Pokharapatra National Daily

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट सबै भन्दा धेरै कास्की र थोरै मनाङबाट खेलाडी सहभागी हुने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट सबै भन्दा धेरै कास्की र सवै भन्दा थोरै मनाङबाट खेलाडीहरु सहभागि हुने भएका छन् । कास्कीबाट ३५ खेलमा ६ सयउ ७३ जना खेलाडी, प्रशिक्षक र व्यबस्थापक सहभागि हुने हुदा मनाङबाट भने ५ खेलको लागि ४६ जना मात्र सहभागि हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।
३६ वटा खेल सहित २ प्रर्दशनी खेल गरी ३८ खेलमा खेलाडी, प्रशिक्षक र व्यबस्थापक गरी प्रदेशमा ३ हजार २ सय २३ जना सहभागि हुने भएको गण्डकी खेलकुद परिषदका सदस्य सचिब तेज बहादुर गुरुङले बताए । गण्डकी प्रदेशमा असोज २८ गते देखि कार्तिक ३ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा ४ सय ४ वटा इभेण्टमा ४ सय ११ जना पुरुष र २ सय ९८ जना महिला खेलाडीहरु सहभागि हुने भएको उनले जनाए ।
त्यसै गरी मुस्ताङबाट १३ खेलमा सहभागि हुने भएका छन भने १ सय ६६ जना खेलाडी, प्रशिक्षक र व्यबस्थापक सहभागि हुने भएको परिषदले जनाएको छ । त्यसै गरी म्याग्दीबाट १५ खेलमा २ सय ८३, बागलुङबाट १९ खेलमा ३ सय ६१, पर्वतबाट १४ खेलमा २ सय २३, स्याङजाबाट २३ खेलका ३ सय ४७, तनहुँबाट १७ खेलमा ३ सय ३, लमज्ुङबाट १२ खेला २ सय १३, गोर्खाबाट १६ खेलमा २ सय ३० जना र नवलपुरबाट २३ खेलमा ३ सय ७८ जना खेलाडी, प्रशिक्षक र व्यबस्थापक सहभागि हुने भएको परिषदले जनाएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत यही भदौ १६ (विहबार)बाट गण्डकी प्रदेशस्तरिय प्रतियोगिताको सुरुवात हुने भएको सदस्य सचिब गुरुङले बताए । विहिबार पोखरा रंगशालामा आयोजना हुने प्रदेशस्तरिय प्रतियोगिताकोे औपचारिक रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको उनले जनाए । कार्यक्रममा ११ वटै जिल्लाका खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल पदाधिकारीहरु, गाजा बाजासहितको सांस्कृतिक झाँकी, मार्च पास समेत गरीने भएको सदस्य सचिव गुरुङले बताए ।
परिषदले प्रदेश स्तरीय खेलाडी छनौट तथा वन्द प्रशिक्षण सहित आन्तरिक तयारी सहित ७ करोड ८५ लाख खर्च हुने लक्ष्य राखिएको यद्यपी अझै साँढे ३ करोड अपुग हुने सदस्य सचिब गुरुङले गुनासो गरे । हालसम्म राष्ट्रिय खेलकुद परिषदबाट ४९ लाख, प्रदेश सरकारबाट ३ करोड ४६ लाख प्राप्त भएको उनले जनाए । आव २०७९÷०८० का राष्ट्रिय प्रतियोगिताका लागि विनियोजित १ करोड, विभिन्न प्रतियोगिताका लागि विनियोजित १ करोड ३० लाख बाट खर्च गरिने भएको परिषदले जनाएको छ । प्रदेशस्तरिय प्रतियोगितामा विजेता खेलाडीहरुलाई पदक, प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ भने समग्र प्रतियोगिताको खेलको आधारमा स्वर्ण, रजत र कास्यको परिणामलाई मुल्याङ्कन गरी जिल्लालाई प्रथम, द्वितिय र तृतिय घोषणा गरी च्याम्पियन ट्रफी प्रदान गरिने परिषदले जनाएको छ ।
प्रदेश प्रतियोगिताबाट छनोट हुन सफल खेलाडीहरुलाई असोज १ गते देखि असोज २६ गते सम्म बन्द प्रशिक्षणमा राखिने लक्ष्इ राखिएको सदस्य सचिव गुरुङले बताए । खेलाडीहरुको प्रदर्शनलाई उत्कृष्ट बनाउन करिव ६ खेलका (भलिवल, बास्केटबल, कराते, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराते र तेक्वान्दो) करिव १ सय जना खेलाडीहरुलाई मनाङ जिल्लामा (हाई अल्टिच्यूड प्रशिक्षण) असोज १ गतेबाट १५ दिनका लागि प्रशिक्षण दिने तयारी समेत गरिएको उनले जनाए ।
पहिलो पटक प्रदेश खेलकुद परिषदले पोखरामा रहेका निजी अस्पतालहरुको छाता संस्था अफिन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज, मनिपाल शिक्षण अस्पताल संग समन्वय गरी विभिन्न अस्पताल र नर्सिंङ होमहरुमा ११ वटै जिल्लाका खेलाडीहरुलाई आज बाटनै प्रि मेडिकल परिक्षण गर्ने व्यवस्था गरिएको परिषदले जनाएको छ । सोही प्रयोजनका लागि प्रा.डा.वुद्धी बहादुर थापाको संयोजकत्वमा प्रा.डा. भरत बहादुर खत्री र डा.आशिष त्रिपाठी सदस्य रहने गरी तिन सदस्यिय मेडिकल वोर्ड गठन गरेको परिषदले जनाएको छ । उक्त प्रतियोगितालाई उत्कृष्ट र नमुना प्रतियोगिता बनाउन सबैको साथ र सहयोग आवश्यक भएको परिषदक उपाध्यक्ष धोजकुमार गुरुङले बताए ।
पत्रकार सम्मेलनमा बोल्दैै गण्डकी प्रदेश सरकारका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले साँढे ३ करोडको बजेट व्यबस्था नभएमा यही भदौं १९ गते देखि प्रदेशको प्रशिक्षण प्रभावित हुने बताए । पोखरा जस्तो महङगो शहरमा बजेटको ब्यबस्था बिना आफुले विभिन्न आर्थिक भारहुने कुनै पनि कार्यक्रम यही भदौं १९ गते देखि गर्न नसक्ने अबस्थामा पुगेको मन्त्री गुरुङले बताए । नवौं खेलकुदमा बिषेश अनुगम गर्न विभिन्न पार्टी निकटका युवा देखि सबैलाई मिलायर टोली गठन गरेको उनले बताए । संघिय सरकारले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छुट्टाएको ६० करोड कहाँ गयो भन्दै प्रति प्रश्न गरेका मन्त्री गुरुङले अझै पनि केन्द्रबाद हाबी भएको गुनासो गरे । राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नु आफुहरुलाई फसाउँन सक्ने उनले आशंका व्यक्त गरे । मन्त्री गुरुङले प्रदेशस्तरिय प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अनुगमन गर्न पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदारको संयोजकत्वमा एक अनुगमन समिति गठन गरेको घोषणा समेत गरेका छन् । उक्त अनुगमन समितिमा ओम बस्नेत, लक्ष्मण कुँवर, प्रियङ्का वर्मा, शिद्धान्त अधिकारी, मइन बहादुर गर्वुजा, सुजन आचार्य, धन बस्नेत र रामराज अधिकारी रहेका छन् । मन्त्री गुरुङले उक्त अनुगमन समितिले खेलाडीको बसोवासको व्यवस्थापन लगायत खर्चको अनुगमन गर्ने बताए । मन्त्री गुरुङले प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्री र भौतिक मन्त्रीको आलोचन समेत गरे ।
यसैबिच बुधबार कास्की जिल्ला खेलकुद विकास समितिले एक समारोहका बिच खेलाडीहरुलाई बधाई तथा शुभकामना दिएको छ । समितिका अध्यक्ष तोरण बहादुर बानिया, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराल, नेपाल पत्रकार महासंघ कास्कीका सचिब माधव बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल लगायतले छनौट भएका खेलाडीलाई प्रमाणपत्र सहित खेल पोशाक वितरण गरेका थिए ।
कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङले खेलाडीहरुलाई खेल सामाग्रि समयमै उपलब्ध गराउन माग गरे । खेलाडीहरु बिच भातृत्व, मित्रवत भावनाको विकास गराउने उद्धेश्यले उक्त कार्यक्रम गरिएको अध्यक्ष बानियाले जनाए । कास्कीमा १ हजार १ सय १८ जना खेलाडीहरुबाट उत्तः खेलाडीहरुछनौट भएको समितिका कोषाध्यक्ष कन्चन थापाले बताइन् ।

प्रतिकृया दिनुहोस्