Pokharapatra National Daily

कास्कीका सहकारी पिडितहरु न्याय खोज्दै सडकमा

कास्कीका सहकारी पीडितहरु न्याय खोज्दै सडकमा उत्र्रिनु भएको छ । कास्कीका हाल ६ वटा सहकारीमा समस्या भए पछि सहकारीका बचतकर्ताहरु एक भई सोमबार सडकमा उत्र्रिनु भएको हो ।
सूर्यदर्शन, इमेज, मित्रमिलन, शिवशिखर, बलिदानी र विन्दवासिनी सहकारीका पीडित वचतकर्ता संयुक्त रुपमा सोमबार पोखराको जिल्ला प्रहरी कार्यालय कास्कीको गेट अगाडी गैह््रापाटनबाट सुरु भएको बिरोध र्याली पोखरा महानगरपालिका हुदै पोखराको नगर परिक्रमा सहित जिल्ला प्रशासन कार्यालय कास्कीमा पुगेर धर्ना सहित ज्ञापन पत्र बुझाउनु भएको हो ।
विगत २ बर्ष देखि सहकारी पिडितहरुले न्यायको खोजिमा प्रधानमन्त्री, मन्त्री, सांसद देखि प्रतिपक्ष दलका नेताहरुलाई समेत भेट्दा हालसम्म कुनै सुनुवाई नभएको भन्र्दै कास्कीका सहकारी पिडिहरु सोमबार संयुक्त रुपमा आन्दोलित हुदै सडकमा बिरोध प्रर्दशन गर्नु भएको हो ।
एक लाख भन्दा बढी व्यक्तिहरुको ६ वटा सहकारीबाटै करिब ३ अर्ब रुपैया आर्थिक हिनामिना (अपचलन) गरेको कास्की सहकारी वचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले दाबी गर्नु भयो । सहकारीको रकम हिनामिना गर्ने उपर फरार अभियुक्तहरुलाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै उहाँले सञ्चालक तथा व्यबस्थापकहरु अधिकांश फरार भएको र उनीहरुलाई राजनीति संरक्षण रहेको जनाउनु भयो । प्रधानमन्त्री, गृहमन्त्री, प्रमुख दलका शीर्ष नेतालाई आफूहरुको समस्या जानकारी गराउँदै आएको अबस्थामा कतैबाट पनि मागको सम्बोधन हुने र आश्वासन नपाएकोले सामूहिक रुपमा आन्दोलन गर्न सुरु गरिएको उनले जनाए ।
सरकारले चाहेमा सहकारीको रकम हिनामिना गर्नेलाई तत्काल पक्राउ गर्न सक्ने तर सरकारले चासो नदिएको पिडिहरुको गुनासो रहेको छ । संघर्ष समितिले सोमबार पोखरामा बिरोध प्रदर्शन सहित पोखरा महानगरपालिकामा समेत ज्ञापन पत्र बुझाउनु भएको हो ।

प्रतिकृया दिनुहोस्