Pokharapatra National Daily

नेपाली नयाँ बर्षमा पोखरामा आतिसबाजी सहित साङगितीक कार्यक्रममा रमाए पर्यटक

नेपाली नयाँ बर्ष २०८१ लाई पोखरामा भव्य स्वागत गरिएको छ । पर्यटनको राजधानि पोखरामा नेपाली नयाँ बर्षको अवसरमा आतिसबाजी सहितको साङगिती कार्यक्रमले आगन्तुक पर्यटक तथा दर्शकले भरपूर्ण मनोरन्जन लिनु भएको छ ।
पोखरामा आयोजना भएको १९ औं संस्करणको फेवा नव बर्ष महोत्सवको अवसरमा पोखराको लेकसाइड क्षेत्रमा पुगेका पर्यटक आतिसबाजि सहितको सांगितीक माहोलमा रमाएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । लाख बढी दर्शक एवं पर्यटकको माझ पोखरामा नेपाली नयाँ बर्षलाई आतिसबाजी सहित भव्य स्वागत गरिएको उहाँको दाबी छ ।
पोखराको ड्यामसाइड देखि वसुन्धरा पार्क हुदै गौरीघाट लगायतको क्षेत्रमा करिब ३० मिनेटसम्म आतिसबाजी हँुदा उक्त महोत्सवमा सहभागि दर्शक एवं पर्यटकहरुले भरपूर्ण रुपमा मनोरन्जन प्राप्त गरेको उहाँले दाबी गर्नु भयो । पर्यटक र दर्शक गरी तीन लाखको सहभागिता हुने अपेक्षाले गत चैत २९ गते देखि सुरु भएको उक्त महोत्सवमा आफुहरुले अपेक्षा गरे अनुसारको महोत्सव सफल भएको
पोखरा पर्यटकीय राजधानी घोषणा भएको खुसियाली र नयाँ वर्षलाई उल्लासपूर्ण बनाउन संघ अन्तर्गतका होटलहरुले पाहुनालाई २० प्रतिशत सम्म छुट प्रदान गरेकोले यस बर्ष अघिल्ला बर्षको तुलनामा बढी पर्यंटक एवं दर्शक सहभागि भएको महोत्सवका मुल संयोजक एवं अध्यक्ष सुवेदीले दाबी गर्नु भयो । नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवद्र्धनमा भएको महोत्सवमा गण्डी प्रदेश सरकार, पोखरा पर्यटन परिषद् र होटल संघ नेपालले सहयोग गरेको महासचिव राजेन्द्र ढकालले बताउनुभयो ।
पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर होटल संघ पोखरा नेपालले स्थानीय ड्यामसाइड चोकदेखि खहरे चोकसम्म करिब साँढे ३ किलोमिटर क्षेत्रको सडकमा महोत्सव आयोजना भएको हो । नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने र कोभिड १९ बाट नराम्रो गरी प्रभावित भएको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने उद्धेश्यले आयोजना हुने महोत्सवमा सांस्कृतिक झाँकी, पंचै बाजा, दोहोरी, नाचगानका कार्यक्रम, कन्सर्ट र पर्यटक दौड समावेश भएको छ । पोखरा र वरपरका एक हजार दुई सय होटलमा ४० हजार बेड (विस्तारा) रहेको, होटल संघ अन्तर्गत मात्र चार सय ४७ होटल रहेको, लेकसाइड र ड्यामसाइड एरियामा सात सय होटल रहेको र पोखराको पर्यटन क्षेत्रमा १५ हजार जनाले रोजगारी पाएको पनि अध्यक्ष सुवेदीले तथ्याङ्क बताउनुभयो । पोखराकी स्थानिय बालकुमारी श्रेष्ठ आफ्नो परिवारको साथमा पोखराको लेकसाइडमा मध्य राति १२ः१५ बजे पोखराको अम्बोट क्षेत्रमा आफ्नी छोरी सहित साथीहरुसंग सडकमा घुम्दै गर्नु भएको थियो । नयाँ बर्षको अवसरमा यस बर्ष आतिस बाजी हुने भएकोले उक्त रौनक हेर्न आफुहरुको टिम फेवा महोत्सवमा सहभागि भएको उहाँले जनाउनु भयो । उहाँकी आमा तथा छोरीले पोखरामा मनाइने नेपाली नयाँ बर्षलाई हामी नेपालीले नै कम महत्व दिने गरेको गुनासो गर्दै अब यसलाई भव्य बनाउन सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले यसपाली नेपाली नयाँ बर्षमा पोखरामै गएर मनाउनु पर्छ भन्ने धेरै पर्यटकलाई सकरात्मक छाप परेको कारण अघिल्ला बर्षको तुलानमा धेरै पर्यटक पोखरामा भित्रिएको दाबी गर्नु भयो । सडक संजालको कठिन यात्राका बाबजुत पनि पोखरामा नयाँ बर्ष मनाउन काठमाण्डौं सहित देशका धेरै ठाँउबाट आउनु भएको उहाँले दाबी गर्नु भयो । नेपाली नयाँ बर्षको अवसरमा आन्तरिक पर्यटक निकै उत्साहित हुदै पोखरामै आयर धुमधामले नयाँ बर्ष मनाएको संघका कोषाध्यक्ष नेत्र पौडेल (रमेश) ले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्