Pokharapatra National Daily

सहकारीका पिडीतलाई न्याय दिन कास्कीका राजनीतिक दलहरुको आग्रह

कास्कीका ६ वटा राजनीतिक दलहरुले सहकारी पिडितहरुलाई राज्यले छिटो भन्दा छिटो न्याय दिन चेतवानी दिएका छन् ।
कास्की सहकारी वचत पीडित संघर्ष समितिले आइतबार पोखरामा आयोजना गरेको बिरोध सभामा बोल्दै कास्कीका ६ राजनीतिक दलका नेता तथा कार्याकर्ताले सहकारी पिडितहरुलाई छिटो न्याय दिन आग्रह गर्दै अन्यथा पिडितहरुले संचालन गर्ने आन्दोलनमा आफुहरुले निरन्तर साथ र सहयोग गर्ने बताएका छन् ।
कास्कीका सहकारी पिडितहरु संगठित हुदै आइबतार पोखराको सृजनाचोकमा भेला भई नारा जुलुस सहित पोखरासभा गृह हुदै पृथ्बीचोकमा पुगेर कोर्ण सभा सहभागि भएका थिए । उक्त कार्यक्रममा भने ६ राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले समेत सहकारी पिडितको आन्दोलनमा एकिबद्धता व्यक्त गर्दै सहकारी पिडितहरुलाई न्याय दिन माग गरेका थिए ।
कास्कीमा रहेका ७ सहकारी मध्य हाल ४ वटा प्रदेश स्तरिय र ३ पोखरा महानगरस्तरिय सहकारीमा समस्या रहेको अन्य केही सहकारी समस्यामा रहेकोले सहकारीको रकम हिनामिना गर्नेहरुलाई पक्राउसंगै उनीहरुबाट बचतकर्ताको पैसा फिर्ता गर्न समितिले माग गरेको छ । कास्कीका सहकारी पीडितहरुले बचत अपचलनमा संलग्न गृहमन्त्री देखि प्रधानमन्त्रीसम्म जो कोही भए पनि संसदीय छानबिन समिति बनाएर कारबाही गर्नुपर्ने कार्यक्रममा सहभागिहरुले माग गरे । कास्कीका ७ सहकारीका करिब ७ अर्ब हिनामिना गर्ने उपर कार्वाही गर्न माग गर्दै पिडितहरु फेरी सडकमा उत्र्रिएका हुन् । कास्कीका सहकारी पिडितहरु लामो समय देखि आन्दोलित हुदै आएको सन्दर्भमा राज्यले आफुहरुको मागको बिषयमा कुनै सुनुवाई नगरेकोले पुनःसडकमा उत्र्रिन बाध्य भएको कास्की सहकारी वचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए । सूर्यदर्शन, इमेज, मित्रमिलन, बलिदानी, शिवशिखर, विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्था र प्राइम सहकारी संस्थाबाट कास्कीमा करिब ४० हजार बचतकर्ता प्रभावित भएको संयोजक श्रेष्ठले दाबी गरे । नेपाल समाजवादी पाटी, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा (मसाल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टीले विरोध ¥यालीमा सहभागि हुदै सहकारी ठगीमा संलग्नहरुको तत्काल पक्राउ गरी बचत कर्ताहरुको पैसा फिर्ता गर्न जोडदार माग समेत गरेको समितिका सचिव प्रकाश पौडेलले बताए । उक्त आन्दोलनमा सहभागिहरुले सहकारी ठगलाई कार्वाही गर, सबै सहकारी पिडित एक हौं, फरार प्रतिवादी तुरुन्त पक्राउ गर, सहकारीको सम्पक्ति सुरक्षित गर, अभियुक्तहरुलाई राजनीतिक संरक्षण बन्द गर, बचत कर्ताको छाँतीमा लाग्यौं टिबी ! हाम्रो समस्या समाधान गर्न छिटो आउ जिबी, जिबी नआए सबै जिम्मा लिउ रवि लगायतका प्लेकार्ड सहित सहचागि भएका थिए ।

प्रतिकृया दिनुहोस्