Pokharapatra National Daily

ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता

ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत चयन भएकी छिन ।
हालै सम्पन्न ब्यूटीपार्लर एशोसियसन गण्डकी, कास्की र लेखनाथ इकाइको चौथो साधारण सभा तथा तेश्रो अधिवेशन मार्फत ब्यूटी पार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत अध्यक्ष चयन भएकी हुन । एशोसियसनको वरिष्ठ उपाध्यक्षमा चित्र कुमारी थापा, उपाध्यक्षमा सोमना शाक्य, महासचिवमा माया विश्वकर्मा र सह सचिवमा पुष्पा पौडेल सर्वसम्मत चयन भएका हुन ।
त्यसैगरी सदस्यहरुमा कामना गुरुङ, मन्जु अधिकारी, विश्व श्रेष्ठ, शुष्मा गुरुङ र संकल्प श्रेष्ठ चयन भएका छन । त्यस्तै ब्यूटीपार्लर एशोसियसन कास्कीको अध्यक्षमा छाँया ढकाल, उपाध्यक्षमा सुनिता गुरुङ, सचिवमा शिशिर गोदार, उपसचिवमा हिमलादेवी गुरुङ, कोषाध्यक्षमा शान्ता लामिछाने र सह कोषाध्यक्षमा प्रभा वैद्य सर्व सम्मत चयन भएका छन । एशोसियसन कास्कीको सदस्यहरुमा शुसिला केसी, प्रमिला जोशी, टीका पुन, पूर्णकला गुरुङ र निकिता गुरुङ चयन भएका छन । त्यस्तै ब्यूटीपार्लर एशोसियसन लेखनाथ ईकाइको अध्यक्षमा शोभा पौडेल सर्वसम्मत चयन भएका छन । ईकाइको उपाध्यक्षमा पवित्रा गौतम, सचिवमा शिल्पा परियार, सह सचिवमा लक्ष्मी कुमाल र कोषाध्यक्षमा अमृता गुरुङ चयन भएका छन । त्यस्तै सदस्यहरुमा रश्मी गिरी, सुस्मिता खड्का, पार्वती हरिजन, बिन्जु गोदार र अस्मिता परियार चयन भएका छन । उक्त अधिवेशन तथा साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आत्मनिर्भर बन्न र अर्थतन्त्रलाई नियन्त्रित गराउनका लागि ब्यवसाय गर्न आवश्यक रहेको बताए । बरालले ब्यूटीपार्लर पेशालाई राज्यले बेवास्था गरेको भनाइप्रति सहमत जनाउदै ब्यूटीपार्लर ब्यवसाय मार्फत राज्यको अर्थतन्त्रमा टेवा पुगेको हुँदा यस पेशा प्रति सरकार सकारात्मक भएर लाग्नुपर्ने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकीका महिला अध्यक्ष चिनु गुरुङले सौन्दर्य पेशामा महिलाहरुलाई सम्पर्कमा राखेर ब्यवशाय सञ्चालन गर्नुपर्ने भएकाले कोरोना लगायतका सरुवा रोगहरुको जोखिममा रहेको र सरकारले समेत सुचीकृत गरेको भएतापनि सरकारले त्यसबारेमा चासो नदेखाएको वताइन । कार्यक्रममा ब्यूटीपार्लर एशोसियसन गण्डकीका अध्यक्ष रुपकला श्रेष्ठले ब्यवशायीहरुले आफुहरुलाई समय अनुसार आफुहरुलाई अपडेट गर्न आवश्यक रहेको वताए । सौन्दर्य पेशामा प्रयोग हुने सामाग्रीहरु दिन प्रतिदिन अपडेट भएर आउने भएकाले ब्यवसायीहरुले विभिन्न तालिमहरुको माध्यमबाट अपडेट हुनुपर्ने उनको भनाइ रहेको थियो ।

प्रतिकृया दिनुहोस्