Pokharapatra National Daily

कास्कीको माछापुच्छे गाउँपालिकाको बजेट ६५ करोड ६५ लाख

कास्कीको माछापुच्छे गाउँपालिकाले आउदो आर्थिक वर्ष २०८१÷०८२ को लागि रु. ६५ करोड ६५ लाख २५ हजार ५ सय को बजेट प्रस्ताव गरेको छ । माछापुच्छ«े गाउँपालिकाको १५ औं गाउँसभामा सोमबार उपाध्यक्ष सिता अधिकारीले उक्त बजेट प्रस्ताव गर्नु भएको हो ।
संघीय सरकार वित्तिय समानिकरण अनुदान रु. ९ करोड ५४ लाख, संघीय सरकार सर्शत अनुदान रु. २७ करोड ३७ लाख २५ हजार ५ सय, संघ समपुरक अनुदान तर्फ रु. ३ करोड, संघीय सरकार राजश्व बाँडफाँट रु. १० करोड ७१ लाख ५६ हजार १ सय २६ रुपैया, संघ रोयल्टी बाँटफाँट बाट रु ३१ लाख ४३ हजार ८ सय ७४ रुपैया मात्र संकलन हुने अनुमान गरिएको उहाँले जनाउनु भयो ।
प्रदेश सरकार वित्तिय समानिकरण अनुदान रु. १ करोड १९ लाख ४० हजार, प्रदेश सरकार विशेष अनुदान रु. ४० लाख र प्रदेश सरकार समपुरक अनुदान रु. ६० लाख, प्रदेश सवारी साधन कर तर्फ रु. ९९ लाख ८१ हजार प्राप्त हुने अनुमान गरिएको उपाध्यक्ष अधिकारीेले जनाउनु भयो ।
भुर्जुङखोला – खादरजुङ खैम याङ्ङ्ग घलेखर्क सडक र लुम्रे कुईबाङ – सैतिघट्टा– सिधीङ– कालिमाटि हुदै लुम्रे सडक स्तरोन्नतिको लागि रु ६० लाख विनियोजन गरिएको छ भने पूर्वाधार विकास, आर्थिक विकास तथा सामाजिक विकास गर्न वडागत योजना तथा कार्यक्रमको लागि रु १ करोड ५० लाख विनियोजन गरिएको बजेटमा उल्लेख छ ।
सिर्जना चोक देखी मगर चोक सम्म पक्की सडक निर्माणको लागि रु. ५० लाख, रिभान ग्रामिण सडक स्तरोन्नति को लागि रु. ३५ लाख, टुसे देखी सरिपाखा मोटरवाटो स्तरोन्नतीको लागि रु. २० लाख, काभ्रे मोटरबाटो स्तरोन्नतीको लागि रु.१० लाख, काले खोल्सा देखी मुसीचोक सम्म नाला र बाटो स्तरोन्नरती को लागि रु. १० लाख, श्रेष्ठ चोकदेखि वडा कार्यालय जाने बाटोको लागि रु.१० लाख, नागि चथल बाटो स्तरोन्नती को लागि रु.१० लाख लगायत सडक स्तरोन्नतीको लागि आवश्यक बजेटको व्यबस्था गरेको उहाँले जनाउनु भयो ।
कोलचोक – रातोपानीपुल – भलावोट पानपाते चौतारा–गा.पा केन्द्र – जोगिचौर – पातिखोला – भिडाबारी – गैह्रागाउँ – धिताल धम्पुस देउराली सडकको लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । लुम्र–तिल्ची– कोलेली हुँदै ल्वाङ्ग सडक स्तरोन्नतिको लागि रु १ करोड ५० लाख विनियोजन गरिएको छ । आवश्यकताको आधारमा सडक ब्यवस्थापन तथा मर्मत सम्भारका लागि रु. ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
शिक्षा, युवा तथा खेलकुदसँग सम्बन्धित योजना तथा कार्यक्रमको लागि १९ करोड ५४ लाख ७८ हजार रुपैयाँ विनियोजन गरिएको बजेटमा उल्लेख छ भने त्यसै गरी स्वास्थ्यसँग सम्बन्धित योजना तथा कार्यक्रमको लागि ४ करोड ८१ लाख ५८ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको हो । कृषि तथा पशुपंक्षी विकास सम्बन्धि कार्यक्रमका लागि रु. ३६ लाख २० हजार रुपैयाँ विनियोजन गरेको उपाध्यक्ष अधिकारीले जनाउनु भयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि को लागि रु. ५८ लाख ९० हजार रकम विनियोजन गरिएको छ भने सशर्त पूँजिगत अन्तर्गत पर्यटन पूर्वाधार विकास आयोजनाको लागि रु. १८ लाख, वस्ति विकास कार्यक्रममा रु. १ करोड ४० लाख, र झोलुङगे पुल क्षेत्रगत कार्यक्रम को लागि रु १० लाख गरी जम्मा रु. १ करोड ६८ लाख विनियोजन गरिएको उपाध्यक्ष अधिकारीले उल्लेख गर्नु भयो ।

प्रतिकृया दिनुहोस्