कम्पनीले सिजनमा दोब्बर दूध पोखरा भित्राउने गरेको छ । अनुगमन टोलीले दूधको गुणस्तर जाँचका लागि त्यहाँस्थित प्लान्टबाट दूधको नमुना संकलन गरेको छ । कम्पनीले पोखरा क्षेत्रबाहेक राजमार्गमा पर्ने विभिन्न डेरीमा समेत दूध बिक्री वितरण गर्ने गरेको व्यवस्थापक भण्डारीले बताए । यहाँसम्म दूध ल्याइपु¥याउँदा ‘टेप्रेचर मेन्टेन’ (तापक्रम व्यवस्थापन) गरी ल्याउने उनको दाबी छ । यस्तै कम्पनीले ल्याउने दूध पोखराका विभिन्न खुद्रा पसलले लोकल दूध भन्दै उपभोक्तालाई बिक्री गर्ने गरेका छन् । पोखरामा तराईबाट ल्याएको दूधलाई ‘लोकल दूध’ भन्दै बिक्री वितरण भएको भेटिएको र स्थानीय दुध भन्दा सस्तो र नाफा समेत बढि आउने भएकाले तराईको दूध बिक्री हुुने गरेको देखिएको छ । उपभोक्ताको गुनासो आएपछि पोखरा महानगरपालिकाले दूध बिक्री गर्ने डेरी तथा उद्योगको अनुगमन गरेको हो । महानगर उपप्रमुख एवं बजार अनुुगमन समिति संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वको अनुगमन टोलीले त्यस्ता डेरीबाट परीक्षणका लागि दूध तथा दुग्धजन्य पदार्थको नमुना संकलन गरेको अनुुगमन समिति सदस्यसचिव अनिल कार्कीले बताए । पोखरामा सेतो दूधमा कालो धन्दा हुने गरेको गुुनासो आउने गरेको छ ।
टोलीले पसलमा मूल्यसूची राखे÷नराखेको, साइनबोर्ड भए÷नभएको, व्यवसाय दर्ता तथा नवीकरण, नापतौलको प्रमाण, सामानमा लेभल, म्याद नाघेको सामान, पान वा भ्याट दर्ता, बिक्री बिल दिने प्रक्रिया, खाद्य अनुज्ञापत्र र पसल संचालनका लागि आवश्क मापदण्डको पालना, सरसफाइको अवस्थालाई आधार मानेर अनुगमन गरेको हो ।
टोलीले पोखराको औद्योगिक क्षेत्रस्थित सुजल डेरी प्रालिको उत्पादन सफल दुधुमा अनुगमन ग¥यो । दुग्धजन्य पदार्थ उत्पादनमा सुजल यस क्षेत्रकै सबैभन्दा ठूलो कम्पनी हो । ३ सय जना रोजगाररत् रहेको बताइएको उक्त कम्पनीबाट उत्पादित दुग्धजन्य पदार्थको पनि टोलीले नमुना संकलन गरेको जनाएको छ । कम्पनीका कच्चा दूध खरिद प्रबन्धक गुरु पौडेलले कम्पनीले उपभोक्ताको स्वास्थ्यको लागि गुणस्तरमा ध्यान दिएको दाबी गरे । उनका अनुसार कम्पनीले दैनिक पोखरासहित बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, चितवनसम्मका उपभोक्तामाझ फ्रिजर भ्यानमार्फत आफ्नो उत्पादन पु¥याउने गरेको जनाए । पोखरा पस्र्याङस्थित हेमजा गाई फारम प्रालिमा भएको अनुगमनमा कम्पनीले हेमजामा पालिएका गाईभैंसीको दूध पस्र्याङस्थित आफ्नो पसलसहित पोखराका अन्य डेरीमा पनि पु¥याउने गरेको पाइयो । तर कम्पनीले इजाजत नलिइकन दुग्धजन्य पदार्थ उत्पादन गरेको भेटिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका खाद्य निरीक्षक सविना सुनारले बजारमा खुलारुपमै दूध बिक्री हुने गरेकोमा नियन्त्रयण गर्न नसकिए पनि दूधबाट बनेका पनीर, घिउ लगायतमा उत्पादकको नाम ठेगानासहित मिसावट गरिएका वस्तु खुलाउनु पर्ने, कहिले बनेको र कहिलेसम्म उपभोग गर्न मिल्ने मिति उल्लेख गर्नुपर्ने बताइन् । उनले अनुगमनमा संकलित नमूनाको परीक्षणपछि मात्रै अन्य कुरा पत्ता लाग्ने बताइन् । अनुगमनमा पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुुख मनहर कडरिया, महानगर पशुु शाखा अधिकृत नवराज अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका खाद्य निरीक्षक सविना सुनार, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डे, महानगर सहकारी शाखाका ऋषिराम सापकोटा, सूचना अधिकारी कृष्णप्रसाद तिवारी, नगर प्रहरी एवं पत्रकारको सहभागिता थियो । अनुगमनमा दिइएको विभिन्न निर्देशन पालना नभएको पाइए कानुनबमोजिम कारबाही गर्ने चेतावनी महानगरले दिएको छ ।
गत साता माछामासु पसलमा अनुगमन गरेको पोखरा महानगरपालिकाले बिहीबार डेरी पसलमा अनुगमन गरेको हो ।कम्पनीबाट दूध जाने गरेका डेरीहरु खोज्दै अनुगमन टोलीले साँझपख पोखरा–१०, हस्पिटलचोक, रामघाटस्थित एक पसलमा घेरा हाल्यो । त्यहाँको ढोंडबेंसी डेरी तथा बेकरी पुग्दा ‘हेमजा गाई फार्मको लोकल दूध’ भन्दै बिक्रीवितरण भएको पाइयो । पसलमा हेमजा गाई फार्मबाट २४० लिटर दूध ल्याएको उल्लेख थियो । ग्लोबलको दूध खै ? भन्ने जिज्ञासामा सञ्चालक विष्णुप्रसाद अधिकारीले दही बनाउन भनी फ्रिजमा राखिसकेको देखाए । टोलीले शंका लागी उक्त पसलबाट दूध, दहीसहित लेबल नटाँसी बिक्रीका लागि राखिएको घिउ, पनीर समेत परीक्षणका लागि नमुना संकलन गरेको छ । उनीहरुलाई महानगरमा इजाजतप्राप्त कागजातसहित हाजिर हुन निर्देशन दिइएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले बताए । उनका अनुसार अन्य डेरीले पनि लोकल भन्दै तराईको दूध बेच्न सक्ने बताए । यस्तै, पोखरा–१२, शीतलादेवीस्थित सागर नर्सरी एण्ड एग्रो प्रोडक्टस्मा पनि अनुगमन टोली पुग्यो । त्यहाँ १७ भैँसीबाट दैनिक करिब ५०÷६० लिटर दूध उत्पादन हुने र दूहिनेबित्तिकै बिक्री हुने गरेको सञ्चालक टीका कोइरालाले दाबी गरिन् । पसलले इजाजत एउटाको लिए पनि तरकारी÷खाद्यान्नबाहेक अन्य सामान बिक्री गर्ने गरेको, रङ लगाएका केही सामान बिक्रीमा राखेको, केराउ तथा दाल कुहिएको पाइएपछि टोलीले महानगरमा दर्ता, नवीकरण, घरबहाल कर, बिलबिजकसहित उपस्थित हुन निर्देशन दिएको छ ।
विगतमा चाडपर्वको मौषममा मात्र अनुगमन हुने गरेको गुनासो आउने गरेपछि पोखरा महानगरले यसपालि अनुगमन तीव्र पारेको उपमेयर एवं अनुगमन समिति संयोजक मञ्जुदेवी गुरुङले बताइन् । महानगरले गत २ भदौमा पोखराको सिद्धार्थचोक, श्री कम्प्लेक्स, पृथ्वीचोक, सिर्जनाचोकका गरी १७ फ्रेस हाउस तथा माछा पसलमा अनुगमन गरेको थियो । अनुगमनमा खान अयोग्य माछामासु (माछा २१९ केजी र खसीको मासु १५ केजी) भेटिएपछि जफत गरी खाल्डोमा गाडिएको थियो । साथै, उपभोक्ता संरक्षण ऐन अन्तर्गत पसल सञ्चालकलाई १५ हजार देखि ५० हजारसम्म जरिवाना गरिएको थियो । जरिवानाबाटै एकैदिन २ लाख ५५ हजार रुपैयाँ राजस्व संकलनसमेत भएको थियो ।

प्रतिकृया दिनुहोस्