Pokharapatra National Daily

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर क्षेत्री

नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट बैनबहादुर अधिकारी क्षेत्री विजयी हुनु भएको छ । बुधबार सम्पन्न भएको निर्वाचनबाट उहाँले निकटम् प्रतिद्धन्दी माधव प्रसाद बास्तोलालाई २ सय ४ मत अन्तरले पछि पार्दै विजयी हुनु भएको हो ।
मंगलबार देखि सुरु भएको बिद्युतीय भोटिङमा बुधबार बेलुका सम्पन्न भएको निर्वाचनबाट क्षेत्रीले ५ सय ५१ मत ल्याउदा बास्तोलाले भने ३ सय ४७ मत प्राप्त गर्नु भएको थियो । क्षेत्री एमाले नेता खगराज अधिकारीको निकटका हुनुहुन्छ भने बास्तोला एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट उमेदवार हुनुहुन्थ्यो । जिल्लाको पदाधिकारीमा पनि एमाले नेता अधिकारी समुह विजयी भएका छन् । कास्कीमा अधिकारी र गुरुङ समुहले प्यानलनै बनाएर चुनावमा प्रतिष्प्रर्धा गर्नु भएको थियो । ९ सय ३५ मत मध्य ९ सय १४ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
कुनै प्यानल विना अध्यक्षका अर्का प्रत्यासी विवेक त्रिपाठीले भने १७ मत प्राप्त गर्नु भयो । त्यसै गरी समितिको उपाध्यक्षमा भेषराज बराल, सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा), उपसचिवमा लालबहादुर परियार र उपसचिव महिलातर्फ सन्तुदेवी सुवेदी विजयी हुनु भएको छ । अधिवेशनबाट पदाधिकारी सहित एक सय २० जनाको कमिटी चयन भएको हो । १० प्रतिशत मनोनीत र १० प्रतिशत अन्य पार्टीबाट आएकालाई चयन गर्ने एमाले कास्कीले जनाएको छ ।
पृथ्वीसुब्बा निकटका शिव आचार्य उपाध्यक्षका प्रत्यासी र सुरेन्द्र गुरुङ सचिवका प्रत्यासी, सचिवमा गीता बिकका प्रत्यासी राधिका शाही योगी प्रत्यासी हुनुहुन्थ्यो भने उपसचिवको उमेदवारमा संगीता सुवेदी रहनु भएको थियो । आगामी दुई वर्षका लागि जिल्ला कमिटीको नेतृत्व लिन एमालेका नेता÷कार्यकर्ता प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रेका
थिए ।

प्रतिकृया दिनुहोस्