Pokharapatra National Daily

आइ ल्याब गण्डकीको सहभागिता

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभिईटी)को संस्थागत विकास गरी देशका युवाहरुलाई उत्पादन र उत्पादकोत्वमा जोडी रोजगाार र स्वरोजगारको माध्यमवाट समाजलाई आर्थिक तथा सामाजिक रुपान्तरण गरी समृद्व नेपाल निर्माण गर्ने उद्देश्यले काठमाडौं विश्वविद्यालय र इटिएच ज्यूरिच, स्वीजरल्याण्डकोे संयूतm साझेदारीमा आइ ल्याब–२०२४ कार्यक्रमको किक अफ मिटिङ यहि साउन ५ देखि ६ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घााटन गर्दे प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरोकारवाला सवै पक्षसँग थप परार्मश गरी आउँदै गरेको टिभिईटी ऐन मार्फत प्राविधिक तथा व्यावसायिक शिक्षाका सम्पूर्ण समस्यालाई समाधान गर्ने वताउनुभयो । उक्त कार्यक्रममा सिटिइभिटीका सदस्य सचिव ई. महेश भट्टराई, रोजगार दाताका तर्फवाट होटल संघका केन्द्रीय अध्यक्ष विनय शाह, काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशजका डिन प्रा.डा.बालचन्द« लुईटेल लगााय तल आ-आफ्नो भनाई राख्नुभएको थियो । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा देश भर वाट ८ वटा समुहहरुको सहभागिता रहेको थियो ।
ब्याक स्टपिङ एण्ड लनिङ प्रोजेक्ट अन्तरगतको शैक्षिक प्रणाली कार्यान्वयन आइल्याब कार्यक्रमको मुख्य उदेश्य टिभिईटीको गुणात्मक परिर्वतन रहेको छ । सोही अनुसार सहभागी टिमहरुले आ–आफ्नो मुद्धाहरु प्रस्तुत गरी आगामी ६ महिना भित्र उक्त योजना स्थानिय पालिका, प्रदेश सरकार र रोजगार दाताहरुको प्रत्यक्ष संलग्नतामा लागु गरिने प्रतिवद्धता समेत जनाएका थिए । प्रस्तुत गरिएका केस माथि काठमाडौं विश्वविद्यालयका प्राध्यापक महेशनाथ पराजुली, प्रकाश कुमार पौडेल, प्रकाश चन्द्र भट्टराई र सुरेश गौतमले पृष्ठपोषण प्रदान गर्नु भएकोथियो भने प्राध्यापक महेश नाथ पराजुली र स्वीस विकास नियोगकी डा. उषा भन्डारीले टिभिईटीका विभिन्न आयाम वारे आ–आफ्नो कार्य पत्र प्रस्तुत गर्नु भएको थियो । आफ्नो केस प्रस्तुत गर्दे आइ ल्याब गण्डकी टिमले टिभिईटी क्षेत्रमा वर्तमान आवस्थामा देखिएका मात्त्रात्मक र गुणात्मक चुनौतीहरुलाई केही हदसम्म भए पनि न्यूनिकरण गर्नका लागि स्थानिय स्तरमा सिजिएससि स्थापनाको योजना प्रस्तुत गरेको थियो । उक्त सिजिएससि केन्द्र नवलपुरको हुप्सेकोट गा. पा. को कार्यलयमा स्थापना गरी मातहतका विधाालयहरुलाई प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमको सन्दर्भमा वृहत परामर्श गाराउने साथै स्थानिय अभिभावक, माध्यमिक तहका विधार्थीहरु साथै सम्पूर्ण सरोकार वालाहरुलाई समेत आवश्यक सूचना तथा वृत्ति परामर्श उपलव्ध गराइ प्राविधिक तथा व्यवसायिक शिक्षा तथा रोजगारमा जोड्न मुख्य पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।
नवलपुरको हुप्सेकोट गा.पा. प्रमुख, गोरखाको गोरखा नगरपालिका उपप्रमुख, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष लगायत प्रदेश तथा स्थानिय पालिका र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद संस्थाको प्रतिनिधित्व हुने गरी आइ ल्याब गण्डकी वाट ४ महिला र ४ पुरुष गरी जम्मा ८ जनाको समुह समावेशी रुपले गठन गरीएको छ । आइल्याब गण्डकीको सिजिएससि अन्तरगतको कार्यक्रमहरु हुप्सेकोट गा.पा.मा तत्काल लागु गर्ने योजना भएता पनि भविष्यमा गण्डकी प्रदेश अन्तरगतका अन्य पालिका तथा स्थानियतहमा समेत लागु गर्न सकिने अपेक्षा गरिएको छ ।
प्रदेश र स्थानीय सरकार तथा रोजगाार दाताहरुको संलग्नतामा संचालन गरिने सो कार्यक्रम परीणाममुखी र दिगो हुने अपेक्षा समेत गरिएको छ । आइल्याब गण्डकीको उक्त योजना गण्डकी प्रदेशका सम्पूर्ण पालिका र सरोकारवालाहरुको लागि अनुकरणिय बन्ने विश्वास पनि गरिएको छ ।

प्रतिकृया दिनुहोस्