Pokharapatra National Daily

कास्कीमा ३ सय १९ जनामा डेंगू संक्रमण

कास्कीमा ३ सय १९ जनामा डेंगू संक्रमण देखिएको छ । सन् २०२४ को जनवरीदेखि हालसम्म (अगष्ट ५ तारिक) सम्म कास्कीमा उक्त सङख्यामा डेंगू संक्रमण देखा परेको स्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल अधिकृत यामनाथ बरालले बताउनु भयो ।
उहाँका अनुसार जनवरी महिनामा २६, फेब्ररीमा ६, मार्चमा २, अप्रिलमा ८, मेमा १७, जुनमा ३५ , जुलाईमा १ सय ५० र अगष्टको ५ तारिकसम्ममा ७५ जनामा डेंगू संक्रमण देखा परेको छ । पछिल्लो एक महिना देखि कास्कीमा डेंगू शंक्रमण बढ्दो रुपमा रहेकोले यसको उच्च सावधानि अपनाउनु पर्ने भेक्टर कन्ट्रोल अधिकृत बरालले जनाउनु भयो ।
कार्यालयले दिएको तथ्याङक अनुसार सबै भन्दा बढी पोखरा महानगरपालिकामा डेंगू संक्रमण देखा परेको छ भने हालसम्म यस सिजनमा मादी गाउँपालिकामा भने एक जनामा पनि यस शंक्रमण देखा नपरेको उल्लेख गरिएको छ । पोखरामा १ सय ७४ जनामा यस शंक्रमण देखा परेको छ भने अन्नपूर्ण र रुपा गाउँपालिकामा समान ३÷३ जनामा डेंगू संक्रमण देखा परेको बरालले जनाउनु भयो । कास्कीमा विभिन्न स्वास्थ्य संघ संस्थाहरुबाट डेंगू संक्रमण परिक्षण गर्दा कास्की भन्दा बाहिरि जिल्लाका ३१ जनामा शंक्रमण देखा परेको छ भने १ सय ६ जनामा कुनै ठाँउ र ठेगाना नखुलेकामा डेंगू संक्रमण देखा परेको उहाँले जनाउनु भयो । यसरी हेर्दा पोखरा महानगरपालिकाका ३३ वटा वडाहरु मध्य सबै भन्दा धेरै पोखरा ८ मा १६ जनामा डेंगू संक्रमण देखा परेको छ भने १३ वटा वडामा यस शंक्रमण देखा परेको छैन् । यस रोगबाट यस बर्ष कुनै व्यक्तिको मृत्यु भने भएको छैन् । संक्रमणलाई समयमै रोकथाम गर्न नसके बढी रक्तश्राव भएर मानिसको ज्यान समेत जाने चिकित्सकहरुले बताउदै आउनु भएको छ ।
उक्त शंक्रमण हुँदा वान्ता हुने, शारीर कमजोर हुने, खानामा रुचि नहुने, शारीरमा साना साना राता दाना हुने जस्ता लक्षण देखिना साथ नजिकको अस्पतालमा उपचार गर्न उहाँले आग्रह गर्नु भयो । लामखुट्टेबाट हुने डेंगू रोग नियन्त्रण तथा रोकथामका लागि समुदायमा अभियान आवश्यक भएको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्